सामसङ नेपालले ल्यायो True 48MP Quad Camera युक्त Galaxy A12

शेयर गर्नुहोस

Samsung A series अन्तर्गत Galaxy A12 पहिलो सबैभन्दा सुलभ दरको फोन रहेको छ । Samsung A12 को उत्कृष्ट विशेषताहरु 6.5inch HD+ Infinity-V display तथा 5000mAh Battery रहेका छन् ।

नेपालको विश्वासिलो स्मार्टफोन ब्राण्ड सामसङले हालै आफ्नो A सिरिज अन्तर्गत Galaxy A12 स्मार्टफोन नेपाली बजारमा यो वर्ष प्रस्तुत गरेको छ । A12 फोनमा सामसङका विशेष सुविधाहरु जस्तै True 48MP Quad Camera, उत्कृष्ट 6.5” HD+ Infinity-V display, शक्तिशाली 5000 mAH battery तथा अन्य उत्कृष्ट विशेषताहरु सुलभ दरमा सामसङले प्रस्तुत गरेको छ ।

“हामी सामसङमा निरन्तर नयाँ आविष्कारहरु र मूल्य बीचको अन्तरलाई कम गर्न लागि रहेका छौं । यसै कुरालाई मध्यनजर गर्दै सुलभ मूल्यमा नेपाली ग्राहकहरुलाई स्मार्टफोन मार्फत दैनिक जीवनयापनलाई अझै सहज बनाउन लागि परेका छौं । हामीले नयाँ स्मार्टफोन प्रस्तुत गर्न पाउँदा अत्यन्त खुशी भएका छौं । सुलभ मूल्यमा ग्यालेक्सी A सिरिजको लिगेसीलाई अगाडि बढाइएको छ । यो नयाँ स्मार्टफोनमा True 48MP Quad Camera तथा 5000mAh battery ले स्मार्टफोन गेमलाई अझै माथिल्लो तहसम्म पु¥याउने छ । ” सामसङ नेपालका मोबाइल बिजिनेस प्रमुख प्रणय रत्न स्थापितले बताउनु भयो ।

True 48MP Quad  क्यामराकोे साथ उत्कृष्ट फोटोग्राफी अनुभव

फोटोग्राफीमा जीवन्त अनुभव प्रदान गर्न Galaxy A12 मोबाइमा True 48MP Quad Camera राखिएको छ । ४८ मेगा पिक्सेलको high clarity प्रदान गर्न True 48MP Primary lens मा ISOCELL GM2 Sensor राखिएको छ । यसले हरेक फोटोहरु स्पष्ट एवं उत्कृष्ट क्वालिटीको खिच्न सक्दछ । त्यसै गरी क्यामरामा भएको 5MP Ultra-wide Camera ले जीवन्त ल्याण्डस्केप तस्वीर खिच्दछ भने यसको माइक्रो लेन्सले क्लोजअप सटलाई उत्कृष्टता प्रदान गर्दछ । यसका साथै A12 मा भएको Depth क्यामराले फोकस गर्र्न र ८ मेगापिक्सलको फ्रन्ट क्यामराले उत्कृष्ट सेल्फी खिच्ने स्वतन्त्रता प्रदान गर्दछ ।

अनइन्टरपटेट उत्कृष्ट अनुभव

नयाँ Galaxy A12 मा 20:9 को एस्पेक्ट रेसियोको साथ 6.5″ HD+ Infinity-V display रहेको छ, जसले क्ल्यारिटीको साथ uninterrupted viewing experience प्रदान गर्दछ । १५ वाटको फास्ट चार्जिङ्गको साथ ५००० mAH ब्याट्रीले लामो समयसम्म विषयवस्तु अवलोकन गर्न र छिट्टै ब्याट्री चार्ज गर्न सकिने सुविधा प्रदान गर्दछ ।

उत्कृष्ट एवं पृथक डिजाइन एवं स्टाइल

नयाँ Galaxy A12 को अर्को प्रमुख विशेषता भनेको यसको आकर्षक डिजाइन, हातमा लिन सजिलो तथा क्लासिक म्याट फिनिसिङ्ग रहेको छ । यसको म्याट फिनिसिङ्गले फोनको लुक एण्ड फिललाई क्लासिक बनाउनुको साथै आकर्षक बनाएको छ ।

अन्थ थुप्रै आकर्षक विशेषताहरु

यसका साथै Galaxy A12 मा विभिन्न विशेषताहरु जस्तै साइड फिङ्गर प्रिन्ट सेन्सर । एन्ड्रोइड १०, One UI Core 2.5 तथा MediaTek Helio P35 Processor आदि विशेषताहरु रहेका छन् ।

मूल्य तथा उपलब्धताः

कालो, नीलो तथा रातो गरी यो फोन विभिन्न तीन आकर्षक रंगहरुमा उपलब्ध रहेको छ । यो फोन 4GB+64GB को मूल्य रु १८,९९९ तथा 4GB+128GB को मूल्य रु १९,९९९ तोकिएको छ । यो फोन नेपाल अधिराज्यभर रहेका सामसङको आधिकारिक ब्राण्ड सप तथा रिटेल स्टोरहरुबाट खरिद गर्न सकिने छ ।


शेयर गर्नुहोस