यस चाडबाड मा खल्तीले ल्यायो ‘खल्तीफुल’ अफर

शेयर गर्नुहोस

केही समय अघि विस्ता ग्लोबल इनोभेसन एण्ड टेक एक्सिलेन्स अवार्ड बाट सम्मानित, खल्तीले नेपालीहरुको महान चाड बिजया दशमी, दिपावली तथा छठ पर्व को अवसरमा आफ्ना प्रयोगकर्ताहरूका लागि ‘खल्तीफुलअफर’ ल्याएको छ। यस अफर अन्तर्गत खल्ती प्रयोगकर्ताले यूनियन पे को क्यू आर तोकिएको आउटलेटमा खल्ती मार्फत स्क्यान गरि भुक्तानी गर्दा १०% (अधिकतम रू.५०० सम्मको) क्यास्ब्याक प्राप्त गर्न सक्नेछन्।

यस अफर अन्तर्गत प्रयोगकर्ताहरुले निम्न उल्लेखित स्टोरहरूमा क्यास्ब्याक प्राप्त गर्न सक्नेछन्ः

ब्रान्डक्यास्ब्याक
गोल्ड स्टार१०% (रू. २५० सम्म)
बिग डिजिटल१०% (रू.५०० सम्म)
स्केचर्स१०% (रू.२५० सम्म)
बलेनो१०% (रू.२०० सम्म)
साथिमार्ट१०% (रू.१०० सम्म)

भाद्र ३० देखि कार्तिक १४, २०७९ सम्म लागु हुने यस अफरको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “ नेपालीहरूको महान चाड दशैँ, तिहार र छठ प्रतिको उत्साह र उमंगलाई मध्यनजर गर्दै हामीले डिजिटल भुक्तानी मार्फत् हाम्रा प्रयोगकर्ताको चाडबाडको सपिङ्गमा खुशीयाली यो अफर ल्याएका हौं।”


शेयर गर्नुहोस

Leave a Comment