वर्ल्डलिंक र पबजीबिच सहकार्य, उच्च इन्टरनेट प्रदान गरिने

वर्ल्डलिंक र पबजी बिच सहकार्य हुने भएको छ जसले नेपालमा यस खेलका लागी आवश्यक नेटवर्क पुर्वाधार निर्माण गरी उत्कृष्ट गेमिङ अनुभव प्रदान गरिने लक्ष्य लिइएको छ ।

विश्वको अग्रणी मोबाइल गेम, पबजी मोबाइल एवं  नेपालको उत्कृष्ट इन्टरनेट सेवा प्रदायक, वर्ल्डलिंक बीच एक सम्झौता गरिएको  छ । नेपालमा मोबाइल गेमिङको व्यापक आकर्षण बढ्दै गइरहेको  अवस्थामा पबजी मोबाइलका नेपालभर  ५० लाखभन्दा बढी सक्रिय मोबाइल गेमरहरू रहेका छन् ।

“मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा, गेमिङ समुदायको आवश्यकताहरूलाई सम्बोधन गर्न र उनीहरूको गेमिङको जोशलाई अझै सशक्त रूपमा पूरा गर्न हामीले नवीनतम प्रविधिको साथ अगाडि बढ्नु आवश्यक छ,” वर्ल्डलिङ्कका सीईओले यस सहकार्यको महत्त्वलाई जोड दिँदै भन्नु भयो।

वर्ल्डलिंक र पबजी मोबाइलले यो साझेदारीलाई नेपालको मोबाइल गेमिङको लागि एउटा अभुतपुर्व कदमको रूपमा लिएको छ र यसले रोमाञ्चक गेमिङको जीवन्त अनुभवलाई आत्मसाथ गर्न तत्पर छ।

“थुप्रै विशेषता एवं सुविधाहरूको साथ, नेपाली मोबाइल गेमरहरूले पूर्ण रूपमा नयाँ तहको उत्साह एवं गेमिङको अनुभव प्राप्त गर्न सक्नुहुने छ जसले गेमिङ प्रतिको दृष्टिकोणलाई पूर्ण रूपमा परिवर्तन गर्नेछ। यो वृहत् भविष्यतर्फको पहिलो कदम हो जसले मोबाइल गेमका लागि नयाँ अवसरहरू प्रदान गर्ने छ र गेमिङ्गको जीवन्त अनुभव प्रदान गर्ने छ” वर्ल्डलिङ्कका सीईओले थप बताउनु भयो ।  

>>> वर्ल्डलिंकले नेपाली क्रिकेटका लागि सम्पूर्ण इन्टरनेट पूर्वाधार प्रदान गर्ने । <<<

गेमिङ समुदायलाई बढाउदै जाने इच्छा

यस साझेदारीको महत्वबारे बताउँदै टेन्सेन्ट साउथ एसिया पब्लिशिङका सहायक निर्माता पार्थ शर्माले भन्नुभयो, “मोबाइल गेमिङको इकोसिस्टम परिवर्तन ल्याइ नयाँ ब्रान्डका रूपमा नेपाल हाम्रा लागि प्रमुख क्षेत्र बनेको छ। यो खेलको लोकप्रियता मात्र होइन, यस खेलका  प्रतिभाहरुले ग्लोबल एस्पोर्ट्स इभेन्टहरूमा प्रतिस्पर्धा समेत गर्दै आएका छन् ।  PMGC मा DRS, DeadEyes Guys, Skylights Gaming र T2K जस्ता हाम्रा प्रतिभाले पबजी मोबाइलको लागि ग्लोबल एस्पोर्ट्स इभेन्टसमा बारम्बार आफ्नो क्षमता  प्रदर्शन गरेकाे  स्पष्ट रूपमा देख्न सकिन्छ।” 

वर्ल्डलिंक र पबजीबिच सहकार्य

“यस्ता प्रतिभाहरू देख्न पाउँदा ठूलो सन्तोष एवं आनन्द समेत मिल्दछ । CR7 र 4K गेमिङ जस्ता प्रतिभाहरू हरेक दिन बढ्दै गएको छन्, र  हाम्रा प्रयासहरू पनि यस्ता गेमिङ समुदायलाई बढाउदै लैजानु पनि हो। हामी मनोरञ्जन मात्र होइन, व्यावसायिक रूपमा अघि बढ्ने अवसरहरू प्रदान गर्न निरन्तर केन्द्रित छौं। त्यसैले हामीले वर्ल्डलिंकलाई एक उत्कृष्ट साझेदारको रूपमा लिएका छौ, यस प्रयासले नेपालमा मोबाइल गेमिङ गर्ने हाम्रो जोश र संकल्पलाई आत्मसाथ समेत गर्दछ, यो दक्षिण एसियाकै सबैभन्दा ठूलो सफलता एवं सानो सुरुवात मात्र हो।”

साझेदारीले नेपालमा मोबाइल गेमिङलाई अझ रोमाञ्चक बनाउने विशेष सुविधाहरू एवं विशेषताहरू प्रदान गर्ने छ। नेपालको गेमिङ समुदायका लागि थप  रोमाञ्चक अनुभवहरू प्राप्त हुने अपेक्षा समेत गर्न सकिन्छ ।

Leave a Comment