ह्वावेको २० औं ग्लोबल एनलिस्ट सम्मेलनमा ह्वावे आइसिटि स्ट्राटिजी मार्केटिङका अध्यक्ष पेङ सोङले कसरी डिजिटल अर्थतन्त्र आर्थिक वृद्धिको मुख्य इन्धन हो भनेर प्रकाश पार्नुभयो ।
पेङ ज्यूले भन्नुभयो, “डिजिटल प्रविधि अब विस्तृत दायराको उद्योगहरूको उत्पादन सिनारियोमा गहिरो रूपमा एकीकृत भएको छ जसले डेटालाई उत्पादनमा एउटा नयाँ कारक बनाएको छ र यसले आर्थिक उत्पादकत्वमा ठूलो फड्को मारेको छ”
ह्वावे र जिएसएमएद्वारा हालैको प्रतिवेदनले अनुमान गरेको छ कि २०२५ सम्म लगभग विश्वव्यापी वृद्धिको ५५% डिजिटल अर्थव्यवस्थाद्वारा संचालित हुनेछ । १७० भन्दा बढी देश र क्षेत्रहरूले डिजिटल रणनीतिहरू विकास गर्दैछन् र २०२६ सम्म विश्वव्यापी डिजिटल रूपान्तरणको खर्च ३.४ ट्रिलियन अमेरिकि डलर पुग्ने ह्वावेले आशा राखेको छ ।
ह्वावे डिजिटल प्रोडक्टिभिटि सुधार गर्न र डिजिटल अर्थतन्त्रलाई बढावा दिन ह्वावे डेटा प्रसारण, प्रशोधन र स्टोरेज दक्षता सुधार गर्न ट्रान्समिशन, कम्प्युटिङ र स्टोरेज शक्तिको विकास गर्न प्रतिबद्ध छ ।
डिजिटल पूर्वाधार अब नयाँ राजमार्ग
आइसिटि पूर्वाधार र यसले सक्षम गर्ने उद्योग डिजिटलाइजेसनले चौथो औद्योगिक क्रान्तिलाई ड्राइभ गर्न सुरु गरेको छ जसले स्टीम पावर र मेकनाइजेशनले तीन शताब्दी अघि पहिलो औद्योगिक क्रान्ति ल्याए जसरी हामीलाई पूर्ण रूपमा इन्टेलिजेन्ट संसारको नजिक लैजादैछ ।
कनेक्टिभिटी, क्लाउड, AI, कम्प्युटिङ र उद्योग एप्लिकेशनहरूमा नयाँ प्रविधिहरु मानिस, विभिन्न वस्तु र जानकारीहरू बीच व्यापक इन्टेलिजेन्ट कनेक्सनहरूलाई समर्थन गर्न धेरै तहमा कन्भर्ज गर्दैछन् ।
यी नयाँ प्रविधिहरू एक बलियो डिजिटल पूर्वाधारमा निर्मित छन् जसले इन्टेलिजेन्ट कनेक्सनहरू बीचको सूचनाको द्रुत र अति भरपर्दो प्रवाहलाई सहज बनाउँदछ । आफ्नो किइनोटमा पेङ सोङले भन्नुभयो कि डिजिटल पूर्वाधार डिजिटल अर्थव्यवस्था युगको “राजमार्ग” हो ।
यो पनि पढ्नुहोस्: ह्वावेले दक्षिण एसियामा स्मार्ट ट्यालेन्ट इकोसिस्टम निर्माण गर्ने
5.5G मा निरन्तर विकास
5G को लो लेटेन्सी र उच्च ब्यान्डविथ विशेषताहरू आजको डिजिटल रूपान्तरणका लागि उत्प्रेरक हुन् । यि उदीयमान 2C र 2B एप्लिकेशनहरूले प्राविधिक रूपमा सम्भव हुने सीमाहरूको निरन्तर परीक्षण गर्दै छन् र 5G क्षमताहरूमा थप प्रगतिको लागि आह्वान गरिरहेका छन् ।
5.5G को विकासको विशेषतालाई उकाशन इन्हेन्स्ड मोबाइल ब्रॉडब्यान्ड (इएमबिबि), अल्ट्रा-रीलाएबल लो-लेटेन्सी कम्युनिकेसन (युआरएलएलसि) र विशाल मेशिन-टाइप कम्युनिकेसन्स (एमएमटिसि), साथै सेन्सिङ, प्यासिब आइओटि, पोजिसनिङ र इन्टेलिजेन्सका नयाँ क्षमताहरूमा सुधार ल्याउन सकिनेछ ।
ह्वावेले नेक्स्ट जेनेरेसन 5.5G पूर्वाधारको विकासको नेतृत्व गरिरहेको छ, १०० बिलियन कनेक्सनहरूलाई समर्थन गर्दै र १० गिगाबिट प्रयोगकर्ता अनुभव प्रदान गर्दछ । यो प्रविधिले लेटेन्सी र पोजिसनिङ सटीकतामा १० गुणा सुधारलाई सक्षम गर्नेछ जसले डिजिटल रूपान्तरणमा अर्को क्रान्तिलाई ड्राइभ गर्नेछ ।
पेङ सोङले भन्नुभयो, “ह्वावेले 5.5G, F5.5G र Net5.5G मा सञ्चालित अग्रणी ट्रान्समिसन सुविधाहरू निर्माण गरेर र १०० बिलियन आइओटि र १० गिगाबिट अनुभव भएको नेटवर्क क्षमताहरू निर्माण गर्न थप उन्नत प्रविधिहरू प्रयोग गरेर डिजिटल पूर्वाधार विकास गरिरहेको छ । यी उन्नत प्रविधिहरूले आइओटि सेवाहरूलाई समर्थन गर्न सक्छन् जसले सयौं बिलियन चीजहरू कनेक्ट गर्दछ र १० गिगाबिट प्रयोगकर्ता अनुभव प्रदान गर्दछ । थप पढ्नुहोस: फाइभ जि र एआई मार्फत स्मार्ट माइनिङलाई नयाँ चरणमा लैजाने क्रममा ह्वावे
दोस्रो, ह्वावेले जेनेरल-परपोज कम्प्युटिङ र एआइ कम्प्युटिङ जस्ता विभिन्न कम्प्युटिङ्ग क्षेत्रहरूमा सफलता हासिल गर्नको लागि ठोस कम्प्युटिङ पूर्वाधार विकास गर्न जारी राखेको छ ।
तेस्रो, ह्वावेले सक्रिय रूपमा क्लाउड-नेटिभ एप्लिकेशनहरू विकास गर्दैछ र भरपर्दो स्टोरेज सुविधाहरू निर्माण गरिरहेको छ जसले थप डेटा स्टोरेज गर्न, छिटो प्रसारण गर्न र प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ भन्ने सुनिश्चित गरोस ।”
नयाँ व्यापार फ्रन्टियर्स
उन्नत डिजिटल प्रविधिहरूको ग्रहणले तिनीहरूमा लगानी गर्न इच्छुक व्यवसायहरूको लागि नयाँ अवसरहरू सिर्जना गर्ने क्षमता राख्दछ । यी अवसरहरूमा प्रतिस्पर्धीहरूबाट भिन्नता, दक्षता र उत्पादकता वृद्धि र सुधारिएको ग्राहक अनुभवहरू समावेश छन् ।
5.5G युगमा प्राविधिक आविष्कारले अपरेटरहरूको लागि 5G भन्दा नेटवर्क कार्यसम्पादनमा १० गुणा वृद्धि ल्याउनेछ । ह्वावेले यसले अपरेटरहरूलाई पाँचवटा नयाँ व्यापारिक फ्रन्टियर्स खोल्न र नयाँ व्यापार अवसरहरूमा १०० गुणा वृद्धि गर्न मद्दत गर्ने बताएको छ । यी हुन्:
1. इमर्सिभ र अन्तरक्रियात्मक अनुभवहरूको साथ सेवाहरूमा विस्फोट
अगमेन्टेड रियालिटी (अग्मेन्टेड रियलिटी) र ग्लास-रहित थ्री-डि भिडियो मुलधार बन्नेछ । 5.5G युगमा इमर्सिभ र अन्तरक्रियात्मक अनुभव भएका सेवाहरू सामान्य हुनेछन् । यन्त्र प्रविधिहरूमा निरन्तर सफलताहरू र कन्टेन्टमा भएको बूमको साथ, १० Gbit/s र मिलिसेकेन्ड-स्तर लेटेन्सीले एक्सआरप्रो र भविष्यको मेटाभर्स जस्ता रियल-टाइम अन्तरक्रियात्मक सेवाहरू सक्षम पार्नेछ ।
2. उद्योगको डिजिटल रूपान्तरणमा थप वृद्धि
स्मार्ट उत्पादन क्षेत्रमा 5.5G युगमा युआरएलएलसि (अल्ट्रा-रिलाएबल लो लाटेन्सी कनेक्सनहरू) क्षमताहरूले स्वायत्त प्रक्रियाहरूलाई सहायक उत्पादनबाट कोर उत्पादन प्रक्रियाहरूमा सार्न अनुमति दिनेछ । 5.5 GHz पोजिसनिङ क्षमतालाई 5G युगमा मिटरबाट सेन्टिमिटरमा सुधार गरिएको छ जसले ए जि भि जस्ता उच्च प्रिसिजन पोजिसनिङ एप्लिकेशनहरूलाई सक्षम पारेको छ ।
3. कनेक्टिभिटिका लागि नयाँ अवसरहरू सिर्जना गर्दै क्लाउड एप्लिकेसनहरू नयाँ युगमा प्रवेश
क्लाउड-आधारित र बहु-क्लाउड इन्टरप्राइज एप्लिकेशनहरू नयाँ ट्रेन्ड बनिरहेका छन् । वाइड-एरिया ठूला अपलिंक क्षमताहरूले क्लाउडमा ठूला डेटा अपलोड गर्न अनुमति दिनेछ जसले सेल्फ-ड्राइभिङ प्रविधिहरू, इन्टेलिजेन्ट रोबोटहरू र होलोग्राफिक अन्तरक्रिया अनुभवहरू सहज बनाउनेछ ।
4. सेलुलर नेटवर्कहरूले सबै आइओटि एप्लिकेशनहरू कभर गर्नेछ र प्यासिब आइओटि ले १०० बिलियन कनेक्सनहरू सक्षम पार्ने
प्यासिब आइओटि ट्यागहरूले डेटा प्रसारण गर्न सक्छ र स्थिति र तापमान सेन्सरहरूमा पनि प्रयोग गर्न सकिन्छ । त्यस्ता ट्यागहरू विभिन्न प्रकारका सिनारियोहरूमा प्रयोग गर्न सकिन्छ, जस्तै वेयरहाउस वस्तुहरूको अटोमेटेड सूची, कृषि र लाइभस्टक विकास र व्यक्तिगत वस्तुहरूको पोजिसनिंग ।
5. 5.5G ले संचारदेखि एकीकृत सेवाहरूमा नयाँ सेवाहरू सहज बनाउनेछ
सेन्सिङ क्षमता भएका 5.5G नेटवर्कहरू स्मार्ट सिटी सडक ट्राफिक सेवाहरू र पेरिमिटर सेन्सिङ जस्ता सिनारियोहरूमा व्यापक रूपमा प्रयोग गर्न सकिन्छ, जसले शहरी पूर्वाधारहरूलाई अझ प्रभावकारी र इन्टेलिजेन्ट बनाउँछ । वर्षा वा कुहिरो मौसममा 5.5G नेटवर्कहरूले अटोमेटिक रूपमा सडकमा अवरोध वा असामान्यताहरू पत्ता लगाउन सक्छ र चालकहरूलाई ख्याल गर्न सूचित गर्दछ, यातायात सुरक्षित बनाउँछ ।