नेपाल टेलिकमले ल्यायो Outbound IVR सेवा

नेपाल टेलिकमले एकैपटक हजारौँ telephone तथा mobile प्रयोगकर्ताहरूलाई बढीमा एक मिनेटसम्मको Pre-Recorded व्यावसायिक तथा सूचनामूलक जानकारी voice message को रूपमा पठाउन सकिने Outbound IVR (Interactive Voice Response) सेवा सञ्चालनमा ल्याएको छ। यो सेवा संस्थागत तथा व्यक्तिगत ग्राहकहरूका लागि उपयोगी हुनेछ। कम्पनीले केही समयदेखि आन्तरिक प्रयोजनका लागि परीक्षणस्वरूप सञ्चालन गरिरहेको यस सेवालाई व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको हो।

यो एक प्रकारको सामूहिक सूचना प्रणाली हो। कुनै सूचना, परीक्षाको नतिजा वा प्रवर्द्धनात्मक सामग्री आदि धेरै व्यक्तिहरूमाझ पुर्‍याउनका लागि यो सेवा उपयोगी छ। कुनै पनि कार्यालय, व्यवसायी वा सूचना प्रवाहकर्ताले यसका लागि call गर्नुपर्ने नम्बरहरूको सूची र सन्देशसहितको voice file नेपाल टेलिकमलाई उपलब्ध गराई निश्चित प्रक्रिया पूरा गरेपछि यो सेवा उपलब्ध हुन्छ।

यो पनि: नेपाल टेलिकम द्वारा भिवोएलटिइ (VoLTE) सेवाको शुरुवात

यस Outbound IVR सेवामार्फत call प्राप्त गर्ने व्यक्तिको phone मा सन्देश आउँदा सन्देश पठाउने सेवा प्रदायक वा ग्राहकको नाममा दर्ता रहेको mobile वा telephone नम्बर नै caller ID को रूपमा देखिन्छ। सेवा सञ्चालनका लागि इच्छुक सेवा प्रदायक वा ग्राहकले हाललाई दूरसञ्चार कार्यालय सुन्धारामार्फत निर्धारित फारम भरी यो सेवा लिन सक्नेछन्।

सेवा प्रदायक वा ग्राहकले तोकेका नम्बरहरूमा स्वचालित रूपमा call गर्न सकिने यस प्रकृतिको सेवाको माग बढ्दै जाने कम्पनीको विश्वास छ।

Leave a Comment