पोखरामा सफलतापूर्वक सम्पन्न एनपीनोग–१० (npNOG-10) पछि, नेपाल नेटवर्क अपरेटर ग्रुप (npNOG) ले इन्टरनेट एक्सचेन्ज नेपाल (npIX) सँग सहकार्य गर्दै एनपीनोग–११ (npNOG 11) कार्यशाला तथा सम्मेलन आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम २०२५ जुन १५ देखि २० (२०७८ असार १–६) सम्म काठमाडौँको हायात सेन्ट्रिक होटलमा आयोजना गरिनेछ।
कार्यक्रममा नेटवर्क इन्जिनियर, सिस्टम इन्जिनियर, सूचना प्रविधि विज्ञ, कन्सल्टेन्ट, सरकारी तथा गैरसरकारी प्राविधिकहरू र सूचना प्रविधि तथा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहनेछ।
कार्यक्रममार्फत नेपालमा आधुनिक डिजिटल पूर्वाधार विकास र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने आयोजकहरूको विश्वास छ।
एनपीनोग–११ कार्यक्रम तालिका:
- कार्यशाला (Workshop): जुन १५–१८ (असार १–४)
- ट्युटोरियल: जुन १९ (असार ५)
- सम्मेलन (Conference): जुन २० (असार ६)
सहभागीहरूका लागि दिउँसोको खाजा, लन्च, चिया/कफी तथा स्टेसनरीको व्यवस्था गरिएको छ।
यो पनि: एचएमडी क्रेस्ट म्याक्स फाइभजी नेपाली बजारमा
दर्ता शुल्क विवरण:
सम्मेलनमा भाग लिनका लागि फरक-फरक शुल्क निर्धारण गरिएको छ । जसअनुसार सम्पूर्ण कार्यक्रममा सहभागी हुनका लागि रु २०,००० शुल्क तिर्नु पर्नेछ भने कार्यशालामा मात्र भाग लिनुहुने सहभागीले रु १७,००० तिर्नुपर्नेछ । यसै गरि ट्युटोरियल वा सम्मेलनमा मात्र सहभागी हुन रु ३,००० र ५,०००, क्रमश शुल्क तोकिएको छ
- सम्पूर्ण कार्यक्रम: रु. २०,०००
- कार्यशाला मात्र: रु. १७,०००
- ट्युटोरियल मात्र: रु. ३,०००
- सम्मेलन मात्र: रु. ५,०००
यसैगरी अन्त्राष्ट्रिय सहभागीको हकमा भने युएसडी २०० शुल्क तिर्नु पर्नेछ ।
महिला सहभागीका लागि सोही मितिसम्म २० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
इच्छुकले यहाँ https://npnog.org.np/npnog11/registration/ क्लिक गरी अनलाइन दर्ता गर्न सक्नेछन्।