एननेट (पर्पल) को इन्टरनेट सेवा सुरु, वाईफाई ६, आइपीभी ६ प्रविधि  

दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी एननेट ( पर्पल) ले नेपालभरका retail र enterprise ग्राहकका लागि अत्याधुनिक, FTTR प्रविधिबाट बाट WiFi 6 र IPV6 प्रविधिबाट सेवा सुरुवात गरेको छ । यो IPv6 प्रविधि भनेको अहिले र अबको भविष्यमा चलाइने महत्त्वपूर्ण सर्भिस मानिन्छ । यो क्ष्एख्ट प्रविधि लाई दूरसञ्चार प्राधिकरण (NTA) ले पनि अनिवार्य गरिसकेको छ ।

यो सेवा क्रमिक रूपले देशको सम्पूर्ण सहरी, पहाडी , दुर्गम, तथा, हिमाली क्षेत्र का Retail and Enterprise user, -Education, Health, financial institute , Hotel, Government office, NGO, INGO etc. ग्राहकलाई लक्षित गरी उच्चस्तरीय इन्टरनेट र IPTV सेवा सञ्चालनमा ल्याउन लागिएको कम्पनीले जनाएको छ।

यो पनि: लाङटाङ-क्यान्जिन पदमार्गमा नेपाल टेलिकमको फोर जी सेवा

कम्पनीले, नेपालीको महान चाड, बडा दशैं, तिहार र छठको उपलक्ष्यमा, इंट्रोडक्टरी अफर अन्तर्गत, retail ग्राहकका लागि १५% सम्म डिस्काउन्ट र तीन महिनासम्म बोनस दिने योजना ल्याएको छ भने अझै SME package लिन चाहने ग्राहकहरूका लागि भने ५०% सम्म छुट र तीन महिनासम्म बोनस का साथै मूल्य कम ब्यान्डविथ स्पीड दोब्बर गरिदिने कम्पनीले बताएको छ ।

कम्पनी को आफ्नो नारा, एननेट “सधैँसँगै” राखिएको छ । यो नारा अनुसार नै सधैं आफ्ना ग्राहकहरूलाई सधैं सँगै भएर उच्चस्तरीय प्रविधिको सेवा दिने कम्पनीको योजना छ ।

Leave a Comment