नामस्ते पेले बस टिकटिङ सुविधा सुरु गर्दै यात्री सेवामा विस्तार

नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक मध्ये एक, नमस्ते पे, ले प्रयोगकर्तामाझ लामो समयदेखि प्रतिक्षा गरिएको बस टिकटिङ सुविधा औपचारिक रुपमा सार्वजनिक गरेको छ। यो सुविधा १० नोभेम्बर २०२५ देखि एन्ड्रोइड र आइओएस दुवै संस्करणमा उपलब्ध भएको छ।

नयाँ सुविधामार्फत प्रयोगकर्ताले देशभरका विभिन्न मार्गका बस तथा हायस टिकट सजिलै खोज्न, तुलना गर्न र बुक गर्न सक्नेछन्। अब यात्राका लागि काउन्टर धाउनुपर्ने वा तेस्रो पक्षको प्लेटफर्ममा निर्भर हुनुपर्ने आवश्यकताबाट मुक्ति मिलेको छ, जसले अन्तरसहर तथा लामो दूरीको यात्रा अझ सरल, छिटो र विश्वसनीय बनाएको छ।

बस टिकटिङ सेवाको सुरुवातले नमस्ते पेको लक्ष्य बनाएको पूर्ण डिजिटल जीवनशैली प्लेटफर्म बन्ने यात्रामा अर्को महत्वपूर्ण उपलब्धि जोडिएको छ। दैनिक भुक्तानीदेखि यात्रासम्बन्धी कामसम्म एउटै एपबाट सुरक्षित रुपमा व्यवस्थापन गर्न सकिने नमस्ते पेको प्रतिबद्धता यसले झनै मजबुत पारेको छ।

प्रयोगकर्ताले नमस्ते पे एपको ‘Bus Ticket’ सेक्षनमा गएर सेवा उपयोग गर्न सक्छन्, र भुक्तानी वालेट ब्यालेन्स वा लिंक गरिएको बैंक खातामार्फत सजिलै गर्न सकिन्छ।

Leave a Comment