नेपाल टेलिकमको सन्देश- राजनीतिक सद्भावमा खलल पुर्‍याउने प्रकृतिका सन्देश प्रवाह नगर्नु

नेपाल टेलिकमको VAS (Value Added Service) सेवा प्रणालीमा आवद्ध भई VAS मा आधारित SMS सेवा प्रवाह गरिरहेका केही सेवा प्रदायकले आफ्नो व्यापार व्यवसाय भन्दा फरक राजनीतिक प्रकृतिको सन्देश नेपाल टेलिकमका विभिन्न मोबाइल नम्बरहरुमा समेत प्रवाह गरिरहेको स्वीकार गरेको छ

एक सूचना जारि गर्दै टेलिकमले भनेको छ कि विभिन्न व्यापार व्यवसाय प्रवद्र्धनका लागि SMS प्रवाह गर्न कम्पनीले विभिन्न सेवा प्रदायकहरुलाई स्वीकृति दिने गरेको छ । तर नेपाल टेलिकमले कुनै पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर तथा अन्य विवरण उपलब्ध गराउँदैन ।

सम्बन्धित सेवा प्रदायकलाई विभिन्न प्रकारका जातीय, वर्गिय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पुर्‍याउने प्रकृतिका सन्देश प्रवाह नगर्न सचेत गराइएको छ । आगामी दिनमा समेत यस प्रकारका सन्देश सर्वसाधारणको नम्बरमा प्रवाह नगर्न सबै सेवा प्रदायकहरुलाई अनुरोध छ ।

यो पनि पढ्नुहोस: नेपाल टेलिकमले सुरु गर्यो अनलाइन केवाईसी अपडेट सेवा

नेपाल टेलिकम सेवाग्राहीको गोपनियताप्रति सदैव संवेदनशील रहेको र आगामी दिनमा समेत गोपनियताको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

गएका केहि दिनमा धेरै प्रयोगकर्ताले राजनीतिक संदेश दिने प्रकृतिका SMS प्राप्त गरेको भन्दै गुनासो गरेपश्चात कम्पनीले यो सुचना जारि गरेको हो ।

Leave a Comment