नेपाल टेलिकमले मनायो २२औँ वार्षिकोत्सव, रु २२२ मै २२ जीबी डेटा अफर

नेपाल टेलिकमले आफ्नो २२औँ वार्षिकोत्सव कार्यक्रम २०८२ माघ २२ गते सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयसँगै विभिन्न प्रादेशिक निर्देशनालय र कार्यालयहरूमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं कम्पनी सञ्चालक समितिका अध्यक्ष लक्ष्मी कुमारी बस्नेतले अध्यक्षता गर्नुभएको थियो ।

समारोहमा प्रमुख अतिथि गृह मन्त्री ओमप्रकाश अर्यालले विशेषतः Digital Divide न्यूनिकरण गर्ने तथा ग्रामीण क्षेत्रहरूमा सञ्चार पहुँच विस्तार गर्ने कार्यमा नेपाल टेलिकमले गरेको योगदान प्रशंसनीय रहेको बताउनुभयो । उहाँले सुशासनमार्फत नागरिक र सरकारबीचको सम्बन्ध मजबुत बनाउन कम्पनीले उपलब्ध गराएका सेवा तथा पूर्वाधारहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । साथै, सरकारले लिएका नीति तथा कार्यक्रमलाई आत्मसात् गर्दै सरकार–नागरिकको कर्तव्य निर्वाहमा नेपाल टेलिकमले सरकारसँग हातेमालो गर्दै आएको र कम्पनीको सुदृढीकरण तथा विकासमा सरकारको अभिभावकत्व सधैँ रहने बताउनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं कम्पनी सञ्चालक समितिका अध्यक्ष लक्ष्मी कुमारी बस्नेतले नयाँ प्रविधि तथा अनुसन्धानलाई आत्मसात् गर्दै आम सेवाग्राहीलाई सर्वसुलभ रूपमा गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल टेलिकमले महत्वपूर्ण काम गर्दै आएको बताउनुभयो । उहाँले नेपाल टेलिकमले देशको प्रमुख सेवा प्रदायकको रूपमा Connectivity उपलब्ध गराउँदै Telehealth, Telemedicine र Teleeducation जस्ता सेवाको विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । विशेषगरी दुर्गम क्षेत्रहरूमा Digital सेवाहरू पुर्‍याउन आवश्यक पूर्वाधार निर्माण अपरिहार्य रहेको, जसले जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पार्नुका साथै देशलाई Digitalization अभियानतर्फ अगाडि बढाउने उल्लेख गर्नुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले दक्ष जनशक्ति भएको नेपाल टेलिकमले त्यसैअनुसार Network निर्माण तथा विस्तार गरी बजार अझै विस्तार गर्न सक्ने सम्भावना रहेको तथा यसबाट आम्दानी पनि वृद्धि गर्न सकिने सुझाव दिनुभयो । साथै, प्राधिकरणमार्फत सञ्चालन भइरहेका विभिन्न परियोजनाहरू समयमै सम्पन्न गर्न ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

सञ्चालक समितिका सदस्य (कर्मचारी प्रतिनिधि) लोकबहादुर कटुवालले स्वच्छ प्रतिस्पर्धा भनिए पनि नेपाल टेलिकमजस्ता संस्थाले License लिन र Renewal गर्न बढी रकम तिर्नुपरेको उल्लेख गर्दै आगामी दिनमा यसलाई सुधार गर्न ध्यान दिन आग्रह गर्नुभयो । साथै, कर्मचारी सरोकारका विषयमा सञ्चालक समिति र कम्पनी व्यवस्थापन मिलेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नायब प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले 4G विस्तार बारे के भने?

नेपाल टेलिकमका नायब प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले कम्पनीको समग्र अवस्थाबारे संक्षेप जानकारी गराउँदै 4G/LTE सेवा विस्तार सफलतापूर्वक सम्पन्न भई स्तरोन्नति तथा वितरण निरन्तर भइरहेको, जसको परिणामस्वरूप ७ वटै प्रदेशका ७७ जिल्लाका कुल ७५४ स्थानीय तहमा सेवा विस्तार भएको बताउनुभयो । 5G सेवा सुरु गर्न आपूर्तिकर्ताबाट प्राप्त प्रस्तावको अध्ययन सम्पन्न भई Review चरणमा रहेको, FTTH सेवा विस्तार सफलतापूर्वक हुँदै आएको, विगतदेखि नै दुर्गम तथा अति विकट क्षेत्रमा पनि विभिन्न माध्यमबाट सेवा उपलब्ध गराइएको, Data Center निर्माणका लागि प्राप्त उपकरणहरूको जडान अन्तिम चरणमा रहेको, नयाँ Billing System का लागि पुनः बोलपत्र प्रक्रिया अगाडि बढाइएको, तथा Private Cloud Platform (NT Cloud) को नयाँ बोलपत्र आह्वानसम्बन्धी कागजातहरू Review मा रहेको जानकारी दिनुभयो ।

कम्पनीको २१औँ वार्षिकोत्सवको अवसरमा GSM Prepaid SIM प्रयोगकर्ताहरूको कम्पनीमा रहेको ग्राहक विवरण NT Online KYC Update परीक्षण हाल दूरसञ्चार कार्यालय सुन्धाराबाट भइरहेकोमा अब देशभरका कार्यालयबाट Update गर्न सकिने व्यवस्था गरिएको छ ।

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव अफरहरु

माघ ६ देखि माघ १२ सम्म (७ दिन) GSM Prepaid/Postpaid ग्राहकहरूका लागि Package उपलब्ध गराइनेछ । यसअनुसार

  • रु २२२ मा २२ दिन Validity सहित २२ GB Data को Double Two Pack,
  • रु २२ मा १ दिन Validity सहित २ GB Data को Daily Two Pack,
  • साथै Celebration Combo Pack अन्तर्गत रु २२२ मा २२ दिन Validity सहित २२२ Minutes All Net Voice, 4 GB Data र २२२ All Net SMS उपलब्ध हुनेछ ।

हाल दूरसञ्चार कार्यालयहरूमा रु १०० मा बिक्री भइरहेको Prepaid SIM अब रु २० मा उपलब्ध गराइनेछ । यो योजना माघ ६ देखि फागुन १५ गतेसम्म (४० दिन) सञ्चालन हुनेछ ।

FTTH सेवा अन्तर्गत नयाँ जडान गर्ने ग्राहकहरूका लागि जडान शुल्क रु ५०० माघ ६ देखि फागुन ६ गतेसम्म मिनाहा गरिनेछ । विद्यार्थी Offer यथावत् रहनेछ र हाल सञ्चालनमा रहेको विद्यार्थी Offer को अवधि फागुन २०८२ सम्म थप गरिएको छ ।

Yearly/Multi-yearly FTTH Data सेवा प्रयोग गरिरहेका सम्पूर्ण ग्राहकहरूलाई कम्पनीमा दर्ता भएको Mobile Number मा उपलब्ध Mobile Data बाहेक २० GB Mobile Data Bonus प्रदान गरिनेछ । यो Bonus माघ ६ देखि माघ १२ सम्म नयाँ जडान वा Renewal गर्ने ग्राहकहरूलाई पनि लागू हुनेछ ।
त्यसैगरी, १ महिना वा ३ महिनाको Data Package प्रयोग गरिरहेका ग्राहकहरूले Yearly/Multi-yearly FTTH Data Package Renew गरेमा पनि २० GB Mobile Data Bonus प्रदान गरिनेछ ।

FTTH जडानका लागि माघ १२ सम्म Demand Portal मा दर्ता गर्ने ग्राहकहरूलाई पनि Bonus Data उपलब्ध गराइनेछ । Bonus Mobile Data को Validity ७ दिन हुनेछ ।

यो पनि: नेपाल टेलिकमले ल्यायो WiFi 6, उत्कृष्ट इन्टरनेटको लागि नयाँ अध्याय

पुरानो बाँकी बक्यौता तथा आसामी असुली कार्यलाई निरन्तरता दिने कार्यक्रम स्वीकृत भई आ.व. २०७९/८० सम्मको बक्यौता रकम २०८२ मंसिर १ देखि २०८२ माघ मसान्तसम्म भुक्तानी गरेमा लाग्ने जरिवाना छुट दिने निर्णय भएकोमा उक्त छुटको अवधि २०८२ चैत मसान्तसम्म थप गरिएको छ ।

कार्यक्रममा कम्पनीका सबैभन्दा बढी Recharge Card बिक्री गर्ने, ७ वटै प्रदेशका उत्कृष्ट वितरक, MPoS विक्रेता, Leased Line तथा FTTH / X-GPON तर्फ उत्कृष्ट ग्राहक वृद्धि गर्ने कार्यालयहरूलाई सम्मान गरिएको थियो । साथै, कम्पनीमा २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

Leave a Comment