नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले नि:शुल्क वाइफाइ मोबिलिटी सेवा बन्द गर्ने योजना बनाएको छ। प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले इन्टरनेट सेवा प्रदायकहरू (आईएसपी) मुख्यतया वर्ल्डलिंकद्वारा प्रदान गर्दै आएको नि:शुल्क वाइफाइ हटस्पट सेवा अन्त्य गर्ने बारेमा छलफल भइरहेको बताए। उनले नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजित एक कार्यक्रममा यो खबर साझा गरेका हुन् ।
भण्डारीका अनुसार टेलिकम कम्पनीहरुले नि:शुल्क वाइफाइ मोबिलिटीले गर्दा आफ्नो राजश्वमा कमि आएको चिन्ता व्यक्त गर्दैआएका छन् ।
“हामीलाई टेलिकम कम्पनीहरुबाट गुनासोहरू प्राप्त भइरहेका छन् कि वाइफाइ मोबिलिटीले उनीहरुको राजस्व घटाएको छ। हामीले यसको अनुगमन पनि गरिरहेका छौं,” उनले भने। “हाल, दुई लाख (२००,००) मानिसहरूले नि:शुल्क वाइफाइ मोबिलिटी सेवा प्रयोग गरिरहेका छन्। उनीहरूले हजारौं/लाखौँ गिगाबाइट डाटा प्रयोग गरिरहेका छन्।”
भण्डारीका अनुसार प्राधिकरणले नि:शुल्क वाइफाइ मोबिलिटी बन्द गर्दा पर्ने प्रभावहरूको विश्लेषण गर्नेछ र तदनुसार निर्णय गर्नेछ।
यो पनि: एनसेलद्वारा थ्रीजी बन्द गर्ने घोषणा यस्तो छ कारण
नि:शुल्क वाइफाइ मोबिलिटी बन्द गर्ने तयारीमा प्राधिकरण
नि:शुल्क वाइफाइ मोबिलिटी बन्द गर्नुको कारण मुख्यतया टेलिकम कम्पनीहरूको चिन्ता र गुनासो हो। नेपालमा वर्ल्डलिंकले नेपालभरिका विविध भिडभाड हुने स्थानहरु जस्तै रेस्टुरेन्ट, शपिङ मल, जिम, अस्पताल, विमानस्थल, होटल, आदि जस्ता सार्वजनिकमा नि:शुल्क वाइफाइ एक्सप्रेस सेवा प्रदान गरिरहेको छ । यस कारणले गर्दा, प्रयोगकर्ताहरूले सजिलै वाइफाई कनेक्ट गर्न सक्छन् । यसको अर्थ टेलिकम कम्पनीका ग्राहक्रहरुलाइ यो सेवा उपलब्ध भएका स्थानहरुमा अनलाइन हुन मोबाइल डेटा प्याकहरू प्रयोग गर्नुपर्दैन। त्यसैले, टेलिकमहरू यो तर्क गर्दै आएका छन् कि इन्टरनेट सेवा प्रदायक हरूले “one-time connection” र “seamless connectivity’ जस्ता सुविधाहरू प्रदान गर्न सक्दैनन् ।

उनीहरुका अनुसार टेलिकम कम्पनीहरूले लाइसेन्स र स्पेक्ट्रमको लागि अर्बौं तिर्न परेको हुन्छ भने आइएसपीहरु ले दस लाख तिर्छन् र फ्रिक्वेन्सी स्पेक्ट्रमको आवश्यकता पनि पर्दैन । यस्तो अवस्थालाई कम्पनीहरुले अनुचित मान्दै आएका छन् ।
टेलिकम कम्पनिहरुले आइएसपीहरु सँग स्वस्थ प्रतिस्पर्धाको लागि उचित नीति/नियमहरू बनाउनु पर्नेमा जोड दिँदै आएका छन् ।
वर्ल्डलिंक र सम्भावित अन्य आइएसपीहरुबाट संचालित हुन सक्ने नि:शुल्क वाइफाइ हटस्पटजस्ता सेवा बन्द भए टेलिकम कम्पनीहरुलाई व्यावसायिक रुपमा केहि राहत हुने देखिन्छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? आफ्नो जिज्ञासा तथा राय तल कमेन्ट बक्समा राख्न नभुल्नुहोला ।