कनेक्टेड फर शेयर्ड प्रोस्पेरिटी फोरम जुमेइराह हिमालय होटल, शंघाईमा ह्वावे, ग्लोबल मोबाइल एसोसिएशन (जीएसएमए), फुडान विश्वविद्यालयको वातावरणीय अर्थशास्त्र केन्द्र र पेपरले संयुक्त रुपमा सम्पन्न गर्यो। अन्तर्राष्ट्रिय उद्योग नियामकहरू सहित चीन, मलेसिया, स्पेन, थाइल्यान्ड, हंगेरी र पोर्तुगलका थिंक ट्यान्क्स लगायत विश्वभरका संगठनहरूको प्रतिनिधित्व गर्दै सहभागीहरूले अनलाइन र व्यक्तिगत रूपमा दुबैमा सामेल भइ, राम्रो कनेक्टेड विश्वको दिगो विकासमा डिजिटल प्रविधिको महत्त्वबारे छलफल गर्नु भयो। सम्मेलनमा अनलाइन मार्फत ५० भन्दा बढी देशका १००० भन्दा बढी अतिथिहरू उपस्थित थिए।
ह्वावेका वरिष्ठ उपाध्यक्ष र बोर्ड सदस्य चेन लिफाङ, ” टेक्नोलोजीको शक्तिमा विश्वास” शीर्षकको किनोट स्पिच दिनु भयो जहाँ उनले टेक्नोलोजीलाई मानव प्रगतिको लागि एक ईन्जिनको रूपमा कसरी प्रयोग गर्न सकिन्छ भनेर वर्णन गर्नु भयो। व्यक्ति र व्यवसायलाई ठूलो सोच्न र सानो काम गर्न आह्वान गर्दा चेनले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य र हरित, नवीन र समावेशी संसारको निर्माणमा आफ्नो समर्थन दोहोराउन भयो। उनको स्पिचको पूरा पाठ तल पढ्न सकिन्छ:
२०२० को बारेमा हामी सबैले मिश्रित भावनाहरू पाएका छौं। महामारीले हाम्रो जीवन परिवर्तन गरेको छ। हामीले ग्रहण गरेका धेरै चीजहरू अब अवस्थित छैनन् र हाम्रा मूल्यहरू परिवर्तन भएका छन्। गत बर्षको मेरो सबैभन्दा ठूलो कुरा समाजको सहमतिमा पुग्न कत्ति गाह्रो छ, भन्ने हो। त्यहाँ लगातार संघर्ष र असहमति देखिन्छ, की लक्डाउन गर्न आवश्यक छ कि छैन भनि निर्णय गर्न देखी मास्क लगाउन कती को लायक छ भन्ने बहस को लागि ।
आज हामी संयुक्त राष्ट्रसंघका १७ दिगो विकास लक्ष्यहरू बारे छलफल गर्न आएका छौं। म व्यक्तिगत रूपमा विश्वास गर्दछु कि यी लक्ष्यहरूलाई अगाडि बढाउनको लागि टेक्नोलोजी महत्त्वपूर्ण छ, र हामीले सँगसँगै टेक्नोलोजीको शक्ति पूर्ण रूपमा दिगो राख्न र दिगो विकासको लागि दुईवटा कुरा गर्नुपर्छ।
हाम्रो पहिलो चुनौती भनेको प्रविधि मानव प्रगतिको ईन्जिन हो कि होइन त्यसमा इमान्दार सहमतिमा पुग्न हुनेछ।
इतिहासलाई फर्केर हेर्दा, हामीले देख्यौं कि विज्ञान र प्रविधिमा सफलताहरू सङ्गै कति ठूला सामाजिक परिवर्तनहरू हुन्छन्। तर आज, प्राविधिक प्रगतिहरू अतिरन्जित र राजनीतिकरण गरिएको छ, कहिलेकाँही आलोचना समेत गरिएको छ । धेरैले डर र अविश्वासको कारण प्रविधिको शक्तिमा विश्वास गर्न छोडेका छन्। केहिले प्रविधिको विकासमा बाधा पुर्याउन ठूलो प्रयास गर्दैछन्।
मैले हालसालै एउटा रिपोर्ट पढें जुनमा भनिएको छ कि कुनै पनि महत्त्वपूर्ण डिजिटल प्लेटफर्म जुन चीनले हावी गरेको छ अमेरिकाको लागि एकदम खतरनाक हुनेछ यदि प्रभावकारी ढंगले नियन्त्रण गरिएको छैन भने र 5G त्यस्तै एक प्लेटफर्म हो।
5G एक स्ट्यान्डर्डाइज्ड प्रविधि हो जुन यसको उच्च ब्यान्डविथ, कम विलम्बता (Latency), र व्यापक कन्नेक्टिभिटीबाट परिभाषित गरिएको छ। यसले परम्परागत उध्योगहरूलाई रूपान्तरण गर्न मद्दत गर्दछ र सबैलाई फाइदा पुग्न सक्छ। व्यापक 5G डिप्लोइमेन्ट पहिले नै विश्वभर का धेरै उद्योगहरु मा देख्न सकिन्छ । । प्रत्येक दिन उपभोक्ताहरूले 5G अनुभवबाट लाभान्वित हुन्छन्, जबकि बन्दरगाह, खानी, र यातायात क्षेत्रमा औधोगिक प्रयोगबाट परिचालन दक्षता बढाउँदैछ। के यो नराम्रो चीज हो? मलाई त्यस्तो लाग्दैन।
यदि हामी दावी गर्छौं कि प्रविधि अत्यन्तै महत्त्वपूर्ण छ तर यसको विकास वैचारिक रूपमा गलत छ भने, यसले विभाजन, भ्रम, र प्रतिगमनको मात्र परिणाम दिन्छ।
हामीले यस विषयमा विश्वव्यापी सहमतिमा पुग्नुपर्दछ र यसलाई समाजको फाइदाको लागि उपयोग गर्न प्रविधिको शक्तिमा विश्वास गर्नुपर्दछ |
निस्सन्देह, त्यहाँ सधैं खतरा हुन्छ कि कसैले नयाँ प्रविधिको दुरुपयोग गर्नेछन। यो कुनै नयाँ चिन्ताको विषय होइन। तर औधोगिक क्रान्ति पछि, हामीले देख्यौं कि कसरी प्राविधिक जोखिमहरू नियन्त्रण गर्न नियमहरू स्थापना गर्दा हाम्रो सुरक्षा हुन सक्छ । नियमहरूको माध्यमबाट, प्राविधिक विकासहरूले राष्ट्रिय सीमाहरू पार गर्न र अनावश्यक जोखिम नलगाईकन सबैको जीविका सुधार गर्न सक्दछन्। हामी एउटा डिजिटल युगमा प्रवेश गर्दैछौं, र साइबर सुरक्षा, गोपनीयता संरक्षण, र हामीलाई सुरक्षित राख्ने विश्वस्त एआई को लागी शासन नियमहरू बनाउन धेरै काम गरिरहेका छन्। हामी बाँकीका लागि यो आत्मविश्वास र प्राविधिक विकासको लागि खुला हुने समय हो।
हाम्रो दोस्रो चुनौती प्रविधिलाई वास्तवमै प्रभावकारी बनाउन / र सबैको लागि भ्यालु सिर्जना गर्न दृढ कदम चाल्न हुनेछ ।
सहमतिमा पुग्न कठिन हुन सक्छ, तर प्रविधि बन्द गर्न सजिलो छ। उद्यमहरूका लागि, टेकमा विश्वास गर्न सानो कुराबाट सुरू हुन सक्छ। उदाहरणका लागि, न्यूनतम व्यवहार्य उत्पादन (MVP) अवधारणालाई हेरौं। सामान्यतया, MVP ले उत्पादन विकास चरणलाई जनाउँछ जहाँ तपाइँले बनाउनु भएको थोरै मात्र स्रोतहरूको प्रयोग गर्दा प्रयोगकर्ताका सबैभन्दा महत्वपूर्ण आवश्यकताहरू पूरा गर्दछ। त्यो MVP त्यसपछि निरन्तर पुनरावृत्ति गरी, यसको प्रक्षेपण पछि परिष्कृत गर्न सकिन्छ।
व्यापक सहमति निर्माण गर्न गाह्रो छ, त्यसैले हामी यस MVP अवधारणा कोर्न सक्दछौं जसले प्राविधिक प्रगति जारी राख्न मद्दत गर्दछ। हामीसँग अहिले रहेको सीमित साझा बुझाइलाई केन्द्रित गर्दै र के स्रोतहरू वास्तवमा उपलब्ध छन् भन्ने कुरालाई ध्यानमा राखेर हामी क्रमशः प्रगति ड्राइभ गर्न सक्छौं । पुनरावृत्तिको मतलब उत्तम हो । द्वन्द्व बढाउनुको अर्थ निष्क्रियता हो।
ह्वावेले जहिले पनि प्राविधिक प्रगतिलाई समर्थन गरेको छ। हामी विश्वास गर्दछौं कि प्रबिधिले मानवतालाई फाइदा पुर्याउँछ। हामी थप् विश्वास गर्दछौं कि डिजिटल प्रबिधिले संयुक्त राष्ट्र संघलाई यसको एसडीजीहरू प्राप्त गर्न मद्दत गर्दछ। पहिले नै, ह्वावेले एसडीजीहरू द्वारा निर्देशित डिजिटल प्रबिधिको धेरै अनुप्रयोगहरूको अन्वेषण गरेको छ।
ह्वावे स्मार्ट पि भि समाधान १४८ मिलियन टनले कार्बन उत्सर्जन घटाउन ६० भन्दा बढी देशहरूमा व्यापक रूपमा प्रयोग भइरहेको छ। यो करिब २ करोड भन्दा बढी रूख रोप्नु बराबर हो। इथियोपियामा मात्र, हामीले हाम्रा ग्राहकहरूलाई ४०० भन्दा बढी सौर्य उर्जा स्टेशनहरू प्रयोग गर्न मद्दत गरेका छौं, जस मार्फत २,८५०० टनले कार्बन उत्सर्जन घटाउँदैछ। चीनमा, हामीले निइङ्सिया र शेन्डो प्रान्तहरूमा कृषि र माछा मार्ने काममा समर्पित विश्वको सबैभन्दा ठूलो सौर्य स्टेशनहरू निर्माण गर्न पनि सहयोग गरेका छौं।
अझ ह्वावे र युनेस्कोले ईजिप्ट, इथियोपिया र घानाका स्कूलहरूलाई अनलाइन शिक्षाको साथ दिन उनीहरूको डिजिटल सीप सुधार गर्न सहयोग पुर्याउन ३ बर्षे साझेदारीमा ओपन स्कूल कार्यक्रम सुरू गरेका छन्।
यी उदाहरणहरू मध्ये प्रत्येक एकल कनेक्सन्, प्रत्येक ग्राममा उत्सर्जनको कमी, प्रत्येक वाटको बिजुली बचत, प्रत्येक हामीले गरेको सानो सुधार, प्रबिधिमा सानो उन्नति नगरी हासिल गर्न सकिँदैन थियो। प्रविधिले यस्तो भ्यालु संसारमा ल्याएको छ।
धन्यवाद।