डिजिटल रूपान्तरणको गति बढाउनको लागि ह्वावेद्वारा एपीएसी APAC टेक इकोसिस्टमको सुधार

शेयर गर्नुहोस

ह्वावेले HMS इकोसिस्टमको लागि विकासकर्ता र साझेदारहरुलाई सशक्त बनाउन सिंगापुरको एशिया प्यासिफिकमा आफ्नो पहिलो डिजिक्स (Digix) ल्याब खोलेको छ ।

यो एक त्यस्तो कार्यक्रम हो जुन अग्रज ग्लोबल टेक कम्पनीले विविध टेक इकोसिस्टमको विकास गर्न र यस क्षेत्रमा डिजिटल रूपान्तरणको गति बढाउनको लागि शुरु गरेको हो, ह्वावे एशिया प्यासिफिकका प्रवक्ताले बिहीबार एमडब्ल्यूसी (MWC) शंघाई २०२१ को अवसरमा सञ्चार माध्यमलाई भन्नुभयो ।

चांगी बिजनेस पार्कमा अवस्थित ह्वावेले यस क्षेत्रभरि मोबाइल इकोसिस्टमलाई बढावा दिँदै, एशिया प्यासिफिकमा बढ्दो प्रविधिकहबको रूपमा सिंगापुरको महत्वलाइ प्रयोग गरेको छ । AR, VR, HMS कोर किट्स र अन्य खुला प्राविधिक क्षमताहरूको साथ सुसज्जित प्रयोगशाला सबै स्तरका विकासकर्ताहरूलाई उनिहरुको मोबाइल एप विकास यात्रा दौरान सहयोग पुर्याउन डिजाइन गरिएको हो ।

“नयाँ इन्टेलिजेन्ट युगमा ह्वावेको लक्ष्य HMS को साथ एक ‘1+8+N’ अल–सिनारीयो मोबाइल इकोसिस्टम बनाउनु हो जसले विकासकर्ताहरूलाई उनीहरूको व्यवसाय निर्माणको लागि आविष्कार गर्न सक्षम पार्दछ । डिजिक्स ल्याबले आवश्यक अनुप्रयोग विकास टुलहरु बाट विकासकर्तालाई सुसज्जित गरी उनिहरुलाई निखार्न एक प्लेटफर्म प्रदान गर्दछ, जसले डिजिटल स्पेस को भविष्यलाई नबिन र उन्नत बनाउदछ ।,” जे चेन, ह्वावे एसिया प्यासिफिकका उपाध्यक्षले शंघाईमा फेब्रुअरी २३ देखि फेब्रुअरी २५ सम्म चलिरहेको मोबाइल वर्ल्ड कांग्रेस (MWC) को दौरान एक इन्टरभ्यूमा भन्नुभयो ।

Image

“कनेक्टेड इम्प्याक्ट” हेडलाइन राखिएको MWC शंघाई २०२१ ले सम्पूर्ण डिजिटल इकोसिस्टमले कसरी हाम्रो जीवनलाई सुरक्षित र अझ राम्रो संसारमा रूपान्तरण गरिरहेको छ भनेर प्रदर्शन गरेको छ ।

जेका अनुसार ह्वावेले एशिया प्यासिफिक क्षेत्रमा डिजिटल रूपान्तरणको गति बढाउन टेक्नोलोजी इकोसिस्टम विकास गर्न धेरै कार्यक्रममा आफ्ना साझेदारहरूसँग मिलेर काम गर्ने छ ।

डिजीक्स (Digix) ल्याब संगसंगै ह्वावेले यस क्षेत्रमा आफ्नो मोबाइल इकोसिस्टम उन्नत बनाउनका लागि ह्वावे एप ग्यालेरीमा अधिक स्थानीय इन–डिमाण्ड एपहरू ल्याउने घोषणा पनि गरेको छ ।

ग्लोबलडाटाको पछिल्लो तथ्यांक अनुसार २०२४ सम्ममा एसिया प्यासिफिक १.१४ अरब ग्राहकहरूको साथ छन् टेक्नोलोजी अपनाउने सन्दर्भमा अग्रणी क्षेत्र हुने छ, जुन ग्लोबल 5G ग्राहक को ६५% हुनेछ ।

आफ्नो ग्राहकहरुसँगको संयुक्त इनोभेसन र रणनीतिक साझेदारीको माध्यमबाट ह्वावेले 5GtoB एप्लिकेसनहरू स्केल गर्न छन् संचार र उद्योग मापदण्डको समन्वय गरिरहेको छ ।

5G इकोसिस्टम विकास गर्न ह्वावेले बैंककमा छन् इकोसिस्टम इनोभेसन सेन्टर (EIC) लाई सहयोग पु¥याउन ४७५ करोड थाई भाट (करीब १.५ लाख अमेरिकी डलर) लगानी गर्ने योजना बनाएको छ ।

टेक कम्पनीले एसिया प्यासिफिक देशहरूमा तीन बर्ष भित्र विभिन्न भर्टिकल उद्योगहरूको लागि हरेक बर्ष 5G सोलुसन अपनाउन १०० भन्दा बढी स्थानीय एसएमई र स्टार्टअपहरू विकास गर्न प्रतिबद्ध छ ।

“यो 5G ईआईसी विभिन्न उद्योगहरूमा छन् एप्लिकेसन र सेवाहरूको डिजिटल इनोभेसनको लागि स्यान्डबक्सको रूपमा रहेको छ । यी इनोभेसनहरुले एसएमई, स्टार्टअप र शैक्षिक संस्थाको लागि थाइल्याण्ड ४.० हासिल गर्ने र आसियान क्षेत्रमा डिजिटल हब निर्माण गर्ने मार्ग बनाउने छ र नयाँ व्यवसायको अवसर सिर्जना गर्नेछ” नेसनल डिजिटल इकोनोमी एण्ड सोसाइटी कमिसन थाइल्याण्डका महासचिव भन्नापर्न देहस्टिनले भन्नुभयो ।

“यो लक्ष्य सार्वजनिक र निजी क्षेत्रहरू दुबै आन्तरिक र अन्तर्राष्ट्रिय स्तरको सहकार्यबाट हासिल गर्नु पर्दछ । सँगै मिलेर हामी चुनौतिहरु पार गर्न र राम्रो भविष्य निर्माण गर्न सक्छौं,” उहाँले भन्नुभयो ।

स्टार्टअप इकोसिस्टमको लागि ह्वावे एशिया प्यासिफिकले २०२० मा सिंगापुरमा स्पार्क कार्यक्रम शुरू गरेको छ जुन 5G, मेशिन लर्निङ & एनालाइटिक्स, IoT, मोबाइल एज कम्प्यूटिङ र मोबाइल ७ सास (SaaS) एप्लिकेसनको प्रयोगबाट डिप टेक स्टार्टअपलाई सहयोग पु¥याउनको लागि रहेको छ । यस कार्यक्रमले ७५ देशहरुबाट ५०० भन्दा बढि स्टार्टअपहरू सम्बद्ध गरेको छ ।

डिजिटल अर्थव्यवस्थाको द्रुत विकासको अर्थ एशिया प्यासिफिक क्षेत्रमा आईसीटी प्रतिभाको सम्भावित अभाव पनि हो । ह्वावे एकेडेमी, आईसीटी सर्टिफिकेसन र सिड फर द फ्युचर जस्ता परियोजनाहरू मार्फत ह्वावेले आगामी पाँच वर्षमा कम्तिमा २,००,००० आईसीटी प्रतिभालाई प्रशिक्षण दिन मद्दत गर्ने छ ।

“इकोसिस्टम सहकार्यको युगमा प्रतिस्पर्धाको प्रबन्ध गर्नु भन्दा सहयोगको प्रबन्ध गर्नु बढी महत्वपूर्ण हुन्छ । यस कुरालाई ध्यानमा राख्दै ह्वावेले पूर्ण रूपमा कनेक्टेड इन्टेलिजेन्ट एशिया प्यासिफिक निर्माणको लागि विविध र समृद्ध इकोसिस्टम बनाउन लगानी बढाउने छ,” जे चेनले भन्नुभयो ।


शेयर गर्नुहोस