ह्वावेद्वारा २०२० को वार्षिक रिपोर्ट सार्वजनिक

शेयर गर्नुहोस

ह्वावेद्वारा कठिनाइको समयमा ग्राहकवर्ग र समाजको लागि अधिक भ्यालु प्रदान गर्नेे प्रतिबद्धताको पुनः पुस्ट्याइ


ह्वावेले आफ्नो २०२० को वार्षिक रिपोर्ट आज सार्वजनिक गरेको छ । विकास सुस्त भएता पनि कम्पनीको व्यवसाय प्रदर्शन धेरै हदसम्म पूर्वानुमान अनुसार भयो । २०२० मा कम्पनीको विश्वव्यापी बिक्री राजस्व CNY ८९१.४ अर्ब बराबरको भएको छ, जुन प्रति वर्ष ३.८ % ले बढेको छ र यसको कुल नाफा CNY ६४.६ अर्बको भएको छ, जुन वार्षिक आधारमा ३. २ % ले बढेको छ ।

२०१९ र २०२० मा अमेरिकी प्रतिबन्धले ल्याएको अपरेसनल कठिनाइहरूको बावजुद, ह्वावेले KPMG लाई स्वतन्त्र र उद्देश्यपूर्ण रूपमा आफ्नो वित्तीय खाताको लेखा परीक्षण गर्न आमन्त्रित गरिरह्यो । KPMG ले बनाएको डकुमेन्ट एक स्ट्यान्डर्ड गैर संशोधित अडिट राय हो । जस्तोसुकै परिस्थिति भए पनि हामी सरकार, ग्राहक, आपूर्तिकता, कर्मचारी, र साझेदारहरूलाई अपरेसनल डाटा खुलाएर पारदर्शिता जारी राख्नेछौं ।

२०२० मा ह्वावेको क्यारियर व्यवसायले १७० भन्दा बढी देश र क्षेत्रहरूमा १,५०० भन्दा बढी नेटवर्कहरूको स्थिर अपरेसनहरू सुनिश्चित गर्न जारी राख्यो, जसले कोभिड–१९ लकडाउनमा टेलिवर्क, अनलाइन शिक्षा, र अनलाइन शपिंग लाई साथ दियो । ह्वावे नेपाल पनि कोभिड-१९ महामारीको बेला नेटवर्क कायम गर्न सरकार र दूरसंचार अपरेटरहरु संग रह्यो । विश्वभरका क्यारियरहरूसँग मिलेर काम गरी कम्पनीले राम्रो कनेक्टेड अनुभव प्रदान गर्न मद्दत ग¥यो र २,००० भन्दा बढी उद्योगहरूमा कोइला खानी, स्टिल उत्पादन, बन्दरगाह, र निर्माण जस्ता ३,००० भन्दा बढी 5G इनोभेसन प्रोजेक्टहरूको साथ अगाडि बढेको छ ।

बितेको बर्षमा ह्वावेको उद्यम व्यवसायले विभिन्न उद्योगहरुका लागि इनोभेटिभ सिनारियो आधारित समाधानहरू विकास गर्न र संयुक्त निर्माण तथा साझा सफलता ल्याउने डिजिटल ईकोसिस्टम निर्माण गर्ने प्रयासलाई बढावा दिएको छ । महामारीको समयमा ह्वावेले प्राविधिक विशेषज्ञता र समाधानहरू प्रदान गरेको थियो जुन भाइरस विरुद्धको लडाईमा महत्वपूर्ण साबित भयो । एउटा उदाहरण ह्वावे क्लाउडमा आधारित AI-असिस्टेड डाएगोनोस्टिक सोलुसन हो जसले अस्पतालहरूलाई उनीहरूको मेडिकल पूर्वाधारमा पर्ने भार कम गर्न मद्दत गरेको छ । ह्वावेले ५ करोड भन्दा बढी प्राथमिक र माध्यमिक स्कूलका विद्यार्थीहरूको लागि क्लाउडमा आधारित अनलाइन शिक्षा प्लेटफर्महरू सुरू गर्न साझेदारहरूसँग पनि काम गरको छ । नेपालमा, ह्वावेले बैंकिंग उद्योग, एयरलाइन्स, मिडिया र अन्य बिभिन्न डोमेनहरूको संगठनको लागि डिजिटल रूपान्तरण सुरू गर्न सहयोग पु¥यायो ।

Harmony OS र ह्वावे मोबाइल सर्विसेज (HMS) इकोसिस्टमको रोल आउटसंगै, ह्वावेको उपभोक्ता व्यवसायले उपभोक्ताहरूलाई स्मार्ट अफिस, फिटनेस र हेल्थ, स्मार्ट होम, इजि ट्राभल र इन्टरटेन्मेन्टलाई ध्यानमा राखेर सबै उपकरण र परिदृश्यहरूमा इन्टेलिजेन्ट अनुभव प्रदान गर्न यसको सिमलेस AI लाईफ स्ट्राटिजी (“1 + 8 + N”) अगाडि बढाएको छ ।

“बितेको वर्षमा हामीले कठिनाइको समयलाई कडा रुपमा सामना गरिरहेका छौं”, ह्वावेका रोटेटिंग अध्यक्ष केन हूले भन्नुभयो । ूहामीले हाम्रा ग्राहकहरूको लागि भ्यालु सिर्जना गर्न, महामारीको बिरूद्ध लड्न र दुबै आर्थिक सुधार र विश्वव्यापी सामाजिक प्रगति गर्न सहयोग पु¥याइरहेका छौं । हामीले यस अवसरलाई हाम्रोे कार्यहरु सुधार गर्न प्रयोग ग¥यौं जसले परफर्मान्समा सुधार ल्यायो जुन मुख्य रूपमा पूर्वानुमानसँग मिल्दोजुल्दो छ । ”

ह्वावेले समग्रमा समाजको लागि साझा भ्यालु सिर्जना गर्नुको महत्व बुझेको छ र साझा प्रगति र समृद्धिको लागि बृहत्तर आर्थिक, सामाजिक र वातावरणीय लक्ष्यहरूको साथ दिन साझेदारहरूसँग मिलेर काम गरिरहेको छ ।

आर्थिक सुधारलाई बढावा दिन र डिजिटल इकोसिस्टमलाई प्रोत्साहन गर्न ह्वावेले २०२० मा सिंगापुरमा प्राविधिक सहयोग, कोष, परामर्श र प्राविधिक स्टार्टअपहरूको लागि प्रशिक्षण प्रदान गर्न स्पार्क कार्यक्रम शुरू गरेको थियो । ह्वावेद्वारा समर्थित थाईल्याण्डमा 5G इकोसिस्टम इनोभेसन सेन्टरले आशियान क्षेत्रमा 5G इनोभेसनका लागि स्यान्डबक्सको रूपमा सेवा प्रदान गर्दछ । ह्वावे नेपालले आईसीटी अवार्ड टोलीसँग नेपालमा प्राबिधिक विज्ञहरूको सूची तयार गरी टेक्नोलोजी विस्तार गर्न र डिजिटल नेपाल अभियानलाई सफल बनाउन सहयोग पु¥यायो । ह्वावे आईसीटी अवार्ड २०२० ले यस बर्ष ३५० भन्दा बढी अनलाइन नामांकन प्राप्त गरेको थियो, र १२ विभिन्न बिधाहरूमा अवार्ड प्रस्तुत गरिएको थियो । नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पनि उक्त कार्यक्रमलाई समर्थन गरेको छ र नेपालमा आईसीटी क्षेत्रमा योगदान पु¥याएको प्रयासको सराहना गर्दछ ।

वर्कफोर्सका चुनौतिहरूको सामना गर्न ह्वावेले APAC मा धेरै पहल गरेको छ जसमा ह्वावे आशियान एकेडेमी, डिजिटल ट्रेनिंग बस र सीड्स फर द फ्यूचर प्रोग्राम उपलब्ध गराउन शिक्षण संसाधनहरू प्रदान गर्ने र डिजिटल प्रतिभाहरूलाई प्रशिक्षण दिएको छ । टेक कम्पनीको लक्ष्य आगामी पाँच बर्षमा APAC मा कम्तिमा ३००,००० आईसीटी प्रतिभा विकास गर्नेे रहेको छ ।

“हामी हाम्रा ग्राहक र साझेदारहरूसँग सामाजिक प्रगति, आर्थिक बृद्धि र दिगो विकासलाई साथ दिन को लागि नजिकबाट मिलेर कार्यहरू जारी राख्नेछौं,” केन हूले भन्नुभयो ।

२०२० को वार्षिक रिपोर्टमा रहेको सबै वित्तीय स्टेट्मेन्टहरू KPMG, एक अन्तर्राष्ट्रिय बिग फोर लेखा फर्म, द्वारा स्वतन्त्र रूपमा अडिट गरिएको हो । २०२० को वार्षिक रिपोर्ट डाउनलोड गर्न, यहाँ हेर्नुु होस् |


शेयर गर्नुहोस