5G को लागि 6 GHZ को लाइसेन्स दिन GSMA व्दारा सरकारहरु लाई आग्रह

शेयर गर्नुहोस

देशहरू 6 GHz स्पेक्ट्रममा विचलित हुँदा 5G को आर्थिक सम्भाव्य जोखिममा

सरकारले 6 GHz स्पेक्ट्रमको लाइसेन्स दिन नसकेमा 5G को ग्लोबल भविष्य जोखिममा हुने GSMA ले बताएको छ ।

5G को पूर्ण गति र क्षमता, 6Ghz मिड–ब्यान्ड स्पेक्ट्रममा निर्भर गर्दछ । अझै सरकारहरू विचलित भइरहेका छन्: चीनले 5G को लागि 6 GHz ब्यान्डमा सम्पूर्ण 1200MHz को प्रयोग गर्नेछ । युरोपले ब्यान्डलाई विभाजित गरेको छ, माथिल्लो भाग छन् को लागि राखियो तर नयाँ 500 Mhz ट्रान्च वाइफाइको लागि उपलब्ध छ । अफ्रिका र मध्य पूर्वका केहि देश हरुले पनि यस्तै दृष्टिकोण अपनाइरहेका छन् ।

अर्को चरममा, अमेरिका र धेरै लाटिन अमेरिकाले घोषणा गरेको छ कि यो बहुमूल्य रिसोर्सहरु मध्ये कुनै पनि 5G को लागि उपलब्ध हुने छैन, बरु वाइफाइ र अन्य लाइसेन्सविहीन टेक्नोलोजीहरुलाई प्रदान गरिने छ ।

6 Ghz ब्यान्ड सामाजिक समावेशीकरणका लागि कनेक्टिभिटी प्रदान गर्ने मोबाइल नेटवर्क अपरेटरहरूको लागि मात्र नभई स्मार्ट शहर, यातायात र कारखानाहरूको लागि डाटा गति र क्षमता पु¥याउन पनि आवश्यक छ । 5G नेटवर्कलाई यसको पूर्ण क्षमता पुग्न मिड–ब्यान्ड स्पेक्ट्रमको 2 GHz आवाश्यक पर्ने अनुमान गरिएको छ ।

“5G सँग विश्वको GDP २.२ ट्रिलियन डलरले बढाउन सक्ने ताकत छ,” GSMA का मुख्य नियामक अधिकारी जोन गियोस्टीले भन्नुभयो । “तर यदि पर्याप्त 6 Ghz स्पेक्ट्रम 5G को लागि उपलब्ध छैन भने यस बृद्धिलाई जोखिम छ । यस महत्वपूर्ण पूर्वाधारमा व्यापक र दीर्घकालीन लगानीलाई प्रोत्साहित गर्न स्पष्टता र निश्चितता आवश्यक छ । ”

२०२३ मा भएको विश्व रेडियो संचार सम्मेलनले विश्वकै ठूलो भागमा 6 GHz ब्यान्ड हार्मोनाइज गर्ने अवसर प्रदान गरी इकोसिस्टमको विकासमा सहयोग पु¥याउने छ ।

5G ले सबै उद्योग र क्षेत्रहरूको डिजिटल रूपान्तरणको गति बढाइरहेको छ जसले नयाँ इनोभेसनको बहावलाई पैदा गरी अरबौंलाई फाइदा पु¥याउँछ । यो प्रविधि वातावरण र जलवायुका लक्ष्यहरूको लागि महत्वपूर्ण छ किनकि कनेक्टिभिटिले कार्बनलाई प्रतिस्थापन गर्दछ । सबै प्रयोगकर्ताहरूसम्म पुग्नको लागि, उद्योगहरूलाई 6 GHz ब्यान्डले दिने अतिरिक्त क्षमताको आवश्यक पर्दछ ।

त्यसैले, GSMA ले यी कारणले सरकारहरूलाई आह्वान गर्दछः

  • कम्तिमा ६४२५–७१२५ Mhz 5G लाईसेन्सको लागि उपलब्ध हुनपर्छ;
  • ब्याकहल सेवाहरू सुनिश्चित गर्नु पर्छ; र
  • देशहरूको आवश्यकता, निर्बाध प्रयोग र फाइबर फुटप्रिन्टमा निर्भर रहँदै, 6 Ghz रेन्जको तल्लो आधा भागको ५९२५–६४२५ MHz लाइसेन्स–छुट आधारमा टेक्नोलोजी तटस्थ नियमहरूको साथ खोल्न सकिन्छ ।

आज, GSMA ले एरिक्सन, ह्वावे, नोकिया र ZTE को साथ एक भनाइ सार्बजनिक गरेको छ जुन 5G को भविष्यको लागि 6 GHz ब्यान्डको महत्व बारे थप विवरण प्रदान गर्दछ ।


शेयर गर्नुहोस