ह्वावेले महामारीको समयमा बंगलादेश र नेपाल सहित बिभिन्न देशका ग्राहकहरुसंग निकटमा रही काम गर्दै

अग्रणी सूचना तथा सञ्चार प्रविधि सोलुसन र सेवा प्रदायक ह्वावेले आज डार्विन हलको एक भर्चुअल भ्रमण आयोजना गरेको थिया जहाँ उक्त संस्थाले ग्लोबल ICT क्षेत्रमा हालसालै भएको विकास र यसमा ह्वावेको योगदानलाई प्रदर्शन गरेको थियो ।

यस भ्रमणमा बंगलादेश र नेपालका पत्रकारहरू साथसाथै ह्वावेका उच्च अधिकारीहरूले पनि भाग लिएका थिए । ह्वावे एशिया प्रशान्तका उपाध्यक्ष जे चेनले अतिथिहरुलाई स्वागत गर्नु भयो र उहाँहरुलाई भ्रमणमा भर्चुअल साथ दिनु भयो ।

भ्रमणको दौरान उपस्थित अतिथिहरूले डिजिटाइजेसनको जबरदस्त सम्भावनाको झलक पाए । डिजिटाइजेसन बाट सिर्जित प्राविधिक प्रगतिहरू जस्तै 5G ToB, स्मार्ट म्यानुफ्याक्चरिंग, स्मार्ट पुलिस, स्मार्ट पोर्ट, स्मार्ट सिटी र OTN अल्ट्रा–फास्ट फाइनन्सियल प्राईभेट लेन टुरको बखत प्रदर्शन गरिएको थियो ।

Image

त्यस सत्रमा, VP ले भन्नुभयो , “२०२० को वर्ष सबैको लागि गाह्रो थियो । तर प्रविधिले महामारीको बिरूद्ध लड्न र आर्थिक रिकभरीलाई तीव्र पार्न गम्भिर भूमिका खेलेको छ । यी चुनौतीहरूको सामना गर्दै ह्वावेले पहिले भन्दा अधिक नजिकबाट हाम्रो ग्राहक र साझेदारहरुसंग काम गरीरहेको छ । बंगलादेश र नेपाल जस्ता राष्ट्रहरूले यो गतिलाई निरन्तरता दिन उल्लेखनीय प्रगति देखाउँदै छन् । ”

तीव्र डिजिटल रूपान्तरणबाट गुज्रिरहेको देश नेपाल दक्षिण एसियाली क्षेत्रमा 3G युगमा टेलिकम क्षेत्रका लागि अग्रणी स्थानमा रहेको थियो । त्यसैले, एक पटक नेपालले 5G क्लब प्रवेश गर्न सुरु गरिसकेपछि यसले नेपालको सम्पूर्ण टेलिकम उद्योगलाई बढी विश्वास दिनेछ । यद्यपि नेपाल सरकारव्दारा 5G नेटवर्कको कमर्सियल शुरुवात गर्नका लागि स्टान्र्डड रेगुलेसन, फ्रिक्वेन्सी आईडेन्टिफिकेसन, रोल आउट प्लान इत्यादि सम्बन्धी अनुसन्धान, अध्ययन र तयारीको आवश्यकता बढी हुनेछ ।

हामी विश्वास गर्दछौं कि 5G को अध्ययन र परीक्षण तयारीको क्रममा नेपाल अझै पनि 4G नेटवर्कको देशव्यापी रूपमा रोल आउट जारी राख्न सक्दछ । ग्रामीण क्षेत्रमा अझै पनि धेरै मानिसहरू छन् जसले 4G बाट फाइदा पाएका छैनन् । त्यसैले, शुरुमा रोल आउट गर्न ग्रामीण क्षेत्रको लागी 4G मा ध्यान दिनुपर्छ र अधिक मानिसहरूलाई डिजिटल सेवाबाट लाभान्वित हुन दिनुपर्छ ।

जे चेनले यो पनि भन्नुभयो कि, “ह्वावेले यो वास्तविक जिम्मेवारी लिन र देशहरुलाई स्टेट–अफ–दि–आर्ट प्राविधिक सहयोगको लागि, निरन्तर र निर्बाध रूपान्तरणको लागि, एक देखि अर्को स्तरको प्रविधिद्वारा संचालित विकासको लागि आफ्नो सिमा भन्दा नाघेर गएको छ । ”

चार्ल्स डार्विनले १८३१ मा संसारभरको जंगलमा जैबिक विविधता अवलोकन गर्दै सर्वेक्षण गरेका थिए । उहाँको युगान्तकारी खोजले प्राकृतिक विज्ञानमा नयाँ युगको शुरुआत गरेको छ । डार्विनलाई सम्झिदै ह्वावेले ICT ईन्डस्ट्रीको पछिल्लो विकासहरूको अन्वेषण गर्दछ । DigiTelligent जंगलमा ICT उद्योगको समृद्धिको रहस्यहरु उजागर गरौं ।