ह्वावले सार्बजनिक गर्‍यो HarmonyOS 2 द्वारा संचालित नयाँ उत्पादनहरू


करीव १०० उपकरणहरूले Harmony OS 2 को समर्थन गर्ने

ह्वावेले आज नयाँ HarmonyOS 2 अपरेटिंग सिस्टमद्वारा संचालित स्मार्टफोन, स्मार्ट वाच र ट्याब्लेटहरूको उद्घाटन गरेको छ जसमा Huawei Mate 40 series र Huawei Mate X2, Huawei Watch 3 series र Huawei Matepad Pro को नयाँ संस्करण समावेश छ ।

आजको कार्यक्रममा ह्वावेले Huawei Freebuds 4, यसको नेक्स्ट–जेनेरेसन ओपन–फिट आक्टिभ नोइज क्यान्सिलेसन (ANC) वायरलेस ब्लुटुथ इयरबड र दुई हाई–एन्ड मोनिटर, Huawei Mateview र Huawei Mateview GT पनि जारी गरेको छ । कम्पनीले सो अवसरमा करीव १०० अन्य ह्वावे उपकरणहरूको घोषणा गरेको थियो – दुबै स्मार्टफोन र ट्याब्लेटहरू – Harmony OS 2 मा चलाउन अपग्रेड गरिनेछ, उपभोक्ताहरूलाई सबै प्रकारका परिदृश्यहरूमा सिमलेस इन्टेलिजेन्ट अनुभवको पहुँच विभिन्न उपकरणहरूमा हुनेछ ।

हाम्रो जीवनमा पहिले भन्दा बढि स्मार्ट उपकरणहरू छन् तर उनीहरूले प्रदान गर्ने अनुभव प्रायः त्यति स्मार्ट हुँदैन । पृथक प्रणालीहरूले इन्टरकनेक्टिभिटि र कार्यहरू जटिल बनाउँछन् जसले अन्ततः एक खंडित प्रयोगकर्ता अनुभव तिर लैजान्छ ।

यो समस्या समाधान गर्न HarmonyOS डिजाइन गरिएको हो । स्मार्ट उपकरणहरूको लागि नेक्स्ट–जेनेरेसन अपरेटिंग सिस्टमको रूपमा HarmonyOS ले विभिन्न प्रकारका उपकरणहरूको लागि जडान र सहकार्यको लागि साझा भाषा प्रदान गर्दछ, प्रयोगकर्ताहरूलाई थप सुविधाजनक, सहज र सुरक्षित अनुभव प्रदान गर्दछ । यसले एकल प्रणालीको साथ सबै प्रकारका बिभिन्न उपकरणहरूको विविध आवश्यकताहरू पूरा गन आवश्यकता अनुसार फ्लेक्जिबल डिप्लोयमेन्ट सक्षम बनाएर वितरित प्रविधि प्रयोग गर्दछ ।

HarmonyOS ले पहिले स्वतन्त्र रहेका उपकरणहरूलाई संयोजन र समग्र सुपर डिभाइसमा जोड्छ जसले सबै हार्डवेयर र श्रोतहरूलाई स्वतन्त्र रूपमा प्रयोगकर्ताको रियल–टाईम आवश्यकताको आधारमा यसको कम्पोनेन्ट उपकरणको क्षमताको लाभ उठाउन एकीकृत गर्दछ । डेभ्लपरहरूको लागि HarmonyOS ले क्रस–प्लेटफर्म विकास र एप्सको क्रस–उपकरण तैनातीलाई अनुमति दिन्छ, उपकरणहरूको बीच अनुप्रयोगहरूको विकास पहिले भन्दा सजिलो बनाउँदछ ।

Huawei Watch 3 सिरिजः तपाईंको स्मार्टफोन जत्तिकै शक्तिशाली एक स्वतन्त्र स्मार्ट सहायक

ह्वावेको ब्रान्ड–न्यू फ्लागसिप स्मार्ट वाच, Huawei Watch 3 सिरिजले तपाईको हातको फेशनलाई पुनः परिभाषित गर्दछ । कर्भ गिलास स्क्रिन र ३१६L स्टेनलेस स्टील केस भएको यो स्टाइलिश वाचमा ब्राण्ड–न्यू 3D रोटेटिंग क्राउन आउँदछ जसले विभिन्न स्तरको प्रेसर महसुस गर्न सक्दछ र प्रयोगकर्ताको इनपुटमा हप्टिक प्रतिक्रिया प्रदान गर्दछ जसले वाचलाई लगाउन र सञ्चालन गर्न सहज बनाउँदछ ।

Huawei Watch 3 सिरिजले तपाईले फोन कल गर्न र प्राप्त गर्न सक्नु हुन्छ र तपाईंको त्यही फोन नम्बरको डाटा प्लानको प्रयोगले संगीत सुन्न सक्नु हुन्छ ।

Image

Huawei Watch 3 सिरिज HarmonyOS 2 मा चल्दछ जसले यससंग एकीकृत रुपमा ह्वावे स्मार्टफोनको साथ धेरै फङ्गशन भएको ट्राभल सहायक जसरी सेवा गर्न सशक्त बनाउँदछ । कार्यक्षमता तपाईंको स्मार्टफोनबाट सीधा तपाईंको हातमा बग्दछ, सबै राईड–हेलिंग र फ्लाईट जानकारी एक चोटी मै उपलब्ध बनाउँदछ । एयरपोर्टबाट घरतर्फ लाग्दा यदि तपाईं सार्वजनिक ट्रान्जिट लिदै हुनुहुन्छ भने तपाईंको वाच र तपाईंको फोन दुबैले तपाईंलाई तपाईको गन्तव्य नजिकिँदै गरेको सम्झाउने छ । तपाईले फेरि कहिले पनि आफ्नो स्टप छुट्ला भनेर चिन्ता लिनु पर्दैन ।

Huawei Watch 3 सिरिज पनि एक प्रोफेशनल फिटनेस र स्वास्थ्य प्रबन्धकको रूपमा सेवा प्रदान गर्दछ जसले १०० भन्दा बढी कसरत मोड समर्थन गर्दछ । एक विस्तृत श्रृंखलाको स्वास्थ्य सेवा समर्थन विकल्पहरू बाहेक वाचले नयाँ हाई–प्रिसिजन तापमान सेन्सरको साथ छालाको तापक्रमको पनि निगरानी गर्न सक्दछ । यसले गिरावट पत्ता लगाउने र SOS फङ्गशनहरू पनि समर्थन गर्दछ त्यसैले प्रयोगकर्ताहरूले वास्तविक समयमा उनीहरूको स्वास्थ्यको निरीक्षण गर्न र व्यवस्थापन गर्न सक्दछ ।

HUAWEI WATCH 3 Pro ले अल्ट्रा–लंग ब्याट्री लाइफ सुविधा प्रदान गर्दछ जुन स्मार्ट मोडमा पाँच दिनसम्म र २१ दिनसम्म अल्ट्रा–लंग ब्याट्री लाइफ मोडमा रहन्छ । HUAWEI WATCH 3, यसको बदलामा, स्मार्ट मोडमा तीन दिन र अल्ट्रा–लंग ब्याट्री लाइफ मोडमा १४ दिन हुन्छ ।

Huawei Matepad Pro: उत्पादनको एक नयाँ हब जसले अधिक रचनाको लागि सीमालाई तोड्दछ

नयाँ Huawei Matepad Pro मा ९०% स्क्रीन–टु–बडी रेस्यु भएको एक सुन्दर १२.६–इन्च OLED Fullview डिस्प्ले छ जुन अहिले बजारमा उपलब्ध सबै ट्याब्लेटहरु मध्ये उच्च हो । प्रत्येक डिस्प्ले ०.५ भन्दा कमको ΔE कलर डिफरेन्सका साथ आउँछ जसले प्रोफेशनल मोनिटर जतिको अत्यन्तै हाई कलर एक्युरेसी, क्रिस्प, कलर–एक्युरेट पिक्चर प्रस्तुत गर्दछ । Huawei Matepad प्रो मा १,०००,०००ः१ को अल्ट्रा–हाई कन्ट्रास्ट रेशियो पनि छ र यसले DCI-P3 कलर गमूटलाई समर्थन गर्दछ ।

किरीन ९००० सिरिज चिपसेटले सुसज्जित Huawei Matepad Pro ले अविश्वसनीय स्तरको कार्य प्रर्दशन गर्दछ । ज्बचmयलथइक् को वितरित डाटा व्यवस्थापन र कार्य अनुसूची क्षमताहरूद्वारा समर्थन प्राप्त ट्याब्लेटले तपाईंको उत्पादन र सिर्जनात्मक परिदृश्यहरूलाई डबल गर्न स्मार्टफोन र PCs संग मिलेर काम गर्न सक्दछ, तपाईं अफिसमा होस् वा ड्रइंग बोर्डमा ।

Huawei Matepad Pro ले PCs को बहु–स्क्रीन कोलाबोरेसनलाई समर्थन गर्दछ । ट्याब्लेट मिरर मोडमा ड्रइंग बोर्ड र एक्सटेन्ड मोडमा मोनिटर बन्न सक्दछ । यसले अधिक कुशल र मद्दत मिल्ने बहु–उपकरण अनुभव प्रदान गर्दै क्रस–डिभाईस फाईल ड्र्याग र ड्रपलाई समर्थन गर्दछ ।

सेकेन्ड–जेनेरेसन Huawei M-Pencil संगै Huawei Matepad Pro अनावरण गरिएको थियो । नयाँ स्मार्ट कलममा हाई–प्रीसिजन हस्तलेखन र अल्ट्रा–लो लाटेन्सीका लागि नयाँ प्लैटिनम–कोटेड निबको सुविधा छ, ४,०९६ फोर्सको सहि प्रकारले भिन्न गर्दछ । Huawei M-Pencil ले Freescript समर्थन गर्दछ जसले कुनै पनि इनपुट बक्समा हस्तलेखनलाई रीयल टाईममा डिजिटल टेक्स्टमा रूपान्तरण गर्दछ । थप रूपमा, इन्टेलिजेन्ट अन्तरक्रियाहरू जस्तै स्विच गर्न डबल–ट्याप, तत्काल आकार र तत्काल तालिका हस्तलेखन इनपुटलाई अधिक निर्बाध र प्राकृतिक बनाउँदछ ।

पूर्ण रूपमा नयाँ अन्तरक्रियात्मक अनुभवः प्रयोग गर्न सजिलो र पहिलेभन्दा स्मार्ट

HarmonyOS सँग बहु–उपकरण अन्तरक्रियाले धेरै उपकरणहरूसंगको कार्यलाई सरल तरिकाले नियन्त्रण गर्दछ । नयाँ कन्ट्रोल प्यानलले ड्र्याग–एन्ड–इन्टिग्रेट विषेशताको माध्यमबाट सरल र सहज कनेक्शनहरू समर्थन गर्दछ जसले प्रयोगकर्ताहरूलाई विशेष परिदृश्यहरूमा आधारित उपकरणहरू स्वतन्त्र रूपमा कनेक्ट गर्न दिन्छ ।

उदाहरणको लागि, यदि तपाईं राती अबेर घरमा चलचित्र हेर्न चाहनु हुन्छ भने तपाईंले गर्नुपर्ने भनेको कन्ट्रोल प्यानल खोल्नु पर्छ र स्मार्ट स्क्रिन आइकनलाई तपाईंको फोन आइकनमा तान्नु पर्छ र फिल्म तपाईंको फोनबाट सीधै टिभिमा आउँछ । यदि Huawei Freebuds 4 लगाई रहनु भएको छ भने तपाईं फोन आइकनमा इयरफोन आईकन तान्न सक्नु हुनेछ, तपाईंको Freebuds मार्फत आवाज आउँदै गर्दा फिल्म चल्ने छ । यो सुपर उपकरण अनुभवको एक उदाहरण हो ।

Image

HarmonyOS 2 को नयाँ टास्क सेन्टरले इच्छा अनुसार फरक फरक उपकरणहरू बीच जान अनुमति दिन्छ, ताकि सबै कार्य र सेवाहरू जहिले र जहाँ उपलब्ध हुनेछ । सुपर उपकरण प्रणालीको हिस्सा रहेको कुनै पनि उपकरणमा तपाईं अन्य उपकरणहरूमा काम भइरहेको देख्न सक्नु हुनेछ । यदि तपाईं मोबाइल गेमिंगको लागि ठूलो डिस्प्ले चाहानु हुन्छ भने तपाईं केवल स्वाइप गर्न सक्नु हुन्छ र ओभरभ्यू स्क्रिन ल्याउन होभर गर्न सक्नु हुन्छ र Huawei Matepad Pro मा गेम सारेर रमाइलो गर्न सक्नु हुन्छ ।

नयाँ HarmonyOS होम स्क्रीन पहिलेभन्दा धेरै सुव्यवस्थित र संगठित छ । तपाइले सेवा विजेट सिर्जना गर्न एपमा स्वाइप गर्न सक्नु हुन्छ जसले कीना एप खोली रीयल–टाईम, ईजी–टु–एक्सेस जानकारी वा सेवाहरू प्रदर्शन गर्न सक्दछ । तपाईंले सेवा विजेटको आकार मिलाउन सक्नु हुन्छ, ट्याप र स्वाइप अप गरी विडजेट डिस्प्ले गर्न सक्नु हुन्छ र होम स्क्रिनमा कुनै खाली ठाँउमा ट्याप गरी तिनीहरु हाईड पनि गर्न सक्नु हुन्छ ।

सेवा विजेटहरू अटोमिक सेवाहरू प्रयोग गर्न पनि प्रयोगमा ल्याउन सकिन्छ जुन सजिलै सेवा केन्द्रमा कल र सेर गर्न सकिन्छ बिना डाउनलोड वा इन्स्टल गरी, जस कारण समाचार एकत्रीकरण जस्ता कार्यहरू गर्न सजिलो र अधिक सुविधाजनक बन्दछ ।

लुक–एन्ड–फिल को मामलामा, इनोभेटिभ अन्तरक्रियाको सुन्दरता सौंदर्य विवरणमा निहित छः विशेष गरी डिजाइन ज्बचmयलथइक् सान्स फन्ट र प्राकृतिक गुरुत्वाकर्षण एनिमेसन सबै HarmonyOS उपकरणहरुमा एकै खाले उपयोगकर्ता अनुभव प्रदान गर्दछ ।

Non-Huawei उपकरणहरु धेरै भन्दा धेरै सुसज्जित गर्न Huawei HiLink लार्ई HarmonyOS Connect मा अपग्रेड गरिएको हो । स्मार्ट होम उपकरणहरू एकल ट्यापको साथ तपाईको मोबाईल फोनमा कनेक्ट गर्न सकिन्छःः HarmonyOS Connect लाई समर्थन गर्ने Midea Oven मा आफ्नो फोन ट्याप गरी रेसिपि छनौट गर्नुस् र तुरून्तै खाना तयार बनाउनु होस् ।

हाइर (Haier) रेफ्रिजरेटरमा तपाई बचेकुचेको खाना लामो समयसम्म सुरक्षित राख्न सक्नु हुन्छ किनकि यसले खाद्यानको प्रकारको आधारमा तापक्रम समायोजित गर्दछ । र जोयोंग सोयमिल्क मशीनबाट आफ्नो शरीरको लागि सही सोयमिल्क पाउनु होस् जसले तपाइँको स्वास्थ्य एपमा रहेको डाटाको आधारमा तपाईलाई रेसिपि सिफरिस गर्दछ । सँगै काम गर्दा यी कनेक्सनहरूले तपाईंको भान्छालाई व्यक्तिगत स्वास्थ्य कोचमा बदल्न सक्छ ।

अधिक गोपनीयता र सुरक्षाको लागि बृहत प्रदर्शन लाभ

HarmonyOS 2 EMUI को अन्तिम जेनेरेसन भन्दा अधिक सजीलो गरी चल्दछ । HarmonyOS 2 फोनले ३६ महिनाको प्रयोग पछि पनि उपकरणमा थोरै स्टोरेज भए पनि नयाँ फोनको जस्तै पढ्ने/लेख्ने गति राख्दछ ।

HarmonyOS 2 ले खुला रहेको एपहरु ब्याकग्राउन्डमा चालु राख्दछ ताकि तपाईंको कार्यहरू सँधै जहाँ तपाईंले छोड्नु भएको थियो त्यहीबाट उपलब्ध होस् । दर्जनौं अन्य एप खुला भए पनि तपाईंले अन्तिम चोटी गरेको कार्य वा पृष्ठमा जान सक्नु हुन्छ । उदाहरणको लागि, तपाईं शपिंग एपमा सामान हेर्दै हुनुहुन्छ त्यसपछि तपाईं आफ्नो साथीलाई सन्देश पठाउन अर्को एप खोल्नु भयो र त्यसपछि तपाईं ब्राउजरमा केहि खोज्न थाल्नु भयो भने अब तपाईं फेरी शपिंग एपमा फर्किनु हुँदा त्यही अन्तिम पेजमा फर्किन सक्नुहुन्छ बिना कुनै अवरोध । अझै के छ भने, तपाई HarmonyOS 2 आधारित उपकरणको साथ लामो ब्याट्री लाईफको मजा लिन सक्नु हुन्छ । HarmonyOS 2 मा अपग्रेड भएपछि, Huawei Mate 40 Pro मा आरामले ५.१ घण्टा गेम चलाउन सक्नु हुन्छ ।

Image

ह्वावे प्रयोगकर्ताको गोपनीयता र सुरक्षाको लागि प्रतिबद्ध छ । HarmonyOS मा EMUI मा हुने प्राइभेसी र सुरक्षा प्रविधिहरू पाइने छ । हाम्रो कोर डिजाइन सिद्धान्त भनेको यो सुनिश्चित गर्नु हो कि केवल सही व्यक्तिले सही उपकरणको साथ सही डाटा एक्सेस गर्न सक्दछ, प्रत्येक उपकरणको प्रत्येक एक्सेसको सुरक्षा सुनिश्चित गर्न साथै स्टोरिंग, प्रसारण र सबै सिनारियोमा डाटा प्रयोग गर्ने प्रत्येक कार्यको सुरक्षा सुनिश्चित गर्दछ । जब बहु–उपकरण सहयोगी पहिचान प्रमाणीकरण सक्रिय हुन्छ, प्रयोगकर्ताहरूले फेसियल पहिचान र एक विशेष चेकको सहायताले फोन अनलक गर्न सक्दछन् र विषेश चेकले प्रयोगकर्ताको वाच र फोनको कनेक्सन सुनिश्चित गर्दछ ।

थप रूपमा, HarmonyOS ले श्रेणीको आधारमा प्रयोगकर्ता डाटा प्रबन्ध गर्दछ र सुपर उपकरणहरूको लागि विशिष्ट सुरक्षा थ्रेशोल्डहरू सेट गर्दै स्तरद्वारा यन्त्रहरूको सुरक्षा गर्दछ । केवल सख्त सुरक्षा आवश्यकताहरू पूरा गर्ने उपकरणहरूले मात्र उनीहरूको सुरक्षा स्तर अनुरूप डाटा एक्सेस गर्न सक्दछन्, यो कुरा सुनिश्चित गरेर कि प्रयोगकर्ताहरूले बहु–उपकरण सहयोग सुविधाहरूको प्रयोग मानसिक शान्ति सहित गर्न सक्दछन् । HarmonyOS 2अनुप्रयोगहरू विकास, रिलिज, इन्स्टलेसन र सफा इकोसिस्टममा सुरक्षित अनुभव सुनिश्चित गर्न कडा परीक्षणको माध्यमबाट जान्छन् ।

“आजका दिनहरुमा हामी धेरै भन्दा धेरै स्मार्ट उपकरणहरुले घेरिएका छौं र अहिले संसारमा सबै चीजहरू संग कनेक्टेड छौं,” ह्वावेका उपभोक्ता व्यवसाय समूहका कार्यकारी निर्देशक र सीईओ रिचर्ड यूले भन्नुभयो । “हामी सबै जना र हरेक उपकरण पूर्ण रुपमा कनेक्टेड संसारको एक हिस्सा हो । हामी एउटा बढ्दो HarmonyOS इकोसिस्टम निर्माण गर्नका लागि धेरै साझेदार र विकासकर्ताहरूसँग काम गर्न तर्फ हेर्दछौं र हाम्रा संसारभरका ग्राहकहरूलाई अझ राम्रो अनुभव, उत्पादन र सेवाहरू प्रदान गर्नेछौं । “

अधिक उपभोक्ताहरुलाई सबै परिदृश्यहरुमा सहजता, सिमलेसनेस र HarmonyOS को सुरक्षा अनुभव गर्नको लागि अवसर प्रदान गर्न, करीव १०० ह्वावे उपकरणहरुले चीनमा HarmonyOS 2 अपग्रेड प्राप्त गर्नको लागि सेट गरिएको छ जसमा Huawei Mate 40 सिरिज , Mate 30 सिरिज, P40 सिरिज, Mate X2, Nova 8 सिरिज र Matepad Pro सिरिज रहेको छ । चाँडै नयाँ OS प्रयोग गर्न चाहने प्रयोगकर्ताहरूले ह्वावे क्लब वा माई ह्वावे एपमा आवेदन पेश गर्न सक्नेछन् वा चीनमा ह्वावेको कुनै पनि Huawei’s 66 अफलाइन अनुभव स्टोरहरूमा HarmonyOSअनुभव अफिसर प्रोग्रामको लागि साइन अप गर्न सक्नेछन् ।