निजी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक एनसेलले जाजरकोट केन्द्रबिन्दु बनाई गएको भूकम्प प्रभावित जिल्लाहरुका लागि राहत प्याकेज घोषणा गरेको छ। यसअन्तरगत कम्पनीले कर्णाली प्रदेश सरकारलाई रु ५० लाख तत्काल र प्रयोगकर्तालाई सञ्चार सहजीकरणका निम्ति रु ४० लाख बराबरको कल, डेटा, तथा एसएमएसको सुविधा घोषणा गरेको छ।
एनसेल आजियाटा लिमिटेडले शुक्रबार रातीको विनाशकारी भूकम्पबाट ज्यान गुमाउनेहरु प्रति हामी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै राहत पयाकेज घोषणा गरेक हो। साथै कम्पनीले शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ भने यस दुखद घडीमा एनसेल भूकम्प प्रभावित जिल्लाका जनताहरुसँगै रहेको जानकारी गराएको छ । यो पनि पढ्नुहोस: एनसेलले ल्यायो ‘अलवेज अन डेटा’, सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम पनि
रु ४० लाख बराबरको कल तथा एसएमएस सेवा
एनसेलले भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई रु ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । साथै, ग्राहकहरूलाई आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पुर्व)मा रहेका ग्राहकहरुलाई रु ४० लाख ब्यालेन्स बाराबरको सेवाहरु निःशुल्क उपलब्ध गराइने जानकारी गराउन चाहन्छौं ।
यसरी पाइने सेवाहरुमा देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएस रहेका छन् । समयसीमा १५ दिनको रहने छ । यो पनि नछुटाउनुहोस: नेपाल टेलिकमले भूकम्प-प्रभावित क्षेत्रमा ५ दिनसम्म निशुल्क सेवा दिने
शुक्रबार राति ११:४७ गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म १५७ जनकाओ ज्यान गएको पुष्टि भएको छ भने अन्य सयौं घाइते भएका छन। यसक्रममा उद्धारकार्यमा सहायोग पुग्ने साथै जनतालाई सञ्चारको सुविधा निर्वाध रुपमा प्राप्त गराइराख्नका निम्ति एनसेलले यस प्याकेजको घोषणा गरेको हो।