नेपाल टेलिकमले भूकम्प-प्रभावित क्षेत्रमा ५ दिनसम्म निशुल्क सेवा दिने

शेयर गर्नुहोस

नेपाल टेलिकम (एनटीसी)ले शुक्रबार राति आएको भूकम्पबात प्रभावित जिल्लाहरुमा निशुल्क कल तथा भवाइस सेवा दिने भएको छ। एक सूचना जारी गर्दै कम्पनीले उकस्ट घोषणा गरेको हो।

“नेपालको रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा गए राति गएको शक्तिशाली भूकम्पमा दिवंगत हुनु भएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली तथा चीर शान्तिको कामना गर्दछौँ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौँ,” कम्पनीद्वारा जारी सूचनामा भनिएको छ।

हाल भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु रहेको जानकारी गराएको छ भने यस विषम परिस्थितिमा कम्पनीले आफ्नो कर्तव्य बोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवाहरुलाई नियमित रुपमा सुचारु राख्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौँ । यो पनि पढ्नुहोस: नेपाल टेलिकमद्वारा अटम अफर सार्वजनिक, १३ रूपैयाँमा १२ घण्टा अनलिमिटेड कुरा गर्न मिलने

सूचना आदान–प्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहनुभएका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरूलाई पाँच (५) दिनको अवधिका लागि निःशुल्क भवाईस (कल) तथा एसएमएस सेवा उपलब्ध गराइएको छ । यसका अतिरिक्त उक्त क्षेत्रमा पाँच (५) दिनको अवधिका लागि निःशुल्क भवाईस तथाएसएमएस सेवा सहितको निःशुल्क सिम उपलब्ध गराइनेछ । उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ ।

नछुटाउनुहोस: एनसेलले भूकम्प प्रभावित जिल्लामा रु ४० लाख बराबरको कल, डेटा सेवा दिने, प्रदेश सरकारलाई रु ५० लाख

सेवा समन्वयका लागि सम्पर्क नम्बरहरु

कम्पनीका सेवा सम्बन्धी समन्वयका लागि निम्न बमोजिम लाई सम्पर्क गर्न सकिनेछ ।

नेपाल टेलिकम कर्मचारीहरुसम्पर्क नम्बर
प्रकाशचन्द्र सिग्देल९८५१०२१७४०
जनक डाँगी९८५११०९९५५
ओम प्रकाश ढकाल९८५१३४७८७०

यसका अतिरिक्त उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क नमस्ते वाईफाई सेवा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ ।


शेयर गर्नुहोस

Leave a Comment