नेपाल टेलिकमद्वारा अटम अफर सार्वजनिक, १३ रूपैयाँमा १२ घण्टा अनलिमिटेड कुरा गर्न मिलने

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम (एनटीसी)ले आफ्ना ग्राहकहरुका लागि अटम अफर सार्वजनिक गरेको छ। नियमित रुमपा सार्वजनिक गरिने यस अफरलाई कम्पनीले विभिन्न भ्वाइस तथा डाटा सेवाका साथ अझ आकर्षक बनाएको छ। 

अनलिमिटेड अन-नेट भ्वाइस प्याकेज अन्तर्गत १३ रूपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असिमित कुराकानी गर्न सकिने (अनलिमिटेड डे टाइम भ्वाइस) प्याकेज उपलब्ध हुनेछ ।

यो पनि पढ्नुहोस: नेपाल टेलिकमको चाडपर्व लक्षित एनटी फाइबर इन्टरनेटमा अफर: २५०% सम्मको स्पिड, एफ यू पी मा बढोत्तरी  

अल-नेट आफ-नेट भवाइस

त्यसैगरी सोही अनलिमिटेड अन-नेट भ्वाइस प्याकेज अन्तर्गत १३ रूपैयाँमै बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म नेपाल टेलिकमको नेटवर्कमा असिमित कुराकानी गर्न सकिने गरी (अनलिमिटेड नाइट टाइम भ्वाइस) प्याकेज पनि उपलब्ध हुनेछ । 

अल नेट भ्वाइस प्याक अन्तर्गत १८ रूपैयाँमा १ दिनभित्र सबै नेटवर्कमा २५ मिनेट कल गर्न सकिने सुविधा उपलब्ध हुनेछ । यसैगरी अल टाइम डाटा प्याक अन्तर्गत ९५ रूपैयाँमा ७ दिनसम्म जुनसुकै समयमा चलाउन सकिने २.५ जीबी डाटा उपलब्ध हुनेछ ।

त्यसैगरी आकर्षक सुविधा सहितको फोरजी अल टाइम डाटा अफर, युट्युब र फेसबुक चलाउन सकिने सोसल मिडिया प्याक र स्टे कनेक्टेड अल टाइम अफर समेत उपलब्ध हुनेछ । 

प्रिपेडमा पनि सजिलो अनलिमिटेड ६३६ प्याकेज कम्पनीले पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड ६३६ प्याकेज प्रिपेड मोबाइलमा पनि उपलब्ध गराउने भएको छ । यस अनुसार ६३६ रूपैयाँमा नेपाल टेलिकमको नेटवर्कमा अनलिमिटेड भ्वाइस, १५० मिनेट अन्य नेटवर्कमा (अफ-नेट) भ्वाइस, २०० वटा सबै नेटवर्कमा एसएमएस र ९ जीबी डाटासहितको प्याकेज उपलब्ध हुनेछ । सो प्याकेज २८ दिनसम्म चलाउन सकिने छ ।  यो पनि पढ्नुहोस: नेपाल टेलिकमले ल्यायो एक्सजीपोन प्रविधिमा आधारित १ जीबीपीएस सम्मको इन्टरनेट सेवा

कम्पनिका सेवा ग्राहिले “नेपाल टेलिकम” एप डाउनलोड गर्दा १ जीबी बोनस डाटा बोनसको रुपमा उपलब्ध हुनेछ । सो डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने छ । 

अटम अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*1#  डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

Leave a Comment