सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम (एनटीसी) ले नेपाली चाडपर्वहरुलाई लक्षित गरी एफटीटीएच प्रविधिमा आधारित एनटी फाइबर (NT Fiber) सेवामा प्रोमोसनल अफर सार्वजनिक गरेको छ ।
कम्पनीले आगामी बिहिबार (२०८० असोज २५) देखि लागु हुनेगरी एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेज (Individual Package) मा प्रोमोसनल अफर (Promotional Offer) उपलब्ध गराउने भएको छ ।
यस अफर अन्तर्गत सेवाग्राहीको अत्याधिक रुची देखिएको एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै आएको स्पिडलाई २५० प्रतिशतसम्म पुग्नेगरी व्याण्डविथमा बढोत्तरी गरिएको छ । सेवाग्राहीहरुको रुची र चासो रहेको एनटी फाइबर सेवामा कम्पनीले सहुलियत प्रदान गर्न लागेको हो ।
यस अफरमा हाल १० एमविपीएस गतिको इन्टरनेट प्रयोग गरिरहनु भएका सेवाग्राहीले सोही मूल्यमै २५ एमविपीएस र २० वा ३० एमविपीएस गतिको इन्टरनेट चलाइरहनुभएका सेवाग्राहीले सोही मूल्यमा ५० एमविपीएसको सेवा प्रयोग गर्न सक्नुहुनेछ । यो पनि पढ्नुहोस: अब फोन गरेरै नेपाल टेलिकमको फाइबर इन्टरनेट जडान गर्न सकिने
यसैगरी ४० एमविपीएस गतिको सुविधा प्रयोग गरिरहनुभएका ग्राहकहरुले सोही मूल्यमा अबदेखि १०० एमविपीएसको सेवा प्राप्त गर्नुहुनेछ । हाल ८० एमविपीएस सेवा लिइरहनु हुने सेवाग्राहीहरुलाई पुरानै दरमा १५० एमविपीएस गतिको सेवा उपलब्ध हुनेछ । यसका साथै हाल उपलब्ध हुँदै आएको ँबष्च ग्कबनभ एयष्अिथ लिमिटलाई समेत बढोत्तरी गरिएको छ ।
साथै हाल ३० एमविपीएस र सो भन्दा माथिको एक वर्षको प्याकेज लिंदा दैनिक ३०० एमवी डाटा सेवाको सुविधा पनि उपलब्ध हुनेछ । यो सेवा उपयोग गर्नका लागि एनटी फाइबर सेवा लिंदा उपलब्ध गराइएको टेलिकमको मोबाइल नम्बरबाट ८ज्ञद्धज्ञट३ डायल गर्नु पर्दछ ।