अबदेखी नेपाल टेलिकममा फोन गरेरै फाइबर इन्टरनेट जडान गर्न सकिने भएको छ। ग्राहक्का लागि नया कनेक्सन जडान गर्न सहज गर्दै कम्पनीले नयाँ सुविधा थप गरेको हो। उचचा गुणास्तरको इन्टरनेट को पहुँच अझ सरल र छरितो पार्न यो व्ययस्था गरिएको एनटीसीले जनाएको छ।
कम्पनीले अत्याधुनिक दूरसञ्चार सेवाहरु उपलब्ध गराउने क्रममा मुलुकभर एफटीटीएच (FTTH) सेवाको विस्तार तीब्ररुपमा गरिरहको छ ।
तर यसका बाबजुद अझैपनि ग्राहकको माग बमोजिम केही स्थानहरुमा यस सेवाको पहुँच स्थापित गर्ने क्रम जारी नै रहेको छ । सेवाग्राहीहरुको मागलाई मध्यनजर गर्दै यस सेवाको उपलब्धताका सम्बन्धमा निःशुल्क नम्बर १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरी १ डायल गरी) मा डायल गरी ग्राहक सेवा केन्द्रका प्रतिनिधिर्फत आवश्यक जानकारी प्राप्त गर्न एवं सेवाको माग दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ ।
यो पनि पढ्नुहोस: नेपाल टेलिकमले सुरू गर्यो जुम्ला र कालिकोटमा एफटीटीएच फाइबर इन्टरनेट सेवा
नेपाल टेलिकममा फोन गरेरै फाइबर इन्टरनेट जोडनुहोस
मिति २०८०।३।११ गतेदेखि एफटीटीएच सेवा प्राप्त गर्न चाहनुहुने मुलुकभरका सेवाग्राहीहरुले १९८–१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने छ । ती स्थानहरुमा कम्पनीले यथासम्भव छिटो एफटीटीएच प्रबिधिको फाइबर इन्टरनेट जडान गर्नेछ ।
नेटवर्क नभएका स्थानमा सम्भव भएसम्म पूर्वाधार निर्माण गरी एफटीटीएच सेवा उपलब्ध गराउने छ । एफटीटीएच सेवामा एउटै फाइबर तारबाट टेलिफोन, तीब्र गतिको इन्टरनेट र टेलिभिजन सेवा (एनटी टीभी ) उपलब्ध रहेको छ ।यस सेवालाई ट्रिपल प्ले पनि भनेर चिनिन्छ ।
थप जानकारिका लागि तल कमेन्टमा लेख्नुहोस।
Phone bata internet connection Kasari huncha. Document k k cahincha. Bhaktapur, Sallaghari Katunje side ma cha ki chaina
Sallaghari Katunje sidema cha ki chaina ntc net
Futung, Khadka Bhanjyang Tira FTTH kahile wire extension hunx hola !