भुक्तानी सेवा संचालक फोन पेमा नमस्ते पे डिजिटल वालेट जोडीएको छ । दुई कम्पनीबिच हस्ताक्षरपश्चात नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल वालेट फोनपेको अन्तरआवद्दतायुक्त भुक्तानी नेटवर्कमा जोडीएको हो। यसका साथै अब नमस्ते पे का प्रयोगकर्ताहरुले सजिलै एपमा उपलब्ध क्यू आर सक्यान गर्दै सेवा तथा वस्तु खरीद गर्दा भुक्तानी गर्न पाउनेछन।
यसका लागि दुई कम्पनीबिच राजधानी काठमाण्डुमा एक समारोहका बिच हस्ताक्षर सम्पन्न भयो । जसमा फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन। उक्त कार्यक्रममा दुवै कम्पनीका प्रतिनिधि तथा संचारकर्मिको पनि उल्लेखिय सहभागिता थियो।
यस साझेदारिसँगै अब सबै नमस्ते पे प्रयोगकर्ताहरूले नेपालभरका १२ लाख भन्दा बढी व्यापारीहरूसँग फोनपे नेटवर्कमा तत्कालै सुविधाजनक र सुरक्षित क्यू आर कोडमार्फत भुक्तानी गर्न सक्षम भएका छन।
फोनपेमा जोडीयो नमस्ते पे डिजिटल वालेट
कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमार सापकोटाले भने, “हामी हाम्रो बढ्दो भुक्तानी इकोसिस्टममा नमस्ते पेलाई स्वागत गर्न पाउँदा खुसी छौं। यो साझेदारीले हाम्रा प्रयोगकर्ताहरूलाई व्यापक डिजिटल भुक्तानी अनुभव प्रदान गर्नको लागि हाम्रो दृष्टिकोणसँग मेल खान्छ। नमस्ते पेलाई एकीकृत गरेर, हामी हाम्रा ग्राहकहरूलाई भुक्तानी विकल्पहरूको फराकिलो दायरा प्रदान गर्छौं र थप समावेशी वित्तीय पारिस्थितिकी प्रणालीलाई बढावा दिन्छौं।”
त्यसैगरी एकीकरणमा खुसी व्यक्त गर्दै नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले भने, “हामी फोनपेसँग हात मिलाउन पाउँदा अत्यन्तै खुसी छौं र नमस्ते पे प्रयोगकर्ताहरूलाई देशभरका १२ लाख फोनपे मर्चेन्टहरूमा पहुँच प्रदान गर्न पाउँदा निकै खुसी छौं। यस साझेदारीबाट अन्य फोनपे सेवाहरूबाट फाइदा लिनुहोस्। हामी हाम्रा नवप्रवर्तनहरू र मूल्य अभिवृद्धि सेवाहरूद्वारा हाम्रा ग्राहकहरूको डिजिटल यात्रालाई सहज बनाउन तत्पर छौं।”
यो पनि पढ्नुहोस: अब फोन गरेरै नेपाल टेलिकमको फाइबर इन्टरनेट जडान गर्न सकिने
नमस्ते पे र फोन पे साझेदारिको महत्व
फोनपे नेपालको अग्रणी भुक्तानी सेवा संचालक नमस्ते पे एक उदयमान भुक्तानी सेवा प्रदायक हो। अहिलेसम्म फोनपे को क्यू आर कोडको अभावले नमस्ते पेका प्रयोगकर्तामा असहजता थियो भने अब सो कमी मेटिने भएको छ भने प्रयोगकर्ताले ठूलो राहत प्राप्त गर्ने महसूस गर्ने अपेक्षा गर्न सकिन्छ। यसैले, नमस्ते पेका लागि फोन पेको नेटवर्कमा जोडीनु यसको भविष्यका लागि कोशेढुंगा प्रामाणित हुन पनि सक्छ।
नेपालका लगभग सबै चर्चित र अग्रणी बैंक तथा बित्तिया संस्था तथा डिजिटल वालेटहरुले यस अघिनै फोन पे नेटवर्क मार्फत भुक्तानी सेवा प्रदान गर्दै आएका छन।
यदि तपाई नमस्ते पे वलेट प्रयोग गर्नुहुन्छ भने अब एप भीत्र नै क्यू आर सक्यान को सुबिधा उपलब्ध हुने छ र यसमार्फत सहजाई बिल भुक्तानी गर्न सक्नुहुनेछ।