भायानेट सीईओ पाठक व्यावसायिक महिला २०२३ अवार्डबाट सम्मानित

भायानेट कम्युनिकेशन लिमिटेडकी सीईओ श्री सेवा पाठक बोहरालाई वर्षको व्यावसायिक महिला २०२३ अवार्डबाट सम्मानित गरिएको छ। उनले सो सम्मान काठमाण्डौमा आयोजित “स्ट्यान्डर्ड चार्टर्ड प्रिजेन्ट्स न्युबिज बिजनेस वुमन समिट एण्ड अवार्ड २०२३” समारोहमा प्राप्त गरेकी हुन। यस पुरस्कारले श्री बोहराको उत्कृष्ट नेतृत्व र आईएसपी क्षेत्रमा आविष्कार र महिला सशक्तिकरणको लागि अटल प्रतिबद्धता झल्काउने कम्पनीले बताएको छ।

सीईओ बोहराको चार्टर्ड एकाउन्टेन्टदेखि नेपालको प्रमुख मध्यको एक आईएसपी कम्पनीको नेतृत्वसम्मको यात्रा उहाँको समर्पण र असाधारण नेतृत्व क्षमताको प्रमाण हो । सन् २०११ मा नेपालमा पहिलो पटक फाइबर टु द होम (FTTH) प्रविधि पहिलो पटक नेपालमा संचालनमा ल्याउने टोलीको अभिन्न अंगको रूपमा, उहाँले नेपाली घर-घरमा इन्टरनेट जडानको अनुभव गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहनु भएको छ। यो पनि पढ्नुहोस: अब फोन गरेरै नेपाल टेलिकमको फाइबर इन्टरनेट जडान गर्न सकिने  

सीईओ बोहराको दूरदर्शी मार्गदर्शनमा, भायानेट कम्युनिकेसन लिमिटेडले ९० शहरहरूमा आफ्नो नेटवर्क विस्तार गरेको छ, ५१ शाखाहरू स्थापना गरेको छ र १५०० भन्दा बढी कर्मचारीहरूलाई रोजगारी दिएको छ।

भायानेट कम्युनिकेशन लिमिटेडमा, श्री बोहराको नेतृत्वले नवप्रवर्तन र ग्राहक सन्तुष्टिको लागि अथक प्रयासलाई अघि बढाएको छ। कम्पनी अत्याधुनिक उत्पादन र सेवाहरू प्रदान गर्न समर्पित छ जसले आफ्ना ग्राहकहरूको विकासशील आवश्यकताहरू पूरा गर्दछ। भरपर्दो र उच्च गतिको इन्टरनेट लाई देशका बिभिन्न शहर र दुरदराजमा समेत सेवा बिस्तार गरेर व्यक्ति र व्यवसायहरूलाई डिजिटल युगमा फस्टाउन सक्षम बनाउँदै सिमलेस कनेक्टिभिटी सुनिश्चित गर्ने प्रयास निरन्तर रहने भायानेटले जनाएको छ।

Leave a Comment