+२ भर्नाका लागि खल्तीले ल्यायो प्रवेशिका प्रणाली, १००% छात्रवृत्तिका साथ पढ्न पाउने अवसर

खल्तीले +२ कलेजहरूको खोजीमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै प्रवेश परीक्षाका लागि आवेदन दिन डिजिटल प्रणाली ‘प्रवेशिका’ उपलब्ध गराएको छ। यस प्लेटफर्मबाट, एसईई उत्तीर्ण विद्यार्थीहरूले एकै पटक ५०+ कलेजहरूमा आवेदन दिन सक्नेछन्। यससँगै प्रवेशिका मार्फत आवेदन दिने ५ विद्यार्थीलाई १ वर्षको  १००% छात्रवृत्ति पनि उपलब्ध  हुनेछ।

प्रवेशिका मार्फत हालै काठमाडौं उपत्यका रहेका कलेजकालागि एकै ठाउँमा भर्ना आवेदन दिन मिल्ने प्रणालीको रूपमा काम गर्दछ। यो प्रयोगकर्ता-अनुकूल डिजिटल प्लेटफर्मले कलेज र विद्यार्थीहरूलाई एक साझा प्लेटफर्ममा ल्याउँदै कलेज भर्ना प्रक्रियामा दुवै पक्षहरूलाई सजिलो बनाउँछ।

अहिले प्रवेशिकाले काठमाडौं उपत्यका भित्र रहेका ५०+ भन्दा बढी कलेजहरूको विकल्प प्रदान गर्दछ र आउँदा दिनमा उपत्यका बाहिरका कलेजहरू पनि उपलब्ध गराउने उदेश्य राखेको छ। यसैबीच, यस प्लेटफर्मको साथ, कलेजहरूले भौतिक फारमहरू सङ्कलन गर्ने झन्झटलाई पनि समाधान गर्न सक्छन् र सहज प्रवेश प्रक्रिया व्यवस्थापन गर्न सक्छन् भने बिद्यार्थी वर्गले पनि छोटो समयमा सजिलै घरै बसी ६०+ कलेज मध्ये आफूलाई अनुकूल हुने कलेज छनौट गरि आवेदन दिँदै भर्ना प्रक्रिया अगाडी बढाउन सक्नेछन् ।

नछुटाउनुहोस्: खल्ती र क्यूएफएक्स सिनेमाबीच साझेदारी, अब डिजिटल वालेटबाटै फिल्म टिकट काटन सहज

खल्ती प्रवेशिका बारे यसो भन्छन सीईओ खड्का

प्रवेशिका बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय  खड्का भन्नुहुन्छ ,

“शिक्षा क्षेत्रलाई पनि डिजीटाइज गर्ने लक्ष्यका साथ एसईई उत्तीर्ण विद्यार्थीहरूको लागि कलेज आवेदन प्रक्रियालाई सरल र सुव्यवस्थित बनाउन प्रवेशिका ल्यायिएको हो। प्रवेशिकाको उपयोग गर्दै अहिलेका पुस्ताले डिजिटल सेवा प्रति परिचित र प्रोत्साहित हुने कुरामा हामी  बिस्वस्त छौं। आउँदो दिनमा हामी प्रवेशिकालाई कलेज स्तरमा पनि विस्तार गर्दै लैजाने लक्ष्यका साथ अघि बढिरहेका छौ।

खल्ती प्रवेशिका अंतर्गत भरना हुनका लागि विद्यार्थीहरूले यहाँ गएर कलेज भर्नाको लागि आवेदन दिन सक्नेछन् र त्यसपछि प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्। आवेदकहरू मध्ये ५  भाग्यशाली विजेताहरूले नेपाल मेगा कलेज, युनिभर्सल मोडर्न कलेज, तक्षशिला एकेडेमी, साइपाल एकेडेमी, एसिया प्यासिफिक कलेज जस्ता प्रसिद्ध कलेजहरूमा 100% छात्रवृत्तिको मौका पाउनेछन्।

थप जानकारिका लागि तल कमेन्टमा लेख्नुहोस।

Leave a Comment