क्यूएफएक्स सिनेमा र खल्ती बीच साझेदारी

टिम क्वेस्ट द्वारा प्रबन्धित क्यूएफएक्सले आफ्नो एप मार्फत चलचित्र टिकट खरिदका लागि खल्तीसँग विशेष साझेदारी गरेको छ। यो साझेदारी अघि, क्यूएफएक्सका ग्राहकहरूले क्यूएफएक्स एप वा वेबसाइटमा लगइन गरेर मात्र चलचित्रको टिकट किन्न सक्थे भने अब खल्ती एप मार्फत मात्र ५० सेकेन्डमै चलचित्रको टिकट खरिद गर्न सक्नेछन्। खल्ती एपबाट टिकट खरिद गरेपछि प्रयोगकर्ताहरूले क्यूएफएक्सको लेयल्टी पोइन्ट र खल्ती पोइनट पनि प्राप्त गर्नेछन्।

भाद्र १५ गते लबिम मलमा आयोजना गरेको पत्रकार सम्मेलनमा खल्ती र क्यूएफएक्स दुबैका अतिथि वक्ताहरूका साथै अभिनेत्री पूजा शर्मा पनि उपस्थित थिइन् । उनी खल्ती र क्यूएफएक्सलाई समर्थन गर्न र उनको आगामी फिल्म “सम्हालिन्छ कहिले मन“ बारे केहि शब्द राख्न प्रेस मिटमा सहभागी भएकी थिइन्। चलचित्र भाद्र १६ मा सबै क्यूएफएक्स सिनेमाघरमा रिलिज हुँदैछ। प्रयोगकर्ताहरूले खल्ती एपबाट “सम्हालिन्छ कहिले मन“ को कुनै पनि क्यूएफएक्स सिनेमा हलको टिकट किन्न सक्नेछन्। अब खल्ती एप मार्फत टिकट खरिद, क्यूआर प्लेसमेन्ट, क्यूएफएक्स वेबसाइट र एपमा ब्रान्डिङ, क्याम्पेन टाइ–अप तथा अन–स्क्रिन र अफ–स्क्रिन ब्रान्डिङ क्षेत्रमा विज्ञापन प्लेसमेन्ट लगायत विभिन्न मार्केटिङ सहकार्यहरू पनि गरिनेछ।

QFX Khalti Partnership Buy ticket directly app

यस सेवाको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “हाम्रो एउटा महत्वपूर्ण लक्ष्य भनेकै प्रत्येक नेपालीको लागि जीवनशैली ब्रान्ड बन्नु हो । यस लक्ष्यको एक पाटोको रूपमा, हामी त्तँह् जस्ता मनोरञ्जन उद्योगमा एक प्रसिद्ध सिनेमा ब्रान्डसँग काम गर्न पाउँदा हर्षित छौं। हामी आशा गर्छौं कि हाम्रो सहकार्य देशभरका चलचित्र प्रेमीहरूका लागि फलदायक बन्नेछ।“ यसका साथै साझेदारीको बारेमा बेल्दै टाइम क्वेस्टका महाप्रबन्धक सुश्री प्रशम्सा पाण्डेले भने “हाम्रो उदेश्य सधैं ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्नु हो; हामी आशा गर्छौं कि हाम्रा ग्राहकहरू यस साझेदारीबाट लाभान्वित हुनेछन्।”

यो पनि पढ्नु होस: सामसङले ल्यायो दशैं उपहार: डेली टिभी, ड्याम्मै कार! अफर

क्यूएफएक्स नेपालका विभिन्न स्थानमा फ्रेन्चाइज मोडलमा थिएटर सञ्चालन गर्दै आएको एक प्रचलित ब्रान्ड हो। क्युएफएक्स सिनेमाले हाल काठमाडौं उपत्यका (सिभिल मल, लबिम मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स), भाटभटेनी विराटनगर, जल्मा नारायणगढ, बागेश्वरी नेपालगन्ज, वन स्टप मल बिर्तामोड, भाटभटेनी बुटवल, एपेक्स मल दमौलीमा सञ्चालित छन्। यसको १२ औं स्थान वीरगन्जमा छिट्टै खुल्दैछ । विश्व–स्तरीय चलचित्र अनुभवको लागि टेक्नोलोजी र भौतिक पूर्वाधारको अतिरिक्त, त्तँह् सिनेमाहरूले विभिन्न स्थानहरूमा प्रिमियम सिटहरूको विलासिताका साथ खाना र पेय पदार्थहरू पनि प्रदान गर्दछ।

Leave a Comment