सामसङले ल्यायो, यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार! अफर

नेपालको अग्रणी मोबाइल कम्पनी सामसङले यस वर्षको चाडपर्वमा आफ्ना उपभोक्ताहरुको लागि नयाँ “यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार!” नामक अफर ल्याएको छ। इो अफर भाद्र १४ देखि असोज १४ गतेसम्म रहने छ। जो कोहिले पनि सामसङको स्मार्ट फोन वा ट्याबलेट खरीद गरि यस योजनामा सहभागी हुनसक्नेछन्।

योजनामा सहभागी हुनका लागि ग्राहकले (सामसङ <स्पेस>खरीद गरेको डिभाइसको सिरियल नं.) टाइप गरेर ३५००१ मा एसएमएस पठाउनु पर्नेछ। यसरी एसएमएस पठाउने ग्राहकले हरेक दिन ६५ इन्चको सामसङ टिभी र बम्पर पुरस्कारमा एउटा कार ड्याम्मै जित्न सक्नेछन् । एसएमएस पठाउने सबै सहभागीहरु मध्येबाट विजेताहरु साप्ताहिक रुपमा गेलाप्रथा गरि चयन गरिनेछ। यद्यपि, योजना अवधिभरका लागि दैनिक रुपमा गोला प्रथा संचालन सामसङ फेसबुक पेज मार्फत लाइभ गरिनेछ । विजयी सिरियल नम्बरहरु सोही दिन फेसबुक पेजमा समेत पोस्ट गरिनेछ ।

यस अफरको बारेमा जानकारी दिंदै सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, “सामसङ उपभात्ताहरुको जीवनलाई सहज बनाउनको लागि सधै प्रतिबद्ध छ । यो चाडपर्वको मौसममा हामीले हाम्रा उपभोक्ताहरूलाई खुसी हुने र उनीहरूको जीवनलाई अझ राम्रो बनाउने अर्को कारण प्रदान गर्ने कोशिश गरेका छौैं । आफ्नो मनपर्ने सामसुङ स्मार्टफोन र ट्याब्लेटको प्रत्येक खरिदको साथ उपभोक्ताहरूले अर्कषक उपहारहरू जित्ने मौका पाउनेछन् । यस योजनाले हाम्रा ग्राहकहरूलाई पुरस्कृत गरि यस माहान चाड अझै हर्षित र उत्साहजनक बनाउछ भन्ने विश्वास हामीले राखेका छौं।”

यस योजनामा सहभागि बन्नका लागि हरेक सहभागीले सामसङको आधिकारिक बिक्रेता वा इ–कमर्स साइटबाट अफरको अवधिभरमा सामसङ स्मार्ट फोन वा ट्याबलेट मध्ये कुनै एक खरीद गरेकै हुनु पर्दछ।

Leave a Comment