नेपाल टेलिकमले ल्यायो समर अफर, अब रु ८ सयमा ३५ जीबी डाटा

नेपाल टेलिकमले आफ्ना ग्राहक्का निम्ति सुलभ दरमा समर अफर उपलब्ध गराएको छ । २०८० असार २९ गते देखि लागु हुने यस अफरले सेवाग्राहीको रुचि र चाहनाबमोजिम केही नयाँ प्याकेजसहितका अफर उपलब्ध गराइएको छ भने डाटा भोल्यूम बढोत्तरी गरिएको छ।

त्यसैगरी एफटीटीएच, नमस्ते वाईफाई, सीयूजीलगायत अन्य प्याकेजलाई पनि थप आकर्षक बनाइएको कम्पनी प्रवक्ता सोभन अधिकारीले जानकारी दिएका छन्।

एस्तो छ नेपाल टेलिकमको समर अफर

नेपाल टेलिकम (एनटीसी) ले ल्याएको समर अफर 2080 अन्तर्गत पयाकेजहरु यसप्रकार छन।

  • समर अफरमा अल टाइम डाटा प्याकअन्तर्गत रु पाँच सयमा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी डाटा प्याक उपलब्ध भइरहेकोमा अब २० जीबी र रु आठ सयमा २५ जीबी उपलब्ध भइरहेकोमा अब ३५ जीबी डाटा प्याक उपलब्ध हुनेछ ।
  • त्यसैगरी प्रिपेड सस्तो कम्बो प्याकअन्तर्गत सस्तो कम्बो रु दुई सय ९९ प्याकमा एक सय ५० मिनेट अन नेट भ्वाइस कल, दुई जीबी डाटा र २० एसएमएसको सुविधा उपलब्ध भइरहेकोमा अब सोही मूल्यमा दुई जीबीको सट्टा चार जीबी डाटा उपलब्ध हुनेछ । टेलिकमले सजिलो अनलिमिटेड रु सात सय ९९ प्याकअन्तर्गत सबै नेटवर्कमा अनलिमिटेड भ्वाइस कल पनि उपलब्ध गराउने भएको छ ।
  • मेसिन टु मेसिन (एम टु एम) सिमकार्डको प्रयोगलाई प्राथमिकतामा राखी यसका लागि विभिन्न प्याकेजको व्यवस्था गरिएको छ । त्यसमा ३० दिनसम्म प्रयोग गर्न सकिने विभिन्न दरको प्याकेज उपलब्ध हुनेछ । कर्पोरेट वर्गमा लोकप्रिय सियुजी प्याकलाई थप आकर्षक बनाइएको छ ।
  • साथै, अनलिमिटेड डाटा प्याकमा प्रदान गरिँदै आएको फेयर युसेज पोलिसीबमोजिम तोकिएको परिमाण उपभोगपछि लागु हुने थ्रोटलिङ स्पिड लिमिट बढाइएको छ ।
नेपाल टेलिकम एनटीसी

यो पनि पढ्नुहोस: अब फोन गरेरै नेपाल टेलिकमको फाइबर इन्टरनेट जडान गर्न सकिने  

नेपाल टेलिकमको समर अफर 2080 कसरी लिने?

समर अफरअन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*1# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यससम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

Leave a Comment