एमडीएमएस औपचारिक रूपमा लागू: मोबाइल बजार प्रोत्साहित

नेपाल दूरसञ्चार प्राधिकरण (NTA)द्वारा मङ्सिर २०, २०८० (November 06, 2023) मा मोबाइल उपकरण व्यवस्थापन प्रणाली MDMS) को आधिकारिक कार्यान्वयनले देशको मोबाइल उपकरण बजारमा एक महत्त्वपूर्ण कोसेढुङ्गा स्थापित गरेको छ । यो नवप्रवर्तनशील पहलबाट नेपाली मोबाइल बजारमा उल्लेखनीय लाभहरूको अपेक्षा बनेकोछ साथै उद्योग पारदर्शिता र नियमनमा पनि सुधार हुने अपेक्षा गरिएको छ ।

एमडीएमएसको सबैभन्दा महत्त्वपूर्ण प्रभाव मध्ये एउटा नेपालको मोबाइल उपकरण बजार मार्फत राष्ट्रिय आय वृद्धिमा महत्वपूर्ण योगदान हुनेछ । दर्ता नगरिएका मोबाइलहरूमा यी नियमहरूको कार्यान्वयन गरि सरकारले उचित मात्रामा राजस्व संकलन गर्ने, जसले गर्दा वित्तीय स्थायित्व सुदृढ गरि सार्वजनिक सेवाहरूलाई समर्थन गर्ने सुनिश्चित गर्दछ । एमडीएमएसले विश्व आर्थिक मन्दीसँग संघर्ष गरिरहेको समयमा देशलाई आर्थिक लाभ ल्याई आशाको किरण प्रदान गरेकोछ ।

यसबाहेक, एमडीएमएस प्रणालीमा दर्ता भएका मोबाइलहरूका लागि भ्याट बिलहरू उपलब्ध गराएर वारेन्टी सेवाहरूलाई पूर्णरूपमा रूपान्तरण गर्ने सहजता दिनेछ, जसले ग्राहकको विश्वास बढाउनेछ र बिक्री पश्च्यातको सेवाको ग्यारेन्टी सुनिश्चित गर्नेछ । आर्थिक फाइदाहरूका अतिरिक्त, एमडीएमएसले आइईएमई IMEI) नम्बरहरू रेकर्डिङ र ट्र्याक गरेर सुरक्षा पनि बढाउनेछ । चोरी वा हराएको मोबाइलहको पत्ता लगाउनमा सहयोग गरेर, यसले मोबाइल फोनहरू संलग्न अपराधहरूलाई रोक्न र नेपाललाई सुरक्षित बनाउन मद्दत गर्नेछ । थप पढ्नुहोस: संचार विस्तारको सहयोगी: नेपालमा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)

साथै, निष्पक्ष प्रतिस्पर्धालाई प्रोत्साहन गरेर, एमडीएमएसले अवैध बजारको पहुँचलाई कम गर्नेछ, जसले रोजगारीका अवसरहरू मात्र सृजना गर्दैन तर व्यापारिक वातावरणमा विश्वास पनि बढाउँनेछ । पारदर्शिता, आर्थिक विस्तार, र नेपालको मोबाइल उपकरण बजारको लागि राम्रो भविष्य एनटिए (NTA) का एमडीएमएस पहलका परिवर्तनकारी प्रभावहरू मध्ये एक हुन्, जुन साधारण नियमनभन्दा परिस्कृत छ । एमडीएमएसले थप सुरक्षा र उत्तरदायित्व ल्याएर उद्योगलाई परिवर्तन गर्ने अपेक्षा गरिएको छ।

Leave a Comment