नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले ११ः११ सेलको छैठौं संस्करण सार्वजनिक गरेको छ । कम्पनीको अनुसार कार्तिकको २५ गतेबाट सुरुहुने यो सेलमा ग्राहकहरुले रासन, घरेलु उपकरण, इलेक्ट्रोनिक्स, फेसन, र मनेरञ्जन जस्ता विभिन्न विधाका लाखौं प्रोडक्टमा ७ करोड सम्मको छुट पाउनेछन् ।
दराजद्वारा ११ः११ सेल २०२३ हाइलाइट्स
यो सेलमा ग्राहकरुले निःशुल्क डेलिभरी, रु १०,००० सम्मको मेगा भाउचर, मेगा डिलस्मा ८०% सम्मको छुट, साथै मेगा गिभअवे अन्तर्गत रु९९९ भन्दा माथिको खरिदमा अग्रिम भुक्तानी गर्ने ११ भाग्यशाली विजेताहरुले सिजि ब्राण्डको वाशिङ्ग मशिन जित्ने मौका पनि समावेश छ, साथै बैंकको डेबिट कार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले १५% अधिकतम रु २००० सम्म छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०% अधिकतम रु २५०० को छुट प्राप्त गर्नेछन्।
दराजका प्रबन्ध निर्देशक आँचल कुँवर भन्छिन्, “११ः११ सेल मात्र नभएर उत्साह र उमङ्ग हो । हाम्रो वर्षैको कडा मिहिनत र परिश्रमबाट ११ः११ सेललाई विशेष बनाउन सफल भएका छौं । यो हाम्रा ग्राहक, बिक्रेता, बैंक तथा साझेदारहरुलाई धन्यवाद भन्ने विशेष तरिका पनि हो । आशा छ, सम्पूर्ण ग्राहक, बिक्रेता तथा साझेदार कम्पनीहरु यो वर्षको ११ः११ बाट धेरै भन्दा धेरै लाभान्वित हुनुहुनेछन् ।”
यो सेलमा विभिन्न ब्राण्ड तथा कम्पनीहरुले साथ दिएका छन् । यो वर्षको सेलमा ८ वटा ब्राण्डहरु दराज संग डाइमण्ड पर्टनरको रुपमा आवद्ध भएका छन् ती हुन् अल्टिमा लाइफस्टाईल (Ultima Lifestyle), मसल बलेज (Muscle Blaze), हाडा लाबो (Hada Labo), भ्यासलिन् (Vaseline), सेटाफिल (Cetaphil), गोल्डस्टार (Goldstar), वाउ स्किन साइन्स (WOW Skin Science), र जुभारा (Zuvara)। यसका साथै हाई फ्युचर (HiFuture), फिलिप्स (Phillips), फ्यान्सिरा (Fancyra), एडिडास (Adidas), मामाअर्थ (Mamaearth), पल्म (Plum), र फ्यान्टेकहरु (Fantech) दराज संग गोल्ड पार्टनर्सको रुपमा आवद्ध छन् ।
यो पनि पढ्नुहोस: एउटै व्यापारलाई धेरै कानूनले बाँधेको सरोकारवालाको गुनासो
अग्रिम भुक्तानीमा रु २,५०० सम्मको छूट
नेपालका प्रख्यात बैंकहरुले पनि दराजको ११ः११ सेलमा साझेदारी गरेका छन् । नबिल बैंक, सानिमा बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, एन आई सी एशिया बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल एसबिआई बैंक, नेपाल बैंक, कृषि विकास बैंक,ज्योति विकास बैंक, र सांग्रिला डेभलपमेन्ट बैंकहरु यो वर्षको ११ः११ सेल संग आवद्ध भएका छन् । यो वाहेक दराजले डिजिटल वालेट आइएमई पे संग पनि सहकार्य गरेको छ। कार्तिक २५ गते राति १२ बजे देखि १२ः३० बजे सम्म आईएमई–पे द्वारा अग्रिम भुक्तानी गर्ने ग्राहकमहानुभावहरुले १५% अधिक्तम रु ५०० र बिहान ८ बजेबाट ८ः३० सम्म १५% अधिक्तम रु २५० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
उत्साहले भरिएको यो सेलमा उमङ्ग थप्न सुप्रसिद्ध गायिका सुवानी मोक्तानले कार्तिक २४ गते राति १० बजे दराज लाईभ मार्फत कार्यक्रम सञ्चालन गर्नुहुनेछ। यो कार्यक्रम दराजको एपबाट प्रत्यक्ष प्रशारण गरिने छ । यो कार्यक्रममा मोक्तानको सांगीतिक प्रदर्शनका साथै विभिन्न खेल र प्रश्नेत्तरहरु समावेश छन् जहाँ दर्शकहरुले आफ्नो सहभागिता जनाएर प्रत्येक ११ मिनेटमा आकर्षक उपहारहरु जित्न सक्नुहुन्छ ।
दराज ११.११ सेल कार्तिक २५ गतेबाट सुरु भाई मंसिर ०६ गते समापन हुने छ।