नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक (ISP) भायानेटले “साम्बा प्याक” योजना घोषणा गरेको छ। नयाँ अल्ट्रा-फास्ट ब्रॉडब्यान्ड योजना नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी स्टार खेलाडी फुटबल खेलाडी साम्बा “सवित्रा भण्डारी” बाट प्रेरित छ। यो योजनाले साम्बाको गति, शक्ति र विश्वसनीयतालाई प्रतिबिम्बित गर्दछ जुन भायानेटले स्ट्रिमिङ, गेमिङ, अनलाइन काम, आदिको लागि निकै उपयुक्त रहेको बताएको छ।
भायानेट साम्बा प्याक इन्टरनेट योजनाहरू
भायानेट साम्बा इन्टरनेट प्याक तीन फरक प्याकेजहरूमा आउँछ- ५० Mbps, १०० Mbps, २०० Mbps, र ३०० Mbps। यसका साथै, यदि तपाईंले वार्षिक रूपमा १०० एमबीपीएस वा सोभन्दा माथिको योजनाको सदस्यता लिनुभयो भने, तपाईंले १ महिनाको नि:शुल्क सेवा पाउनुहुनेछ। तपाईंले प्रति वर्ष रु ८,५०० (कर सहित) मा १०० एमबीपीएस साम्बा प्याक खरिद गर्न सक्नुहुन्छ।
भायानेटले यो इन्टरनेट अफरको लागि साम्बासँग सहकार्य गर्न पाउँदा गर्व लागेको बताएको छ। फुटबल खेलाडीको स्टारडम युवाहरूलाई प्रेरित गरेको छ र उनलाई खेलप्रेमी बीच निकै परिचित बनाएको छ। उनको समर्पण, उत्कृष्टता, प्रयास भायानेटको साम्बा प्याकको मूल विशेषताहरु पनि हुन्।
कम्पनीले साम्बासंगको यो साझेदारीलाइ एक महत्त्वपूर्ण कोसेढुङ्गा को रुपमा व्याख्या गरेको छ । कम्पनिले बताएको छ कि यो साझेदारीले खेलकुदमा महिलाहरूलाई सहयोग गर्नेका साथ्साथै उच्च-गुणस्तरको इन्टरनेट सेवाहरू प्रदान गर्ने प्रतिबद्धतालाई पनि प्रतिबिम्बित गर्दछ।
यो पनि: एनसेलको रिन्यूअल प्याक सधैं अन र अन्य प्रोडक्टमाः अनलिमिटेड कनेक्टिभिटीको उत्तम अनुभव
भायानेट साम्बा प्याक आइतबार, मार्च ०९, २०२५ मा सुरु हुन्छ।