काठमाडौँ, नेपाल – १० फेब्रुअरी, २०२६ – स्कोडा नेपालले बहुप्रतीक्षित स्कोडा कायलाकलाई आज औपचारिक रूपमा सार्वजनिक गरेको छ, जसले एसयुभी सेग्मेन्टमा ब्रान्डका लागि महत्वपूर्ण उपलब्धि थपेको छ। चन्द्रागिरि हिल्समा आयोजित लन्च कार्यक्रम कम्पनीको लिडरशिप, व्यावसायिक साझेदार, इन्फ्लुएन्सर तथा सञ्चारकर्मीहरूको उपस्थितिमा सम्पन्न भएको थियो, जसले यस मोडलप्रति नेपालमा देखिएको उत्साह झल्काएको छ।
कार्यक्रमको उद्घाटन एमएडब्लू ग्रुपका अध्यक्ष श्री विष्णु कुमार अग्रवाल तथा एमएडब्लू एक्सपान्ज प्रा. लि. का कार्यकारी निर्देशक श्री रौनक अग्रवालले संयुक्त रूपमा गर्नुभएको थियो। उहाँहरूले कायलाक सार्वजनिक गर्दै नेपालको विविधतायुक्त सडक अवस्थाका लागि यसको उपयुक्तताबारे प्रकाश पार्नुभयो। कार्यक्रममा कायलाकलाई केवल सहरका लागि मात्र नभई हाइवे र पहाडी सडकका लागि समेत उपयुक्त एसयुभीका रूपमा प्रस्तुत गरिएको थियो, जसले यसको वास्तविक नेपाली सडकका लागि बनेको गाडी भन्ने पहिचानलाई थप मजबुत बनाएको छ।
पावर
सहरमा सहज प्रयोग, हाइवेमा आरामदायी यात्रा र पहाडी सडकमा आत्मविश्वासपूर्ण प्रदर्शनका लागि डिजाइन गरिएको स्कोडा कायलाकले कम्प्याक्ट आकारको हुँदाहुँदै पनि दमदार रोड प्रेजेन्स र स्मूथ ड्राइभिङ अनुभव प्रदान गर्दछ। १७८ Nm टर्क र ११५ bhp पावर दिने टर्बोचार्ज्ड पेट्रोल इन्जिनद्वारा सञ्चालित कायलाक आफ्नो सेग्मेन्टकै उत्कृष्ट प्रदर्शन दिने गाडीमध्ये एक हो। यसले सहज ओभरटेक, उकालोमा मजबुत चढाइ तथा दैनिक यात्रामा सहजता प्रदान गर्छ। यसको सन्तुलित पावर डेलिभरीले उकालो, ग्राभेल सडक तथा अनिश्चित सतहमा समेत नियन्त्रणसहितको प्रदर्शन सुनिश्चित गर्छ, जसले यसलाई नेपालको विविधतायुक्त भू-भागका लागि अत्यन्त उपयुक्त बनाउँछ।
सुरक्षा
स्कोडाको सदाबहार फाइभस्टार सुरक्षा इन्जिनियरिङमा आधारित कायलाकले यात्रु सुरक्षालाई उच्च प्राथमिकता दिएको छ। युरो NCAP र भारत NCAP जस्ता ग्लोबल क्र्यास टेस्ट कार्यक्रमहरूमा प्राप्त फाइभस्टार सुरक्षा रेटिङले वर्षौंदेखि ग्राहकको विश्वास जित्दै आएको छ। कायलाकलाई मनाङ, ढोरपाटन र ३,७५६ मिटर उचाइमा रहेको तीनजुरे जस्ता चुनौतीपूर्ण भू–भागमा परीक्षण गरिएको छ, जसले वास्तविक अवस्थामा यसको क्षमतालाई प्रमाणित गरेको छ।
भारतमा सार्वजनिक भएको पहिलो वर्षमै ५०,००० भन्दा बढी युनिट बिक्री भइसकेको कायलाकले AutoX, Jagran HiTech, Car & Bike Awards र MotorScribes बाट “कार अफ द इयर २०२५” लगायतका सम्मानहरू प्राप्त गरिसकेको छ, जसले यसको समग्र प्रदर्शन, डिजाइन र मूल्यलाई प्रमाणित गर्छ।
कार्यक्रममा बोल्दै श्री विष्णु अग्रवालले भन्नुभयो, “स्कोडा कायलाक हरेक उकालोमा आत्मविश्वास र हरेक सडकमा नियन्त्रण प्रदान गर्ने गाडी हो। यो नेपालको अनिश्चित सडक अवस्थालाई ध्यानमा राखेर इन्जिनियर गरिएको छ, जहाँ यसको पावर वास्तवमै प्रयोग गर्न सकिन्छ।”
श्री रौनक अग्रवालले थप्नुभयो, “कायलाकले प्रिमियम इन्जिनियरिङ, दमदार प्रदर्शन र स्कोडाको 12-12-12-12 कार्यक्रम मार्फत सहरका सडकदेखि पहाडका बाटोसम्म किफायती मर्मतसम्भार तथा तनावमुक्त स्वामित्व अनुभव प्रदान गर्छ।”
स्कोडा कायलाकको मूल्य
अब ने.रू. ४५.९० लाखदेखि उपलब्ध कायलाकले उच्च प्रदर्शन, सुरक्षा र प्रिमियम निर्माण गुणस्तरलाई अझ फराकिलो ग्राहक वर्गसम्म पुर्याएको छ। यस लाइनअपको प्रमुख आकर्षण स्कोडा कायलाक अटोमेटिक हो, जुन ने.रू. ५२.९० लाखदेखि सुरु हुन्छ र विशेष गरी ट्राफिक तथा उकालोमा गाडी रोक्दा-चलाउँदा स्मूथ, शक्तिशाली र तनावमुक्त ड्राइभिङ अनुभव प्रदान गर्छ।
आधिकारिक सार्वजनिकसँगै स्कोडा कायलाकले आफूलाई पावर, भू-भागमा क्षमता र आत्मविश्वासको उत्कृष्ट संयोजन दिने अटोमेटिक एसयुभीका रूपमा स्थापित गरेको छ, जुन वास्तवमै नेपालको अनिश्चित सडकका लागि बनेको हो।