हुन्डाई क्रेटा ईभीनेपालमा अनावरण भएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले यो कम्प्याक्ट एसयुभीलाइ चार संस्करणमा भित्र्याएको हो ।पेट्रोल भेरियन्टमै धेरै चर्चा कमाएको हुनाले पनि यो कारले नेपाली बजारमा राम्रो प्रभाव पार्ने सम्भावना छ । जानौ यस कारका मुख्य विशेषता र मूल्य ।
हुन्डाई क्रेटा ईभीका मुख्य आकर्षण
नेपालमा सार्वजनिक गरिएको क्रेटा ईभी दुई वटा ब्याट्री प्याक विकल्पमा उपलब्ध छन्: ४२ किलोवाट आवर र ५१.४ किलोवाट आवर । यो जान्न जरुरि छ कि नेपालमा ४२ किलोवाट आवर ब्याट्री विकल्पमा एक्जिक्युटिभ, स्मार्ट, स्मार्ट (ओ), र प्रिमियम+ गरी चार भेरियन्टहरूमा उपलब्ध छ। ४२ किलोवाट आवर भेरियन्टले ९९ किलोवाट (१३५ पीएस) को पावर उत्पादन गर्छ, जसले ३९० किलोमिटर सम्मको यात्रा गर्न सक्ने क्षमता राख्छ। ५१.४ किलोवाट आवर भेरियन्टले १२६ किलोवाट (१७१ पीएस) को पावर उत्पादन गर्छ, जसको यात्रा क्षमता ४७३ किलोमिटर सम्म रहन्छ।

चार्जिंगको सवालमा, यी दुवै भेरियन्टमा एसी (११ किलोवाट) र डीसी (५० किलोवाट) फास्ट-चार्जिङ सपोर्ट छ। कम्पनीका अनुसार एसी चार्जिङ मार्फत ४२ किलोवाट आवर ब्याट्रीलाई ४ घण्टा र ५१.४ किलोवाट आवर ब्याट्रीलाई ४ घण्टा ५० मिनेट लाग्छ। डीसी फास्ट चार्जिङ प्रयोग गर्दा १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न ५८ मिनेट मात्र लाग्छ।
सुरक्षामा अब्बल
हुन्डाईले क्रेटा ईभिमा सुरक्षाको प्रत्याभूति गर्न विविध फिचर्स राखेको छ । यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), हिल-स्टार्ट असिस्टेन्ट कन्ट्रोल (एचएसी), र हिल डिस्सेन्ट कन्ट्रोल (एचडीसी) जस्ता आधुनिक सुरक्षा फिचरहरू समावेश छन्।
यसैगरी, उच्च भेरियन्टहरूमा हुन्डाई स्मार्टसेन्स र एडीएएस लेवल २ प्रविधि पनि जडित छ ।

भित्र आरामदायी भेन्टिलेटेड सिट का साथै १०.२५ इन्च एचडी स्क्रिनसहितको इन्फोटेनमेन्ट प्रणाली रहेको छ। मनोरन्जनका लागि कारमा बोस प्रिमियम साउन्ड सिस्टम पनि प्रदान गरिएको छ भने स्मार्ट प्यानोरामिक सनरूफ लाइ आवाजले नै संचालन गर्न सकिन्छ । साथै, कारको पछाडी आइटी का समान राखेर काम गर्न मिल्ने सुविधा पनि रहेको छ।
नेपालमा हुन्डाई क्रेटा ईभीको मुल्य
नेपालमा हुन्डाई क्रेटा ईभीको सुरुवाती मुल्य रु ५१.९६ लाख निर्धारण गरिएको छ जुन एक्ज्युकेटिभ भेरियन्टको मूल्य हो । यसैगरी, स्मार्ट भेरियन्टको मूल्य ५४.९६ लाख तोकिएको छ । त्यसैगरी, स्मार्ट (ओ) र प्रिमियम प्लस भेरियन्टको मूल्य क्रमश रु ५६.९६ र रु ५९.९६ लाख निर्धारण गरीएको छ ।
हुन्डाई क्रेटा ईभी | मूल्य (रुपैयाँ) |
एक्ज्युकेटिभ | ५१.९६ लाख |
स्मार्ट | ५४.९६ लाख |
स्मार्ट (ओ) | ५६.९६ लाख |
प्रिमियम प्लस | ५९.९६ लाख |
नेपालमा क्रेटा इभीले बिवाईडी अटो ३, ओमोडा ५, एमजी एस५ जस्ता इलेक्ट्रिक कारहरुलाई टक्कर दिने छ ।