ग्लोबल स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा बहुप्रतीक्षित भिभो भि५० (vivo V50) सार्वजनिक गरेको छ । जाइस्सँगको सहकार्यमा डिजाइन गरिएको यो अत्याधुनिक स्मार्टफोन प्रो–लेवल पोट्रेट फोटोग्राफी, स्टाइलिश डिजाइन, र दीर्घकालीन ब्याट्री परफर्मेन्सको संयोजनले स्मार्टफोन प्रविधिको नयाँ आयाम प्रस्तुत गर्दछ । मनोरञ्जन र सिर्जनात्मकताको लागि आदर्श मानिएको भिभो भि५० नेपाली प्रयोगकर्ताहरूको लागि उत्कृष्ट विकल्प सावित हुनेछ ।
भिभो भि५० मा रहेको ५० मेगापिक्सलको जाइस् ओआईएस् मेन क्यामेराले फ्ल्यागशिप स्तरको स्पष्टता र विवरण प्रदान गर्छ। ११९ड्ढ अल्ट्रा वाइड–एंगल क्यामेराले सुन्दर दृश्यहरू र ग्रुप तस्बिरहरू कैद गर्न मद्दत गर्छ। सेल्फी पारखीहरूका लागि, ५० मेगापिक्सल जाइस् ग्रुप सेल्फी क्यामेराले ९२ड्ढ जाइस् ऑटोफोकस वाइड–एंगल लेन्स सहित नेचुरल र हाई–डेफिनिशन सेल्फ–पोट्र्रेटहरू खिच्ने क्षमता राख्छ ।
एआई औरा लाईट पोर्ट्रेट २.० ले १४३ गुणा अल्ट्रा–सफ्ट फिल लाइट प्रदान गर्छ भने जाइस् मल्टिफोकल पोट्र्रेटले २३ एमएम, ३५ एमएम, र ५० एमएम फोकल लेङ्थमा प्रोफेशनल पोट्र्रेट इफेक्ट दिन्छ । बायोटार, बि–स्पीड र डिस्टागन जस्ता जाइस् स्टाईल ईफेक्टले पोट्र्रेट तस्बिरहरूमा सिनेम्याटिक गहिराइ थप्छ ।
यो पनि: रियलमी सि ६३ को नयाँ भेरिएन्ट उपलब्ध, नेपालमा मूल्य कति?
भिभो भि५०का अन्य फिचर्स
भिभो भि५० ले द्धप् अल्ट्रा–क्लियर भिडियो रेकर्डिङ सुविधासहित उच्च स्तरको भिडियो निर्माण क्षमता प्रदान गर्छ। एआई ईरेज २.०, लाईभ कटआउट, फिल्म क्यामेरा मोड र लाईभ फोटो जस्ता प्रविधिहरूले प्रयोगकर्ताहरूलाई थप सिर्जनात्मक बनाउन मद्दत गर्छ। भिभो भि५० को ४१ड्ढ गोल्डन कर्भचरसहितको क्वाड–कर्भ डिस्प्लेले न केवल आकर्षक लुक्स प्रदान गर्छ, तर सहज पकड र इमर्सिभ भ्यु अनुभवसमेत दिन्छ। एन्टी–मिस्टच एल्गोरिदमले मल्टिटास्किङ र गेमिङलाई सहज बनाउँछ । यो स्मार्टफोन दुई आकर्षक रंगहरू— स्टारी ब्लु र स्याटिन ब्लाक— मा उपलब्ध हुनेछ ।
प्रदर्शनको मामलामा, क्वालकम स्न्यापड्रैगन ७ जेन ३ प्रोसेसरले १५% छिटो सिपियु प्रदर्शन र ५०% सुधारिएको जिपियु पावर प्रदान गर्छ । १२ + १२ जि बी को विस्तारित ¥यामले कुनै पनि एप स्विचिङलाई सहज बनाउँछ । ६००० एमएएच ब्लु भोल्ट ब्याट्री र ९० वाट फ्ल्यास चार्ज प्रविधिले १० मिनेट चार्जमै ६ घण्टा कुरा गर्ने वा ३ घण्टा भिडियो स्ट्रिमिङ गर्ने क्षमता दिन्छ । आईपि ६८ र ६९ वाटर तथा डस्ट रेसिस्टेन्सले यो स्मार्टफोनलाई दैनिक जीवनका चुनौतीहरू सामना गर्न सक्षम बनाउँछ ।
भिभो भि५० फोनको बजार मूल्य
नयाँ टेक्नोलोजी र उत्कृष्ट डिजाइन सहितको भिभो भि५०को नेपाली बजार मूल्य रु. ६७,९९९ तोकिएको छ । मार्च १८ देखि मार्च २४ सम्म प्रिबुकिङ उपलब्ध हुनेछ, जसअन्तर्गत ग्राहकहरूले निःशुल्क भिभो इयरबड्स पाउनेछन्। पहिलो बिक्री मार्च २५ बाट भिभोको अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइन प्ल्याटफर्ममा सुरु हुनेछ ।