सामसङ नेपालले ग्यालेक्सी Buds3 FE को आगमनको घोषणा गरेको छ — एक आकर्षक र बुद्धिमानी ट्रू–वायरलेस इयरबड्स, जसले फ्ल्यागशिप स्तरका सुविधाहरूलाई अझ विस्तृत प्रयोगकर्तासम्म पुर्याउँछ। नवीनतम ग्यालेक्सी AI एकीकरण र आइकोनिक “ब्लेड” डिजाइन सहित, Buds3 FE ले ग्यालेक्सी इकोसिस्टम अन्तर्गत अडियो नवप्रवर्तनको नयाँ युगको सुरुवात गरेको छ।
Buds3 FE का अन्य विशेषता
ग्यालेक्सी Buds3 FE लाई उत्कृष्ट मूल्यमा शक्तिशाली ध्वनि र परिष्कृत सुविधाहरू प्रदान गर्न इन्जिनियर गरिएको छ। ठूलो स्पिकर, उन्नत Active Noise Cancelling (ANC), र क्रिस्टल क्लियर कल टेक्नोलोजी — जसले मेसिन लर्निङद्वारा शोरयुक्त वातावरणमा समेत प्रयोगकर्ताको आवाजलाई अलग पार्छ — का साथ यी इयरबडहरूले गहिरो ध्वनि र स्पष्ट संचार सुनिश्चित गर्छन्।
ग्यालेक्सी इकोसिस्टमसँग सहज रूपमा एकीकृत हुन डिजाइन गरिएका Buds3 FE ले Auto Switch समर्थन गर्छ, जसले ग्यालेक्सी उपकरणहरू बीच छिटो रूपान्तरण गर्न अनुमति दिन्छ। साथै, एप–रहित नियन्त्रण, र तीव्र कनेक्टिभिटीका कारण संगीत सुन्ने, कल गर्ने वा अन्तर्राष्ट्रिय यात्रा गर्दा समेत तपाईं सधैं जोडिएका, केन्द्रित र नियन्त्रणमा रहन सक्नुहुन्छ।

सामसङ नेपालका MX डिभीजनका डाईरेक्टर, प्रणय रत्न स्थापित भन्छन् —
“ग्यालेक्सी Buds3 FE मार्फत हामी ग्यालेक्सी AI र स्मार्ट अडियोको शक्ति अझ बढी प्रयोगकर्तासम्म पुर्याउँदैछौं — आकर्षक डिजाइन र पहुँचयोग्य रूपमा। यो बिना सम्झौता सुन्ने, अन्तरक्रिया गर्ने र अनुभव गर्ने स्वतन्त्रता प्रदान गर्नका लागि हो।”
यो पनि: सामसङले ल्यायो ग्यालेक्सी Tab S11: क्रिएटिभिटी र प्रोडकटिभिटीको लागि प्रिमियम ट्याब्लेट
ग्यालेक्सी Buds3 FE को नेपालमा मूल्य
ग्यालेक्सी Buds3 FE अहिले तपाईंको नजिकको सामसुङ स्टोरमा रु. १९,९९९ मा उपलब्ध छ।
ग्यालेक्सी Buds3 FE अहिले देशभरका अधिकृत सामसुङ खुद्रा स्टोरहरूमा उपलब्ध छन्। साथै, Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित Samsung Insta Finance सेवामार्फत ग्राहकहरूले ०% ब्याजदरमा सजिलो EMI विकल्प सहित नयाँ उपकरणहरू प्राप्त गर्न सक्नेछन्।