६४ MP क्यामरा, ६००० mAh व्याट्री तथा १६.२१ से.मि सुपर डिस्प्लेको साथ सामसङ M31 नेपाली बजारमा

नेपालको सबैभन्दा ठूलो कन्ज्युमर इलेक्ट्रोनिक्स तथा स्मार्टफोन ब्राण्ड सामसङले हालै Galaxy M31 स्मार्टफोन आफ्ना युवा एवं जेन जी ग्राहकहरुलाई लक्षित गरी नेपाली बजारमा पनि प्रस्तुत गरेको छ ।

यो फोन Galaxy M को थप नयाँ शृंखला हो । यस शृंखला अन्तर्गत सामसङले विभिन्न ५ मोडेलहरु प्रस्तुत गरिसकेको छ । सामसङको M शृंखला अन्तर्गत Galaxy M10, M20, M30, M40, M30s रहेका छन् । सन् २०१९ सामसङको #MegaMonster ह्यास ट्याग अन्तर्गत Galaxy M31 मा ६४ मेगापिक्सलको क्वाड क्यामरा रहेको छ, साथै ६००० mAH को व्याट्री तथा सामसङको आफ्नै Super AMOLED डिस्प्ले पनि विद्यमान रहेको छ ।

६४ मेगापिक्सलको क्यामराले अत्यन्त शूक्ष्म, विस्तृत एवं अद्वितीय फोटो खिच्ने सामथ्र्य प्रदान गर्दछ । १२३ डिग्रीको फिल्ड अफ भ्युका साथ ८ मेगापिक्सलको अल्ट्रा वाइड लेन्सले मानव आँखाले जस्तो देख्दछ त्यस्तै क्यामराले कैद गर्न सक्दछ । साथै क्लोजप फोटो खिच्नको लागि यसमा ५ मेगापिक्सलको माइक्रो लेन्स राखिएको छ । साथै ५ मेगापिक्सलको डेफ्ट लेन्सले लाइभ फोटो खिच्न सक्दछ ।

Galaxy M31 ले द्धप भिडियो रेकर्डिङ्ग, हाइपरल्याप्स, स्लोमो तथा सुपर स्टेडि मोडमा भिडियो खिच्न सक्दछ । यसका साथै यसमा भएको नाइट मोडले अँध्यारोमा पनि उत्कृष्ट फोटो एवं भिडियो खिच्न मद्दत गर्दछ । यसको ३२ मेगापिक्सलको फ्रन्ट क्यामरामा पनि द्धप भिडियो रेकर्डिङ्ग तथा स्लोमो सेल्फी सुविधा रहेको छ ।

Galaxy M31 मा कम्पनीको अग्रणी ६००० mAH ब्याट्री राखिएको छ, जसले सहजै पूरै दिन रात मज्जाले फोन चलाउने स्वतन्त्रता प्रदान गर्दछ । यो फोनमा टाइप सि १५ वाटको फास्ट चार्जर एवं मेगामोन्स्टर व्याट्री रहेको छ । यो फोन केवल ८.९ एमएम मोटाइको मात्र रहेको छ भने यसको कूल तौल १९१ ग्राम मात्र रहेको छ । यो सहजै हातमा लिन सकिने खालको रहेको छ ।

“Galaxy M शृंखलाले सन् २०१९ मा आफ्नो अभूतपूर्व सफलता हासिल गरेको छ । हालै प्रस्तुत गरिएको Galaxy M31 फोन आजका युवावर्गहरुको आवश्यकता एवं चाहना अनुरुप नै निर्माण गरिएको हो । यो फोन #Megamonster को वास्तविक रुप हो, यसमा ६४ मेगापिक्सलको क्यामरा, अभुतपूर्व ६००० mAH को व्याट्रि तथा AMOLED डिस्प्ले रहेको छ” सामसङ नेपालका मोबाइल विजिनेस प्रमुख प्रणय रत्न स्थापितले बताउनु भयो ।
Galaxy M31 फोनमा AMOLED डिस्प्ले रहेको छ, जसले गर्दा दृश्यावलोकनको जीवन्त अनुभव प्रदान गर्दछ । यो फोन Widevine L1 द्वारा प्रमाणिकृत भएको छ, जसले उच्च डिफिनिसनको विषयवस्तु स्ट्रिमिङ्गको सुनिश्चितता प्रदान गर्दछ ।

Galaxy M31 मा गेमिङ्ग तथा मुभि देखि वेभ सर्फिङ्ग तथा मल्टिटास्किङ्ग कार्यहरु विना रुकावट तथा २६ घण्टासम्म भिडियो प्ले ब्याकको स्वतन्त्रता प्रदान गरेको छ ।

Galaxy M31 मा एन्ड्रोइड १० रहेकोछ यसमा सामसङको नयाँ One UI 2.0 राखिएको हुँदा कुनै रुकावट विनाको अनुभव प्राप्त गर्न सकिन्छ ।

मेमोरी तथा उपलब्धता

Galaxy M31 दुई मेमोरी समूहमा उपलब्ध रहेको छ । ६+१२८ GB तथा ८+१२८ GB Galaxy M31 फोन June 4, 2020 देखि नेपाल अधिराज्यभरका सामसङ ब्राण्डसप तथा रिटेल स्टोरहरुमा उपलब्ध हुने छन् ।

मूल्य

Galaxy M31 को ६+१२८ GB फोनको खरिद मूल्य रु. ३०,९९९ तथा ८+१२८ GB फोनको खरिद मूल्य रु. ३५,६९९ तोकिएको छ ।

Leave a Comment