शाओमीद्वारा रेडमी नोट ९ प्रो नेपालमा सार्वजनिक

शेयर गर्नुहोस

कवालकम स्न्यापड्रैगन ७२० जी प्रोसेसरको साथ इन—डिस्प्ले क्यामेरा, विशाल ५०२० एमएएच ब्याट्री र क्वाड क्यामेरा एरे जस्ता नयाँ विशेषताहरु

विश्वव्यापी टेक्नोलोजी लिडर शाओमीले आज नेपालमा रेडमी नोट सिरिज स्मार्टफोनको नवौं पुस्ताको घोषणा गरेको छ । टेक्नोलोजिकल विकासलाई बढावा दिदँै स्थानीय रूपमा अभिग्रहण गर्ने लक्ष्यको साथ, रेडमी नोट ९प्रो ले आईएसआरओको नेभिगेसन प्रणाली, न्याभइकलाई सपोर्ट गर्दछ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, “रेडमी नोट सिरिज सबैका लागि आविष्कारको प्रेरक बनेको छ । रेडमी नोट ८ सिरिजले रेडमी नोटको विरासतलाई निरन्तरता दिदैँ नयाँ बेन्चमार्क कायम गरेर सबै भन्दा बढि खोजिने सिरिजको रूपमा विकसित भएको छ । सन् २०१९ मा रेडमी नोट ८ विश्वव्यापी नम्बर १ एन्ड्रोइड स्मार्टफोन बनेको छ ।”

उनले थपे, “हामी विशेष गरी रेडमी नोट ९ प्रो को लागि उत्साहित छौं, जुन वास्तवमै मी फ्यानका लागि निर्माण गरिएको हो । हामी आशा गर्दछौं कि उनीहरूले यो औरा ब्यालेन्स डिजाइन, विशाल ब्याट्री र क्वाड क्यामेरा सेट अपको उत्कृष्ट संयोजनलाई मन पराएर निरन्तर उत्कृष्ट विशेषताका साथ उच्च गुणस्तर र सुलभ मुल्यमा नविन प्रविधि भित्र्याउने हाम्रो प्रयासको प्रशंसा गर्नेछन् ।”

रेडमी नोट ९ प्रो — पर्फमेन्स बिस्ट

रेडमी नोट ९ प्रो ले यस सेगमेन्टमा अत्याधुनिक प्रदर्शन र परिष्कृत क्यामेरा अनुभव ल्याउँदै रेडमी नोट सिरिजको विरासतलाई अगाडि बढाउँछ । यो यसको मूल्य खण्डको सबैभन्दा प्रतिस्पर्धी स्मार्टफोन हो जसमा आधुनिक क्वालकम स्न्यापड्रैगन ७२०जीे विशेषता रहेको छ ।
८ एनएम प्रोसेस टेक्नोलोजीले यसलाई अन्य १२ एनएम चिपसेटहरूको तुलनामा स्थिर अधिकतम प्रदर्शनको लागि १—१.५ डिग्री कूलर चलाउन सक्षम राख्दछ । फोनले न्याभइक पनि समर्थन गर्दछ ।

रेडमी नोट ९ प्रोको ४८ एमपीको सामसुङ्ग आईसोसेल ब्राइट जीएम२ सेन्सर स्मार्ट आईएसओ जस्ता विशषताहरु ल्याएर वास्तवि ४८ एमपी फोटोग्राफी ल्याउनको लागि आफ्नो पूर्ववर्तीमा निर्माण भएको छ, र यसले कम प्रकाश जस्ता कठिन अवस्थामा अझ राम्रो फोटोहरु खिच्न सक्षम पार्दछ । ४८ एमपी सेन्सर एक ८ एमपी अल्ट्रा—वाइड एंगल लेन्स, एक २ एमपी डेप्थ सेन्सर र एक ५ एमपी म्याक्रो सेन्सर संग जोडीएको छ जसले वस्तुको २ सीएम जति नजिक पुग्न र १०८०पी म्याक्रो भिडियो समर्थन गर्न मद्दत गर्दछ । सेल्फी प्रेमीहरूको लागि, त्यहाँ फ्रन्टमा १६ एमपी सेन्सर छ ।

यसमा औरा ब्यालेन्स डिजाइन विशेषता रहेको छ जसले गर्दा रेडमी नोट ९ प्रो मा इमर्सिभ अनुभव, अवगुणरहित शिल्पकौशल र कार्यकारी डिजाइन प्रदान गर्दछ । साइड—माउन्टेड फिंगरप्रिन्ट स्क्यानरसँग नजिकै कुनै उचाईको दुरि बिना म्याट—फिनिश मिडफ्रेम हुन्छ जसले गर्दा रेडमी नोट ९ प्रो ले प्राकृतिक दृष्टिकोणको अनलकंग सुविधा प्रदान गर्दछ ।

विशेषता

गुणस्तरमा उच्च प्राथमिकताका साथ, रेडमी नोट ९ प्रो सिरिजको अगाडि, पछाडि र रियर क्यामेरा लेन्सहरूमा ट्रिपल कर्निंग गोरिला ग्लास ५ छ । यसलाई पी२आई, स्प्लेश प्रुफ न्यानो कोटिंग टेक्नोलोजीद्वारा सुरक्षित गरिएको छ जसले तिनीहरूलाई आकस्मिक पानी छल्कनुबाट बचाउँछ, र प्रबलित कर्नरहरूले दुर्घटनात्मक गिरावटको लागि उत्तम लचिलोपना प्रदान गर्दछ ।

मुल्य र उपलब्धता

रेडमी नोट ९ प्रो ६जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्टमा इन्टरस्टेलर ब्ल्याक रंगमा रु २९,९९९ मुल्यमा अफलाइन स्टोरहरु, रिटेल पार्टनर र अनलाइन पार्टनरमा छिट्टै उपलब्ध हुनेछ ।


शेयर गर्नुहोस

Leave a Comment