सामसङ नेपालले ल्यायो ७००० mAH ब्याट्रि युक्त Galaxy M51 स्मार्टफोन

शेयर गर्नुहोस

नेपालको विश्वासिलो स्मार्टफोन ब्राण्ड सामसङले हालै आफ्नो M सिरिज अन्तर्गत Galaxy M51 स्मार्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ । शक्तिशाली एवं प्रिमियम स्मार्टफोन प्रविधिलाई आत्मसाथ गर्नुहुने ग्राहकहरुलाई अझै उपयुक्त हुनेछ ।

यसमा नेपालमै पहिलो पटक ७०००mAH को ब्याट्रिको साथ Snapdragon ७३० जी रहेको छ । यसमा ६.७ इन्च को sAMOLED प्लस इन्फिनिटी ओ डिस्प्ले रहेको छ । यसले दृश्यावलोकनको लागि जीवन्त अनुभव प्रदान गर्दछ । साथै सिङ्गल टेक फिचरको साथ सेगमेन्ट लिडिङ्ग सोनी ६४ मेगापिक्सेलको क्वाड क्यामरा रहेको छ ।

“Galaxy M सिरिज स्मार्टफोनले छोटो अवधिमा आम नेपाली ग्राहकहरुको मन मस्तिष्कमा राम्रो छाप पार्न सफल भएको छ । Galaxy M51 प्रस्तुत गरेसँगै हामी फोन प्रतिको विरासतलाई अझै माथि उठाउन सक्षम भएका छौं । सदैब नयाँ कुराको प्रयोग गर्न रुचाउने हाम्रा जेन जि एवं मिलेनियलहरुलाई यस मोबाइल सेटमा आफूले खोजेको हरेक सुविधा प्राप्त हुने छ । यसमा ः सिरिजमा रिडिफाइन फिचरहरु राखिएका छन् । यसमा ७०००mAH को ब्याट्रि राखिएको छ । यसमा भएका सुविधा एवं विशेषताहरुले यसको क्याम्पेन लाइन “Meanest Monster Ever,” लाई समेत पुष्टि गरेको छ । सामसङ नेपालका मोबाइल बिजिनेस प्रमुख प्रणय रत्न स्थापितले बताउनु भयो ।

शक्तिशाली Snapdragon ७३० जी को आधार रहेको छ, जसले गर्दा सामसङ Galaxy M51 फोन आफैमा रोमाञ्चकारी बन्न पुगेको छ । यसमा इन्टलिजेन्ट अन डिभाइस Qualcomm® AI engine, Qualcomm® Snapdragon Elite Gaming™ जस्ता सुविधाहरु तथा Snapdragon ७३० जी को साथ HDR गेमिङ्ग, 4K HDR भिडियो क्याप्चर जस्ता सुविधाले वास्तविकता प्रदान गर्दछन् भने M51 मा सफा ग्राफिक्स तथा सिनेमा–क्वालिटी प्राप्त गर्न सकिन्छ ।

नेपालको पहिलो ७००० mब्ज ब्याट्रि


Galaxy M51 नेपालको पहिलो ७०००mAH ब्याट्रि भएको स्मार्टफोन हो । इन्डस्ट्रि लिडिङ्ग नवीनतम M51 ले धेरै समय मोबाइलमा विताउनु हुने आजका युवाहरुको आवश्यकतालाई सहजै पूरा गर्ने छ । यस फोनको बक्ससँगै Type-C २५ वाटको चार्जर पनि उपलब्ध रहेको छ, यस चार्जरले चाडो समयमा मोबाइलको Monster ७०००mAh ब्याट्रि मात्र २ घण्टामा चार्ज गर्ने क्षमता राख्दछ । यो फोनमा सिभर्स चार्जिङ्ग पनि उपलब्ध रहेको छ Type C बाट Type C केबलले अन द गोको अवस्थामा पनि आफ्ना जीवन्त अनुभव सेयर गर्ने सुविधा दिन्छ ।

sAMOLED प्लस को साथ इन्फिनिटि ओ डिस्प्ले


Galaxy M51 फोनमा दृश्यावलोकनको जीवन्त अनुभव प्रदान गर्न ६.७ इन्चको sAMOLED प्लस को साथ इन्फिनिटि–ओ डिस्प्ले रहेको छ । sAMOLED को तुलनामा sAMOLED प्लस डिस्प्ले १३ प्रतिशत पातलो तथा १२ प्रतिशत हलुका रहेको छ । यसले ७०००mAh को ब्याट राख्दा पनि फोन केवल ९.५ एम एम पातलो तथा २१३ ग्राम तौलको बन्न पुगेको छ । प्यानलले अभूूतपूर्व एङ्गलमा पनि अनेकौं रंगहरु जस्ताको तस्तै देख्न सकिन्छ, यसमा पिक्चरको गुणस्तरीयता पनि उत्तिकै रहन्छ । Galaxy M51 को sAMOLED प्लस डिस्प्ल ले कम पावर खपत गर्दछ ।

६४ मेगापिक्सेल क्वाड क्यामरा


Samsung M51 को क्वाड क्यामरा सेटपमा, दिन र रातमा अभूतपूर्व फोटो खिच्नको लागि ६४ मेगापिक्सलको Sony IMX 682 सेन्सर रहेको छ । Galaxy M51 मा १२३ डिग्रीको फिल्ड अफ भ्यु रहेको छ, जसले गर्दा मानव आँखाले जस्तो देख्दछ त्यस्तै फोटो खिच्ने सुविधा प्रदान गर्दछ । त्यसै गरी M51 मा भएको ५ मेगा पिक्सलको डेडिगेटेड लेन्सले क्लोज अप फोटो खिच्दा लाइभ फोकस गर्न सकिन्छ । यसमा 4K भिडियो रेकर्ड गर्न सकिनेछ भने हाइपर ल्याप्स, स्लोमो तथा सुपर स्टेडि मोडहरु उपलब्ध रहेका छन् । यस फोनको अगाडि भएको क्यामराले पनि द्धप् भिडियो खिच्दछ र स्लोमो सेल्फी पनि खिच्न सकिन्छ । Samsung M51 मा शक्तिशाली क्यामरा हार्डवेरको साथ विशेष सुविधाहरु जस्तै सिग्नल टेक जस्तो सुविधा पनि राखिएको छ । यसबाट क्यामराको नयाँ तहको अनुभव प्राप्त हुन्छ । सिङ्गल टेक सुविधाबाट उत्कृष्ट अवस्थालाई कैद गर्न सक्दछ र १० सेकेन्ड सम्मको फुटेज खिचेर AI को माध्यमबाट १० फरक फरक आउट पुट प्रदान गर्दछ, जसमा ७ प्रकारको फोटो र ३ प्रकारको भिडियो रहनेछन् ।

शक्तिशाली प्रोसेसर


Samsung Galaxy M51 मा कम पावर खपत हुने क्लबउमचबनयल ७३० जी मोबाइल प्लाटफर्मको प्रयोग गरिएको छ, र २.२ GHz मा अक्टाकोर सिपियू सञ्चालन हुन्छ । यस अघि M सिरिज फोनहरुमा यसको प्रयोग गरिएको थिएन । Snapdragon ७३० जीमा Qualcomm® Adreno™ 618 GPU को प्रयोगले ग्राफिक्स रेन्डरिङ्ग १५ प्रतिशत चाँडो गर्न सक्छ । Galaxy M51 मा प्रयोग भएको SD ७३० जी ले उत्कृष्ट गेमिङ्ग अनुभव प्रदान गर्दछ । Qualcomm Spectra™ 350 ISP ले उत्कृष्ट फोटोग्राफी तथा भिडियोग्राफिमा जीवन्तता प्रदान गर्दछ । Qualcomm® Kryo™ 470 CPU ले लामो समयसम्म गेम खेल्ने स्वतन्त्रता प्रदान गर्दछ ।

मेमोरि क्षमता, मूल्य तथा उपलब्धता

दुई मेमोरी क्षमता ६/१२८ GB तथा ८/१२८ GB मा उपलब्ध रहेको यो फोन सेट दुई आकर्षक रंग–इलेक्ट्रिक ब्लु तथा सेलेस्टियल ब्ल्याकमा उपलब्ध रहेको छ ।

६/१२८ GB को मुल्य नेरु ३९,९९९ तथा ८/१२८ GB को मूल्य नेरु ४३,९९९ तोकिएको छ ।
Samsung M51 फोन नेपाल अधिराज्यभर रहेका सामसङ ब्राण्ड सप तथा रिटेल स्टोरहरुमा यही १५ डिसेम्बर २०२० देखि उपलब्ध छ ।


शेयर गर्नुहोस

Leave a Comment