सामसङले हालै नेपाली बजारमा #BingeMonster अन्तर्गत Galaxy M32 स्मार्ट फोन प्रस्तुत गरेको छ, जसमा 6.4” FHD+ Super AMOLED display, 6000mAh battery तथा 64 MP Quad Camera जस्ता विशेषताहरु विद्यमान रहेका छन् । हेर्नुस Samsung Galaxy M32 को फिचरहरु र नेपाली बजार को मुल्य (Price in Nepal) |
नेपालको अग्रणी एवं विश्वासिलो स्मार्ट फोन ब्राण्ड सामसङले हालै नेपाली बजारमा #BingeMonster अन्तर्गत M सिरिजको अर्को नयाँ स्मार्ट फोन Galaxy M32 प्रस्तुत गरेको छ।
यो नयाँ स्मार्ट फोनले वास्तवमै नयाँ युवाहरुका मुभि, गेम, सोसल मिडिया जस्ता सम्पूर्ण आवश्यकताहरु लाई यो सहजै पूरा गर्न सक्दछ । यसमा 90Hz refresh rate को साथ ६.४ इन्चको FHD+ Super AMOLED रहेको छ । यसमा भएको सुविधाले न्यूनतम मोसन ब्लरको साथ प्रयोगकर्तालाई सिनेम्याटिक भ्युको जीवन्त अनुभव समेत प्रदान गर्दछ । यसको स्क्रिन ब्राइटनेस 800 nits ले Galaxy M32 लाई अझै सक्तिशाली एवं ब्राइटेस्ट डिस्प्ले प्रदान गरेको छ । यस्तो सुविधा यस अघि M सिरिजहरुमा उपलब्ध रहेका थिएनन् ।
“हामी सामसङ नेपालमा निरन्तर उत्कृष्ट फिचरहरुका साथ नयाँ नयाँ विशेषता युक्त स्मार्टफोनहरुको विकास गर्न लागि परेका छौं । यसै सिलसिलामा हामीले मोन्स्टर लेगेसीलाई निरन्तरता दिन नयाँ #BingeMonster को साथ उपस्थित भएका छौं, जसमा ब्राइटेस्ट तथा अझै शक्तिशाली डिस्प्ले, ६०००mAh व्याट्री तथा भर्साटाइट ६४ मेगा पिक्सलको क्वाड रियर क्यामरा रहेको छ । यसको उत्कृष्ट क्यामराले फोटो तथा भिडियोहरु उच्चस्तरीय खिच्ने स्वतन्त्रता प्रदान गर्दछ । यसमा भएका थुप्रै विशेषताहरुले यो डिभाइस आजका युवा एवं जेनजीहरु माझ अझै लोकप्रिय हुने छ र सोसल मिडिया इन्टरटेन्टमा नयाँ पुस्ताहरुलाई यो फोन उत्कृष्ट सावित हुने विश्वास लिएको छु” सामसङ मोबाइल नेपालका विजिनेस हेड प्रणय रत्न स्थापितले बताउनु भयो ।

Binge on Movies
नयाँ मा ६.४ इन्चको Super AMOLED Infinity-U screen रहेको छ । 90Hz refresh rate को साथ यसमा भएको FHD+ Super AMOLED Infinity-U screen ले मोसन ब्लरलाई अझै कम गर्न सहयोग दिन्छ । यस फोनमा अनलिमिटेड कन्टेन्ट स्ट्रिमिङ्ग, भिडियो कल तथा अनलाइन कोर्षहरु लिन थप सहजता प्राप्त हुन्छ । यो समूहमा उच्च ब्राइटनेस यस फोनमा रहेको छ । 800 nits को मोडले चमकिलो सूर्यको प्रकाशमा पनि उत्कृष्ट दृश्याबलोकनको अनुभव प्रदान गर्दछ ।
विन्ज अन एन अन (Binge On and On)
६०००mAH को ब्याट्री रहेको छ, जसले गर्दा दिन रात विना अवरोध स्मार्टफोन सञ्चालन गर्न सकिन्छ । यसले २५ वाटको चार्जिङ्गलाई सपोर्ट गर्दछ, त्यसैले यो स्मार्टफोनको खरिदमा १५ वाटको फास्ट चार्जर समेत प्रदान गरिएको छ । यसमा भएको बृहत् ब्याट्रि सुविधाले बारम्बार चार्ज गरिरहनु पर्ने झन्झटबाट मुक्ति समेत दिने विश्वास लिइएको छ । यसमा Octa-Core MediatekHelio G80 processor रहेको छ यसले पनि मल्टिटास्किङ्गमा थप सहजता प्रदान गर्दछ ।
विन्ज अन लाइक्स (Binge On Likes)
यसमा प्रयोगकर्ताले क्लिकको भरमा आफ्नै एल्बम तथा Feed सुनिश्चित गर्न सक्नुहुनेछ । Galaxy M32 मा २० मेगा पिक्सलको फ्रन्ट क्यामराको साथ ६४ मेगा पिक्सलको Quad Camera set-up उपलब्ध रहेको छ । यसले उत्कृष्ट सफा एवं मनोरम सेल्फी कैद गर्न सकिन्छ भने यसका साथै ८ मेगा पिक्सल को ultra-wide camera क्यामराको सहयोगबाट अभूतपूर्व ल्याण्डस्केप लिन सकिन्छ । त्यसै गरी २ मेगा पिक्सलको माइक्रो लेन्सले क्लोजअप फोटो लिँदा पनि सफा एवं स्पष्ट फोटो लिन सकिन्छ । यसका साथै प्रयोगकर्ताहरुले यसको डेफ्थ मोडलाई सहजै परिवर्तन गर्न पनि सक्नुहुने छ ।
मूल्य तथा उपलब्धता (Galaxy M32 Price in Nepal)
ब्ल्याक, लाइट ब्लु तथा लेजर ग्रिन गरी ३ आकर्षक कलरहरुमा उपलब्ध यो फोनका दुई भेरियन्टहरु उपलब्ध रहेका छन् । Galaxy M32 4/64GB लाई रु २४,९९९ तोकिएको छ भने Galaxy M32 6/128GB भेरियन्टलाई रु २७,९९९र( तोकिएको छ । यो फोन मिति २३ असार, २०७८ देखि नेपाल अधिराज्यभरका आधिकारीक सामसङ ब्राण्ड स्टोरहरु तथा रिटेल स्टोरहरुमा उपलब्ध रहने छन् ।