ह्वावेले यस वर्षको सीड्स फर द फ्युचर – ग्लोबल फ्ल्यागशिप CSR कार्यक्रम- नेपालको स्नातक तहका विद्यार्थीहरूका लागि आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच समापन गरेको छ । नेपालमा पहिलो पटक आयोजना भएको उक्त कार्यक्रममा ९ विभिन्न ICT पृष्ठभूमिबाट आएका, ८ विश्वविद्यालय र १३ शैक्षिक संस्थाका १९ विद्यार्थीले भाग लिएका थिए ।
कार्यक्रमका सबै आवश्यकता पूरा गरी उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
अक्टोबर ६ र नोभेम्बर ७ बीच ह्वावेले आफ्नो आवेदन पोर्टल seedsnepal.com मा नेपालभरबाट १३६ आवेदनहरू प्राप्त गरेको थियो जुन सबै स्नातक विद्यार्थीहरूको लागि खुला थियो । प्रतिस्पर्धात्मक छनोट प्रक्रिया पछि प्रतिष्ठित ICT प्रोफेसरहरु मिलेर बनेको सीड्स फर द फ्युचर समितिले काठमाडौं उपत्यका बाहिरका ४ जनासहित १९ स्नातक विद्यार्थीहरूलाई छनोट गरेको थियो, र ती विद्यार्थीहरूले अन्तर्राष्ट्रिय साथीहरुसँग ८ दिने अनलाइन तालिममा भाग लिए, Tech4good प्रोजेक्टमा सहभागी भए, घान्द्रुकमा ह्वावेद्वारा निर्मित 4G बेस स्टेशनको भ्रमण गरे र डिसहोम र एनसेलका उद्योग विशेषज्ञहरूका कक्षाहरूमा भाग लिए ।
ती विद्यार्थीहरूले Tech4good विश्वव्यापी प्रतिस्पर्धामा भाग लिने मौका पनि पाउने छन् जहाँ उनीहरूले सामाजिक र/वा वातावरणीय समस्याहरू समाधान गर्न प्रविधिको फाइदा उठाउन र २०००० डलर सम्मको पुरस्कार जित्न सक्नेछन् । सीड्स फर द फ्युचर पहिलो पटक थाइल्याण्डमा २००८ मा सुरु भएको थियो । त्यसयता १३० देश र क्षेत्रका ९,००० भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिइ सकेका छन् ।

समापन समारोहका प्रमुख अतिथि नेपालका लागि चीनका राजदूत होउ यान्छी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री देवेन्द्र पौडेल हुनुहुन्थ्यो । राजदूत होउले तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा १९ विद्यार्थीहरुलाई बधाई दिनुभयो । महामहिम राजदूतले एसिया-प्यासिफिक क्षेत्रका धेरै मानिसहरूलाई लाभान्वित गर्न सरकारहरूले इनोभेसन-संचालित विकासका सिद्धान्तहरू पालना गर्न, डिजिटल अर्थतन्त्रको नयाँ इन्जिनलाई प्रज्वलित गर्न र डिजिटल प्रविधिहरूको उपलब्धिहरूलाई सक्षम पार्नु पर्ने कुरामा जोड दिनुभयो । उहाँले कार्यक्रममा उत्तीर्ण विद्यार्थीहरूले विज्ञान र प्रविधिमा अग्रगामी बन्ने र चीन र नेपालबीच पुलको काम गर्ने आशा व्यक्त गर्नुभयो । राजदूत होउले ह्वावेको नेपालप्रतिको २१-वर्षे प्रतिबद्धता, नेपालको सूचना सञ्जाल निर्माणमा संलग्नता र नेपालमा सबै क्षेत्रलाई डिजिटल रूपान्तरणमा सहयोग पुर्याउने प्रयासको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा बोल्दै माननीय मन्त्री पौडेलले नेपालको ICT क्षेत्रमा र ICT क्षेत्रमा रहेका नेपाली विद्यार्थीको विकास गर्न ह्वावेले गरेको कामका लागि धन्यवाद दिनुभयो । उहाँले ह्वावेको सीड्स फर द फ्युचर कार्यक्रमको प्रशंसा गर्दै ह्वावेलाई यो जस्तै अन्य कार्यक्रमहरू ल्याउन अनुरोध गर्नुभयो । उहाँले स्नातकहरूले आफूले पाएको ज्ञान आफ्ना साथीहरूसँग बाँड्ने आशा पनि व्यक्त गर्नुभयो । “ICT क्षेत्रमा विश्वव्यापी रूपमा अगाडि बढिरहेको ह्वावेले नेपाली युवाहरूलाई थप प्रविधिमैत्री बनाउन काम गर्न सक्छ भन्ने मलाई आशा छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा सुरुदेखि नै संलग्न रहेका छनोट समितिका सदस्यहरूले पनि कार्यक्रम र ह्वावेको प्रशंसा गरेका थिए । प्रा. तिमिला यमी थापाले यस क्षेत्रका विज्ञहरुलाई ICT क्षेत्रमा धेरै योगदान दिनुका साथै प्राविधिक शिक्षामा विद्यार्थी, विशेष गरी ग्रामीण क्षेत्रका महिलाहरूलाई, ध्यान दिन आग्रह गर्नुभयो ।

विद्यार्थीहरुले Tech4Good प्रोजेक्ट – २ नोभेल मोबाइल एप्लिकेसन – बारे पनि कार्यक्रमा कुरा गर्नुभयो । विद्यार्थी अकिंत खनाल र युनिका बज्रचार्यले आ-आफ्नो प्रोजेक्ट – ग्रोवर्स पोइन्ट र साथी बारे बताउनु भयो । ग्रोवर्स पोइन्टले बिना कुनै दलाल किसानले ग्राहकसंग सिधा कारोबार गर्न पाउने उद्देश्य राखेको छ । साथीले टाईप-I मधुमेह रोगीलाई ग्लुकोमिटर रीडिंगको ट्र्याक गर्न र इनसुलिन डोसेज अलर्ट पठाउन मद्दत गर्नेछ ।
कार्यक्रमको अन्त्यतिर ह्वावेका प्रमुख कार्यकारी अधिकृत विलियम झांगले फाइनलिस्टहरुलाई बधाई दिनुभयो र १००% ग्राजुएसन रेटमा प्रसन्नता व्यक्त गर्नुभयो । विद्यार्थीहरुले आफ्नो साथीहरुलाई यस्ता कार्यक्रममा सहभागी हुन बढावा दिने छन् र ह्वावेको अनलाइन लर्निंग प्लाटफर्ममा आफ्नो सिक्ने यात्रा जारी राख्ने छन् भन्ने उहाँले आशा राख्नु भएको छ । उहाँले ह्वावेका पार्टनर डिसहोम र एनसेललाई विद्यार्थीहरुलाई सम्बन्धित उद्योगहरुमा ज्ञान दिएकोमा धन्यवाद ज्ञापन पनि गर्नुभयो ।