ह्वावेको विश्वव्यापी फ्ल्यागशिप कार्यक्रम सीड्स फर द फ्युचरमा नेपाली टोली विजय भएको छ। अगस्ट १८ मा प्रतिस्पर्धात्मक आवेदन प्रक्रियाबाट छनोट भएका नेपालका ७ जना विद्यार्थी पहिलो पटक क्षेत्रीय ‘अनसाइट कार्यक्रम’ मा सहभागी हुन थाइल्याण्ड प्रस्थान गरेका थिए। उनीहरुले आफ्नो अद्वैत (Advait) प्रोजेक्ट प्रस्तुत गरेका थिए।
नेपालमा सन् २०२१ मा सुरु भएको यस कार्यक्रमले विद्यार्थीहरूबाट अत्याधिक सकारात्मक प्रतिक्रिया पाइरहेको छ । साथै, यो हप्तामा उनीहरूले मेटाभर्स, फाइब जि, ए आइ, र क्लाउडको बारेमा सिकेका थिए भने युनेस्क्याप कार्यालय र थाइल्यान्डका सांस्कृतिक साइटहरूको भ्रमण पनि समावेश रहेको थियो । सो अवधिमा नेपाली विद्यार्थीहरूले आफ्नो प्रोजेक्ट – अद्वैत लाई परिष्कृत गर्नका लागि राखिएको मेन्टरसँग काम गरेका थिए। अगस्ट २७ मा भएको टेक फो गुड प्रतियोगितामा विजयी प्रोजेक्टहरू मध्ये अद्वैत पनि एक थियो। एसिया प्रशान्त क्षेत्रका १६ देशका २४ टोलीले प्रतियोगितामा आफ्नो अद्वितीय विचार प्रस्तुत गरेका थिए, जसमध्ये ७ टोलीलाई विजेताको रूपमा छनोट गरिएको थियो ।
अद्वैत एउटा एप हो जसले औषधिमा ठगी पत्ता लगाउन ब्लकचेन र एआईको प्रयोग गर्दछ । उक्त एपमा औषधिको प्रत्येक फाइल रहेको हुन्छ जसमा क्यु आर कोड राखिएको हुन्छ। क्यु आर कोड स्क्यान गरेपछि, खरिदकर्ताहरूलाई औषधिको उत्पादन मिति, म्याद समाप्ति मिति, आधिकारीक वितरक÷ खुद्रा विक्रेता मार्फत औषधि आएको हो कि हैन, र एम आर पि बारे सम्पूर्ण विवरणहरु देखाइ सूचित गरिन्छ।
टिम नेपालले अन्य ६ विजेता टोलीहरूसँग अर्को हप्ता सिंगापुरमा टेक फो गुड एक्सेलेटर क्याम्पमा पनि भाग लिनेछ जहाँ उनीहरूले विज्ञहरूसँग भेट गर्नेछन्। यसका साथै सिंगापुरको नेसनल युनिभर्सिटी क्याम्पसमा आफ्नो आइडियाको डेमो समेत सार्वजनिक गर्नेछन् ।