राष्ट्रिय सूचना प्रविधि केन्द्रले सातै प्रदेशमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम बिहीबारदेखि जुम्लाबाट सुरू गरेको छ । पहिलो कार्यक्रमको रुपमा कर्णाली प्रदेशको जुम्लाबाट कार्यक्रमको औपचारिक सुरुवात भएको हो ।
जुम्लाको होटल कान्जिरोवामा भएको एक विशेष कार्यक्रममा जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले नागरिक एपमार्फत डिजिटल सेवा लिदै कार्यक्रमको सुरुवात गरेका हुन ।
कार्यक्रममा नागरिक एपको तर्फबाट इन्जिनियर प्रविन चौहानले विशेष प्रस्तुति दिएका थिए भने प्रयोगकर्ता र सरोकारवालासँग अन्तरक्रिया समेत गरिएको थियो ।
कार्यक्रममा जिल्लाका विशिष्ट व्यक्ति, सरकारी अधिकारी, जनप्रतिनिधि, आईटी अधिकृत, निजी क्षेत्र, सरोकारवाला र सर्वसाधारणहरुको बाक्लो उपस्थिति रहेको थियो । केन्द्रका कार्यकारी निर्देशक प्रदिप पौडेलले भर्चुअल माध्यममबाट कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
सातै प्रदेशमा आयोजना हुने साक्षरता कार्यक्रम, प्रत्येक प्रदेशका २ ठाउँमा आयोजना हुने तय भएको इन्जिनियर चौहानले बताए । कर्णाली प्रदेशको सुर्खेतमा जेठ १२ गते कार्यक्रम आयोजना हुनेछ भने धनगढीमा जेठ १४ गते आयोजना हुनेछ । कार्यक्रमको समापन जेठ २६ गते गण्डकी प्रदेशको पोखरामा हुनेछ ।
नागरिक एपमा उपलब्ध सेवाहरुको बारेमा सरोकारवाला र सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले सातै प्रदेशमा कार्यक्रम गरिदै छ । डिजिटल साक्षरतालाई जोड दिदै कार्यक्रमहरु संचालन हुने आयोजकले जानकारी दिएको छ ।
यो पनि पढ्नुहोस: “नागरिक एप” प्रयोग गर्न, एन.टि.सि मोबाइलको दर्ता नाम परिवर्तन को लागि यसो गर्नुहोस
नागरिक एप प्रयोग गर्न आह्वान
एन्ड्रोइड र आईओएसमा उपलब्ध एप डाउनलोड गरेर प्रयोग गर्न केन्द्रले सबैलाई आह्वान गरेको छ । प्रयोगकर्ताको गुनासो र अन्य सेवाहरु थप्दै यसलाई प्रभावकारी बनाउने केन्द्रले जानकारी दिएको छ । नागरिक एप प्रयोग गर्न आफ्नो नाममा भएको मोबाइल नम्बर अनिवार्य गरिएको छ । त्यसपछि नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र वा ड्राइभिङ लाइनसेन्सबाट खाता खोल्न सकिन्छ ।
यद्यपी नागरिकता लगायत कतिपय व्यक्तिगत विवरण गलत देखाउने समेत गरेको प्रयोगकर्ताको गुनासो छ । यसलाई सम्बोधन गर्न केन्द्रले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यलयहरुमा समन्वय गरेर विवरण सच्याउने काम गरिरहेको छ ।
नागरिक एप डाउनलोड गर्नुहोस । एन्ड्रोइड | आइओएस
नेपाल सरकारले केही वर्षअघि सरकारी सेवाहरु सजिलो, छिटो र सुरक्षित तरिकाले मोबाइलबाटै उपलब्ध गराउने उदेश्यसहित नागरिक एप प्रयोगमा ल्याएको थियो । नागरिक एप २७ लाख बढीले एप डाउनलोड गरेका छन् भने ५३ बढी सेवाहरु उपलब्ध छन् ।
नागरिक एह समबन्धी कुनै जिज्ञासा भए तल कमेन्ट्मा लेख्नुहोस ।