वर्ल्डलिंकको कुल ग्राहक संख्या १० लाख पुग्यो

वर्ल्डलिंक कम्युनिकेसन्सल १० लाख ग्राहक संख्या पुर्‍याउन सफल भएको छ। यससंगै कम्पनी दश लाख घरधुरीमा आफ्नो सेवा बिव्स्तार गर्ने नेपालको पहिलो इन्टरनेट सेवा प्रदायक (ISP) बनेको छ। यस अवसरमा, कम्पनिले दस भाग्यशाली ग्राहकहरूलाई आईफोन १६ उपहार दिने घोषणा गरेको छ।

कम्पनीले आफ्नो फेसबुक पोस्टमा यो कोसेढुङ्गामा पुगेकोमा खुशीयाली व्यक्त गरेको छ। यो उपलब्धिले कम्पनीलाई अन्य शीर्ष आइएसपीहरू भन्दा धेरै अगाडि राखेको छ। यस अघि पनि वर्ल्डलिंक नेपालमा ८ लाख र ९ लाख ग्राहक बनाउन सक्ने पहिलो कम्पनि बनेको  थियो। प्रयोगकर्ताहरूको संख्याको आधारमा वर्ल्डलिंकले सधैं अन्य सबै ISP हरूलाई पछाडी उछिनेको छ।

यो उपलब्धि “संख्याको बारेमा मात्र होइन तर ग्राहकहरूको विश्वास, समर्थन र वफादारीको बारेमा पनि हो” भनी बताएको छ।

यो पनि: वर्ल्डलिंक र पबजीबिच सहकार्य, उच्च इन्टरनेट प्रदान गरिने

१० लाख प्रयोगकर्ता पुगेको अवसरमा वर्ल्डलिंकले आईफोन १६ पुरस्कार दिने

वर्ल्डलिंकले १० लाख ग्राहक पुगेको अवसरमा हरेक दिन १० वटा आईफोन १६ दिने घोषणा गरेको छ। यो उपहार मार्च २ देखि ११ सम्म लागू भएको छ। कम्पनीका अनुसार, अहिलेका र नयाँ ग्राहकहरू दुवै यस उपहारको लागि योग्य छन्।

यदि तपाईं नयाँ ग्राहक हुनुहुन्छ भने, तपाईंले नयाँ वर्ल्डलिंक इन्टरनेट जडान खरिद गर्दा आईफोन १६ पुरस्कार गिव अवेका लागि हुनुहुनेछ। यदि तपाईं प्रयोगकर्ता हुनुहुन्छ भने, उपहारको लागि योग्य हुन अनलाइन मार्फत आफ्नो इन्टरनेट नवीकरण गर्नुपर्नेछ। भुक्तानी गरिसकेपछि, तपाईंको प्रयोगकर्ता नाम स्वतः आईफोन १६ जित्नका लागि योग्य हुनेछ।

Leave a Comment