सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको १०औं संस्करणको लागि अनलाइन नोमिनेसन (आवेदन) आज साउन १ गतेदेखि खुल्ला भएको छ ।
सन् २०१६ देखि लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको ‘आइसिटी अवार्ड’मा यस वर्ष १५ विधाहरुमा अनलाइन नोमिनेसन खुल्ला गरिएको हो। नोमिनेसन आफै स्वयम् वा अन्य उपयुक्त व्यक्ति वा सस्थाहरुलाई विधा अनुरुप सिफारिस समेत गर्न सकिनेछ ।
प्रविधि क्षेत्रका स्टार्टअप, इन्नोभेसन, प्रडक्टसँगै सरकारी तथा निजी संस्थाहरुका डिजिटल रुपान्तरणका प्रयासहरुलाइ समेटेको छ । यसैगरी सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा पुर्याएको योगदानको आधारमा व्यतीहरुलाइ पनि यस अवार्डले सम्मान गर्ने गरेको छ ।
नेपालमा मात्र नभएर आइसिटी अवार्ड अन्तर्राष्ट्रियस्तरसम्म बिस्तार भइरहेको छ । विगत ३ वर्षदेखि दक्षिण एशियाली देशहरूलाई लक्षित गरेर ‘साउथ एशिया स्टार्टअप अवार्ड’ पनि सन्चालन भइरहेको छ भने अन्य डब्ल्युएसए लगायत अन्य अन्तरास्ट्रिय अवार्डहरुसँग पनि यसको सहकार्य रहेको छ ।
६ महिनाको बिशेष तयारी पश्चात आइसिटी अवार्डको ग्रान्ड फिनाले पुष पहिलो साता आयोजना हुनेछ । अनलाइन नोमिनेसन, २५ बढी छनौट प्रक्रियाको मिटिङ, दर्जनौ प्रि-इभेन्ट, टेलिभिजन शो लगायतको तयारी हुने ग्रान्ड फिनाले नेपालको सबैभन्दा ठुलो र भब्य अवार्ड समरोहको रुपमा आयोजना हुनेछ ।
१५ अवार्ड विधामा सर्बोत्क्रिस्ट छनौट गर्नको लागि राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरबाट २० बिज्ञ जुरी सदस्य रहनेछन भने सरकारी र निजि क्षेत्रका सम्मानित १२ बढी व्यक्तिहरुको सल्लाहकार समिति गठन गरिनेछ ।
सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारित रुपमा आयोजना हुँदै आइरहेको छ । २ वर्षदेखि आयोजकले सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गर्ने गरी ‘प्रोभिन्सियल आइसिटी स्टार्टअप रिकग्निसन’ मार्फत सम्मान पनि गर्दै आइरहेको छ । यस वर्षपनि सातै प्रदेशका स्टार्टअप र इन्नोभेसनलाई समेट्नेगरी स्टार्टअप फेस्ट, ह्याकाथुन र टेलिभिजन शो पनि सन्चालन हुनेछ ।
यो पनि: अब नेपालमा पनि boAt– अग्रणी अडियो वेयरेबल ब्रान्ड
आइसिटी अवार्ड २०२५ क्याटेगोरी
अवार्डमा क्याटेगोरी ए अन्तगर्त स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड र सोसियल इन्नोभेसन आइसिटी अवार्ड विधाहरु रहेका छन । यी विधाहरुमा स्वंम प्रतिस्पर्धी आफैले आवेदन दर्ता गर्नुपर्नेछ ।
क्याटेगोरी बी अन्तर्गत आइसिटीमार्फत समाज र राष्ट्रको लागि पुर्याएको योगदानको आधारमा अवार्डमा आवेदन लिने गरिन्छ । यस विधा अन्तर्गत पायोनियर आइसिटी अवार्ड, प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड, आन्टरप्रेनर्स आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र नेपाली डायस्पोरा आइसिटी अवार्ड विधाहरु रहेका छन । यी विधाहरुमा स्वंम आफै वा अरू कसैले पनि व्यक्तिको विवरण उल्लेख गरेर नोमिनेसन दर्ता गर्न सकिने छ ।

यसैगरी क्याटेगोरी सी अन्तर्गत सरकारी र निजी संस्थाहरुको डिजिटल रुपान्तरण तथा यसको लागि भएका प्रयास र अभ्यासहरुलाई हेरेर नोमिनेसन लिइने छ । यस अन्तर्गत डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल सर्भिसेस आइसिटी (इन्टरप्राइज सेक्टर) र डिजिटल सर्भिसेस आइसिटी(नियो सेक्टर) अवार्ड विधाहरु रहेका छन ।
यस्तै क्याटोगोरी डी अन्तर्गत रहेको साउथ एसिया स्टार्टअप आइसिटी अवार्डमा भारत, बंगलादेश, पाकिस्तान, श्रिलंका, भुटान, माल्दिभ्स, नेपालका, अफगानस्थानका स्टार्टअपहरुले आवदेन दिन सक्ने छन ।
यी सम्पूर्ण अवार्ड विधाहरुमा आजैदेखि अनलाइन आवेदन खुल्ला भएको छ । अवार्डको आधिकारिक वेबसाइट www.ictaward.org बाट अनलाइन नोमिनेशन दर्ता गर्न सकिने आयोजक लिभिङ विथ आइसिटीले जानकारी दिएको छ । नोमिनेसन साउन ३१ गतेसम्म खुल्ला रहने छ ।
आइसिटी अवार्ड २०२५ मा आवेदन दिने विधा र प्रक्रियाहरु
आइसिटी अवार्ड २०२५ मा १५ विधामा अनलाइन नोमिनेशन खुल्ला गरिएको छ । सबै विधामा उत्कृष्ट छनौटको लागि २० जना विज्ञ जुरी सदस्यहरुमार्फत कम्तिमा ५ चरणको छनौट प्रकृया सञ्चालन गरिने छ ।
यी अवार्डका विधाहरु सँगै सातै प्रदेशका स्टार्टअपहरुको लागि पनि बुटक्याम्प, प्रदर्शनी र प्रदेशको उत्कृस्ट स्टार्टअपको सम्मानको लागि पनि आवेदन खुल्ला गरिने छ । अवार्डको नोमिनेसनको लागि आधिकारिक वेबसाइट www.ictaward.org मा लगइन गरी उल्लेखित विवरणहरु समावेश गरेर फारम बुझाउनु पर्नेछ ।