ह्वावे आईसीटी अवार्ड २०२१ लाई एसोसिएट प्रायोजकको रूपमा समर्थन गर्दै

शेयर गर्नुहोस

नेपालमा आईसीटी उद्योगको विकासलाई बढावा दिने आफ्नो भिजनसंग प्रतिबद्ध रहि ह्वावेले यस बर्ष डिसेम्बरमा आयोजना हुने आईसीटी अवार्ड, नेपालको सबैभन्दा ठूलो टेक्नोलोजी अवार्डको लागि एसोसिएट प्रायोजकको रुपमा समर्थन जारी राखेको छ।  

ह्वावे अक्टोबर २ मा स्टार्टअप एण्ड इनोभेसन फेस्ट २०२१ मा पनि उपस्थित भएको थियो – सो कार्यक्रम पुरस्कार समारोह को अगाडी प्रेसिडेन्शियल बिजनेस स्कूल, थापागाउ, नयाँ बानेश्वरमा आयोजना गरिएको थियो । फेस्टमा उत्पादन, स्टार्टअप र राइजिंग स्टार इनोभेसन विधाको फाइनलिस्टहरुले आफ्नो उत्पादन र इनोभेटिभ विचारहरुको प्रदर्शन गरेको थियो ।

“आज यहाँ उपस्थित सबै फाइनलिस्ट उत्कृष्ट छन् । उनीहरुसंग साँच्चै अचम्मको बिचार र उत्पादनहरु छन्, “नेपालमा ह्वावे क्लाउडक प्रमुख इवान मोले भन्नुभयो । उहाँले थप्नुभयो, “यो नेपालमा आईसीटी उद्योगको लागि एक रोमाञ्चक समय हो । यसले हामीलाई स्टार्टअप कल्चर र डिजिटल नेटिभ व्यवसायहरुको बृद्धिले हामीलाई खुशी तुल्याएको छ । आईसीटी उद्योगमा ३ दशक भन्दा बढीको अनुभवसंगै हामी विश्वास गर्दर्छौं कि ह्वावे अब सबै भन्दा राम्रो नेपाली क्लाउड सेवा हो जसले सबै आकारका नेपाली स्टार्टअपलाई समर्थन गर्न सक्षम छ । ” ह्वावे क्लाउड एक छिटो बढ्दो सार्वजनिक क्लाउड सेवा प्रदायक हो । गार्टनर रिपोर्ट मार्केट शेयरका अनुसारः आईटी सर्भिसेस, वल्र्डवाइड २०२०, ह्वावेको २०२० IaaS मार्केट शेयर चीनमा नम्बर २ र ग्लोबल मार्केटमा नम्बर ५ मा रहेको छ । ह्वावे क्लाउड एक मात्र अन्तर्राष्ट्रिय क्लाउड सेवा प्रदायक पनि हो जसको नेपाली बजारमा स्थानीय उपस्थिति र स्थानीय समर्थन छ ।

आईसीटी अवार्डका अध्यक्ष राजन लम्सालले कार्यक्रममा ह्वावेको सहयोगको प्रशंसा गर्नुभयो । “आइसिटी अवार्ड र स्टार्टअप फेस्टमा ह्वावेको सहकार्यले नेपाली स्टार्टअप, इन्नोभेसन र ट्यालेन्ट्सलाई प्रवर्धन गर्न ठुलो सहयोग पुगेको छ । डिजिटल नेपालको अभियानमा ह्वावेको सकृयता र लगानीले नेपालको डिजिटल इकोसिस्टमको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ ।, ” उहाँले भन्नुभयो । ह्वावेले नेपालमा आईसीटी उद्योगको विकासलाई बढावा दिन यस्ता कार्यक्रमहरुलाई समर्थन गर्न जारी राख्नेछ ।


शेयर गर्नुहोस

Leave a Comment