डिजिटल ट्यालेन्ट समिट मार्फत APAC मा डिजिटल ग्यापको अन्वेषण गर्ने

शेयर गर्नुहोस

नोभेम्बर ३ को दिन आसियन फाउन्डेसन र ह्वावेले भर्चुअल रूपमा एशिया प्यासिफिक इनोभेसन डे – डिजिटल ट्यालेन्ट समिट २०२१ को आयोजना गर्नेछन् । अनलाइन समिटको उद्देश्य नीति निर्माता, अनुसन्धानकर्ता र उद्योगका विशेषज्ञहरूलाई एकै ठाँउ ल्याइ एसिया प्यासिफिकमा डिजिटल प्रतिभाहरूको प्रोत्साहन गर्न मद्दत गर्ने, दिगो इकोसिस्टम निर्माण गर्न सोलुसन र उत्कृष्ट अभ्यासहरू शेयर गर्नु हो ।

कोभिड-१९ महामारीले विगत १.५ वर्षमा डिजिटल इकोनोमीलाई गति दिएको छ । कम्पनी र संस्थाहरू द्रुत रूपमा डिजिटल रूपान्तरणबाट गुज्रिरहेका छन् र डिजिटल इकोसिस्टमको उदयले ल्याएका चुनौतीहरू सामना गर्न दक्ष ज्ञानकर्मीहरू खोजिरहेको हुँदा यो स्पष्ट हुन्छ कि एशिया प्यासिफिक क्षेत्रमा डिजिटल प्रतिभाहरूमा ठूलो ग्याप रहेको छ ।

एसिया पसिफिकले २०३० सम्ममा ४७ मिलियन मानिसहरूको श्रम अभाव आउँदै गरेको र $४.२३८ ट्रिलियनको वार्षिक अवसर लागतको सामना गर्ने कोर्न फेरी अनुसन्धानले पत्ता लगाएको छ । PwC को २० औं CEO सर्वेक्षण अनुसार ५०% भन्दा बढी APAC CEO हरूले सही सीप भएका डिजिटल प्रतिभाहरूलाई काममा लगाउन गाह्रो भएको बताउँछन् ।

डिजिटल ट्यालेन्ट ग्यापलाई समाधान गर्न र डिजिटल युगमा लीपफ्रग अवसरलाई सदुपयोग गर्न क्षेत्रभरका सरकारहरूले सक्रिय रूपमा नीतिलाई सुदृढ गर्दै छन् र समर्थन पनि प्रदान गरिरहेका छन् । समीटमा इन्डोनेसिया, थाइल्याण्ड, कम्बोडिया, मलेसिया, फिलिपिन्स र श्रीलंका जस्ता देशहरूका सरकारका लिडरहरूले डिजिटल प्रतिभा इकोसिस्टम उत्पादन गर्न आफ्नो अभ्यास, नीति सुझावहरू र दृष्टिकोण शेयर गर्नेछन् ।

दिगो डिजिटल ट्यालेन्ट इकोसिस्टमको लागि सरकार, निगम, औद्योगिक संस्थाहरू र शैक्षिक संस्थाहरूको संयुक्त प्रयास आवश्यक छ । आसियान, युनेस्को, अन्तर्राष्टिय दूरसञ्चार संघ, ली कुआन यू स्कूल अफ पब्लिक पोलिसी र म्याक्सिस कम्युनिकेसनका उल्लेखनीय वक्ताहरू “डिजिटल ट्यालेन्ट एज कि टु सस्टेनेबल रिकभरी एण्ड डेभ्लपमेन्ट” शीर्षकमा प्यानल छलफलमा हुनेछ ।

“एशिया प्यासिफि क्षेत्रमा दिगो प्रतिभा विकास इकोसिस्टमको सृजना गर्न अगाडि सोच्ने नीति निर्माण र बलियो पब्लिक-प्राइभेट साझेदारी आवश्यक छ । एक अनुकूल सिक्ने इकोसिस्टमले डिजिटल ट्यालेन्टहरूको पुस्तालाई जोगाउन मद्दत गर्नेछ जसले कुनै दिन यस क्षेत्रको डिजिटल भविष्यको नेतृत्व गर्नेछ, ” आसियान फाउन्डेसनका कार्यकारी निर्देशक डा. याङ मी इङ्गले भन्नुभयो ।

यस समीटको सह-आयोजकको रूपमा ह्वावेले यही जुलाईमा सिड्स फर दि फ्युचर प्रोग्राम २.० बारे घोषणा गरेको थियो जसमार्फत यस टेक कम्पनीले आगामी पाँच वर्षमा डिजिटल प्रतिभा विकासमा $१५० मिलियन लगानी गर्ने योजना बनाएको छ । कार्यक्रमले विश्वव्यापी रूपमा ३ मिलियन भन्दा बढी थप व्यक्तिहरूलाई लाभान्वित हुने अपेक्षा गरिएको छ ।

२००८ मा ह्वावेले प्रतिभा विकास कार्यक्रमहरू रोल आउट गर्न थाल्यो र त्यसपछि छात्रवृत्ति, प्रविधि प्रतियोगिताहरू र डिजिटल स्किल प्रशिक्षण मार्फत १५० भन्दा बढी देशहरूका १.५ मिलियन भन्दा बढी मानिसहरूलाई लाभान्वित भइसकेको छ । उदाहरणका लागि, थाइल्याण्डमा २००८ मा शुरु गरिएको सिड्स फर दि फ्युचर कार्यक्रम स्थानीय प्रतिभाहरूलाई प्रेरित गर्न र समाजलाई डिजिटल चुनौतीहरूको सामना गर्न सिड्सहरूलाई प्रोत्साहित गर्न डिजाइन गरिएको हो ।

“आगामी संसार उपकरणहरूको हावी हुनेछः जसमा कनेक्टिङ, सेन्सिङ र हाम्रो वरपर सबै कुरामा प्रतिक्रिया दिइरहेका हुन्छन । हामी आशा गर्छौं कि हाम्रा शिक्षण कार्यक्रमहरूले सामाजिक उत्तरदायित्वप्रति हाम्रो प्रतिबद्धतालाई पुष्टि गर्ने मात्र होइन कि यो डिजिटल परिदृश्य डिजाइन र नेभिगेट गर्न विशेषज्ञहरूको अर्को पुस्तालाई पनि तयार पार्नेछ । हाम्रो भविष्य यसमा निर्भर छ, ” ह्वावे एशिया प्यासिफिकका उपाध्यक्ष जे चेनले भन्नुभयो ।

शिखर सम्मेलनलाई https://www.huawei.com/en/events/asia-pacific-innovation-day-2021 र ASEAN Foundation को आधिकारिक फेसबुक पेजमा नोभेम्बर ३ मा बिहान ७:४५ बजेदेखि मध्यान्न ११:१५ बजेसम्म प्रत्यक्ष हेर्न सकिन्छ ।  


शेयर गर्नुहोस

Leave a Comment