आफ्नो डिजिटल प्रतिभा विकास इकोसिस्टम पहलको एक भागको रूपमा, ह्वावेले इन्जिनियरिङ् इन्स्टिच्युट (IoE) का विद्यार्थीहरूको लागि “मोबाइल एप उद्योगको भविष्य” बिषय मा वेबिनारको आयोजना गर्यो । ह्वावे टेकनोलोजिजले त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ इन्जिनियरिङसँगको सहकार्यमा अक्टोबर २६ गते दिउँसो ४ बजे वेबिनार आयोजना गरेको थियो । वेबिनारले ह्वावे र IoE बीचको शैक्षिक मोर्चामा सहकार्य को सुरुवात गरेको छ । कार्यक्रममा वक्ताहरुमा IoE बाट एसोसिएट प्रोफेसर डा. बसन्त जोशी, ह्वावे नेपाल का CEO विलियम झाङ, ह्वावे ईन्डिया का एसोसिएट उपाध्यक्ष मुरली वी, ह्वावे ईन्डिया बाट सिस्टम आर्किटेक्ट अभिषेक, र ह्वावे ईन्डिया बाट रेबन्त हुनु हुन्थ्यो ।
रेबन्त द्वारा संचालित वेबिनार फेसबुकमा प्रत्यक्ष प्रसारण गरिएको थियो जसलाई धेरै इच्छुक विद्यार्थी र IoE का संकाय सदस्यहरूले हेरेका थिए। ह्वावे नेपालका सीईओ विलियम झाङले नेपालमा ह्वावेको योगदानको बारेमा कुरा गर्नुभयो र नेपालको डिजिटल अर्थतन्त्रलाई गति दिन डिजिटल प्रतिभालाई तालिम दिने ह्वावे को योजनाबारे छलफल गर्नुभयो। IoE बाट डा. बसन्त जोशीले सहयोगको लागि ह्वावेलाई धन्यवाद दिनुभयो र ह्वावेसँग दिर्घकालिन सहयोगको आश्वासन दिनुभयो। उहाँले वेबिनारको सक्दो सदुपयोग गर्न पनि विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
मुरली वी, ह्वावे ईन्डियाका एसोसिएट उपाध्यक्ष ले त्यसपछि ह्वावे मोबाइल सेवाहरू, यसका सुविधाहरू, इच्छुक विकासकर्ताहरूको लागि दर्ता प्रक्रिया, र ह्वावे समुदायको योगदानका सम्भावनाहरू तथा अन्य कुराहरूका बारेमा कुरा गर्नुभयो । उहाँले ह्वावे द्वारा प्रस्तावित HMS – ५ हप्ताको फाउन्डेशन कोर्सको बारेमा पनि स्पष्ट चित्र दिनुभयो । पाठ्यक्रम नि:शुल्क,तथा प्रशिक्षक द्वारा नेतृत्व गरी सन्चालन गर्ने तालिम, सर्टिफिकेसन कार्यक्रम हो जुन ह्वावेले विद्यार्थीहरूको सीप वृद्धि गर्न र उनीहरूलाई उद्योगको लागि तयार पार्न कुनै शुल्क नलाग्ने गरी प्रदान गर्दछ। उहाँले यस कार्यक्रमका फाइदाहरू को पनि व्याख्या गर्नुभयो जुन संकायका सदस्यहरूले पनि लिन सक्दछन । “सर्टिफिकेसन र तालिम कार्यक्रम पूरा गर्ने विद्यार्थीले उद्योगलाई तयार र उद्योग सान्दर्भिक बनाउनुपर्छ”, मुरलीले जोड दिनुभयो।
त्यस पछि, , सिस्टम आर्किटेक्ट अभिषेकले एचएमएसको प्राविधिक क्षमताहरू बारे व्याख्या गर्नुभयो । उहाँले एचएमएस द्वारा समर्थित टूलकिटहरू चलाऊनु भयो जसमा मेसिन लर्निङ किट, स्क्यान किट, लोकेशन किट आदि समावेश थिए। यी सबैलाई कुइक डेमोले पनि समर्थन गरेको थियो। यसको अन्त्यमा, उहाँले यो पनि बताउनु भयो कि कसरी कसैले प्लगइनहरू मार्फत विद्यमान एपहरू एचएमएस मा माइग्रेट गर्न सकिन्छ । अन्तमा, सहभागीहरूलाई दर्ता गर्न र सहभागिता प्रमाणपत्र प्राप्त गर्न अनुरोध गरिएको थियो। लाइभस्ट्रिमको रेकर्डिङ फेसबुक ग्रुप मा सामेल भएर हेर्न सकिन्छ: https://www.facebook.com/groups/ioenepalhuawei/
ह्वावे डिजिटल नेपालको परिकल्पनालाई साकार पार्न नेपालमा उत्कृष्ट डिजिटल प्रतिभाको पालनपोषण गर्न प्रतिबद्ध छ र प्रतिभाशाली जनशक्तिको जग निर्माण गरेर नेपालको डिजिटल अर्थतन्त्रलाई सक्षम बनाउने आशा राख्दछ। ह्वावे नेपालले आगामी ५ वर्षमा १०,००० आईसीटी प्रतिभा विकास गर्ने लक्ष्य राखेको छ र यसले नेपालमा विद्यार्थीहरूका लागि शैक्षिक पहलहरूलाई निरन्तरता दिनेछ। ह्वावेको ग्लोबल फ्ल्यागशिप CSR कार्यक्रम – सिड्स फर द फ्युचरले स्नातक तहका आईसीटी विद्यार्थीहरूलाई लक्षित गरी हाल www.seedsnepal.com मा आवेदनहरू लिरहेको छ।