सामसुङ इलेक्ट्रोनिक्सका सीएफओ एचके पार्क र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता

शेयर गर्नुहोस

सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल प्रेसिडेन्ट तथा सिएफओ एच के पार्कले बुधबार नेपालको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। उक्त भेटमा पार्कसँग कम्पनीका अन्य वरिष्ठ अधिकारीहरूको पनि सहभागिता रहेको थियो।

भेटका क्रममा पार्कले माननीय प्रधानमन्त्री देउवालाई सामसङले इलेक्ट्रोनिक्स उत्पादन, रिटेल र रोजगारी सिर्जनाका क्षेत्रमा गरिरहेको विभिन्न पहलका बारेमा जानकारी गराए। उनले यस प्रकारको पहलहरूले भविष्यमा समुदाय, विशेष गरी नेपाली युवाहरूको हितमा काम गरिने सामसङको प्रतिबद्धता रहेको दोहोर्‍याए।

सामसङले आफ्नो स्थानीय साझेदार हिम इलेक्ट्रोनिक्स(गोल्छा समुह)संग मिलेर नवलपरासीमा एलइडि टिभी उत्पादन गर्ने कारखाना संचालन गर्ने घोषणा गरिसकेको छ । बुधबार नवलपरासीमा परम्परागत र धार्मिक विधि अनुसार उक्त कारखानाको शिलान्यास कार्य सम्पन्न गरिएको थियो। पार्कले नेपालमा इलेक्ट्रोनिक्स उत्पादनहरु गर्न यस नयाँ उद्योगबाट बल पुग्नेमा सामसङ विश्वस्त भएको बताए। यसका साथैे स्थानीय उत्पादन क्षमता वृद्धि गर्ने र रोजगारीका अवसरहरु सिर्जना गर्ने नेपाल सरकारको नीतिमा पनि मद्दत पुग्न जानेछ ।

सामसङले दुई दशक देखि नेपालमा आफ्नो व्यापार गरिरहेको छ। आज देशमा यो ब्राण्ड घरेलु नाम बनिसकेको छ । साझेदारहरू मार्फत स्मार्टफोन र उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादनहरू जस्तै टेलिभिजन, रेफ्रिजरेटर, वाशिङ मेसिन र माइक्रोवेभहरू बिक्री गर्दै आएको छ। कम्पनीसँग २ हजार भन्दा बढी इलेक्ट्रोनिक्स रिटेल स्टोर र ग्राहक सेवा केन्द्रहरूको बलियो नेटवर्क विस्तार छ।


शेयर गर्नुहोस

Leave a Comment