ह्वावे र यसका साझेदारहरूले कस्टमर एक्सपिरियन्स (CX) मापदण्ड र अभ्यासहरूमा गरेको योगदानको लागि गत हप्ता क्याटलिस्ट इन्डस्ट्री कन्ट्रीब्युसन टु TM फोरम अर्वाड जितेका थिए । यो “ ए आइ/एम एल प्रयोगद्वारा सी एक्स व्यवसायको प्रतिफल सक्रियताका साथ अघि बढाउने” शीर्षकको रापिड-फाइयर, प्रुफ-अफ-कन्सेप्ट क्याटलिस्ट परियोजनाले गत वर्ष TM फोरमको बेस्ट इम्प्लिमेन्टेसन अफ इनोभेटिभ टेक्नोलोजी सोलुसन पुरस्कार पनि जितेको थियो ।
यस परियोजनाले कसरी संचार सेवा प्रदायकहरू (CSPs) र साझेदारहरूले ग्राहकको आवश्यकता र सन्दर्भलाई अझ सही रूपमा निर्धारण गर्न इन्टेलिजेन्स्को राम्रो प्रयोग गर्न सक्छन् भनेर देखाएको छ । उनीहरूको सबैभन्दा ठूलो CX ग्यापहरू पहिचान गरेर र राम्रो व्यापार परिणामहरू ड्राइभ गर्न कुन CX पक्षहरू प्रयोग गर्न सकिन्छ भन्ने कुरा पत्ता लगाएर CSPs ले CX मा थप सूचित र रणनीतिक लगानी गर्न, रीटर्न अन एक्स्पिरियन्स (RoX) बढाउन र अनुभव-केन्द्रित व्यापार सञ्चालनहरू हासिल गर्न सक्छन् ।
परियोजनाका मुख्य योगदानकर्ताहरू सबैले परियोजनाको सफलतामा गर्वका साथ कुरा गर्नुभयो ।
HKT का ग्राहक सेवा AVP, डेरेक चेनले भन्नुभयो, “TM फोरम एसेटमा योगदान दिन पाउनु हाम्रो टिमको लागि ठूलो सम्मान थियो, विशेष गरी, ‘ग्राहक अनुभव र विश्वास’ र ‘अटोनोमस अपरेसनस् र ह्युमन फ्याक्टर्स्’ मा । HKT मा हामी बजारको गतिशीलतालाई द्रुत गतिमा परिवर्तन गर्न सतर्क रहनेछौं ताकि हामी ग्राहकको विकासशील आवश्यकताहरूमा जोशका साथ प्रतिक्रिया दिन सकौं । सुपीरियर- एक्स्पिरियन्स 5G अपग्रेड र इन्टरप्राइज डिजिटलाइजेसनले हाम्रो परिवर्तनलाई स्वायत्त कार्यहरू तर्फ लगिरहेको छ ।”
साउदी टेलिकम कम्पनीका एस्योरेन्स र CEx स्ट्राटिजी GM, मोहम्मद एस. अलसलिमले पनि भन्नुभयो, “TM फोरमसँगको हाम्रो सहकार्य विगतका केही वर्षहरूमा हाम्रा उपलब्धिहरूको लागि उत्कृष्ट केन्द्रबिन्दु भएको छ । हामीले TM फोरम ग्राहक यात्रामा सम्पूर्ण मोडेल निर्माण गर्यौं र अब हाम्रो कामलाई छिटो बनाउन र सन्दर्भबाट अगाडि बढ्न धेरै TM फोरम स्रोतहरू प्रयोग गर्दैछौं । ह्वावे र TM फोरमसँगको हाम्रो साझेदारीले हामीलाई ग्राहक अनुभव र सम्बन्धित RoX लाई विकास गर्न धेरै मद्दत गरेको छ ।”
ह्वावेका परामर्श र प्रणाली एकीकरण मार्केटिङ र सोलुसन बिक्री विभाग, सेवा र सफ्टवेयर मार्केटिङ र सोलुसन बिक्री विभागका, निर्देशक सिमोन लियाङले भन्नुभयो, “TM फोरम कार्यक्रमहरूमा सामेल भएर हामी इन्टेलिजेन्स पार्वड ह्वावे एक्पिरियन्स सोलुसनहरू जस्तै HUAWEI SmartCare® मार्फत भविष्यको ह्वावे एक्स्पिरियन्स ड्रीभन सोलुसनहरू उद्योग मापदण्ड र नयाँ उत्कृष्ट अभ्यासहरूमा योगदान दिँदै निर्माण गर्दैछौं । यसले CSPs र भर्टिकल उद्योगहरूलाई खुला र इन्टेलिजेन्ट डिजिटल क्षमताहरूको निर्माण गरेर डिजिटल सञ्चालन रूपान्तरणलाई गति दिन सक्षम बनाउँछ । TM फोरम, CSPs र उद्योग साझेदारहरूसँगको हाम्रो सहकार्यले हामीलाई थप विकास गर्ने प्रेरणा दिई रहनेछ ।”
यस परियोजनाको समयमा सिर्जना गरिएको इन्टेलिजेन्ट अनुभव सञ्चालन प्रणाली अन्वेषण र अभ्यास “1+4” ढाँचामा आधारित छ । प्रणालीले व्यवसायलाई असर गर्ने मुख्य अनुभव कारकहरू पहिचान गर्दछ र अनुभव सुधारको लागि सिफारिसहरू निर्धारण गर्दछ । कर्पोरेट-स्तरको ग्राहक अनुभव व्यवस्थापन टोलीको नेतृत्वमा CSPs का विभिन्न कार्यात्मक विभागहरूले एन्ड-टु-एन्ड ग्राहक अनुभव सुधार गर्न, कार्य व्यापार उद्देश्यको लागि लुप बन्द गर्दै तिनीहरूको आफ्नै पहलहरू अलाइन गर्न सक्छन् ।
“1+4” ढाँचा इन्टेलिजेन्ट अनुभव सञ्चालन प्रणाली भित्र, CSPs ले पहिलो एकीकृत ग्राहक अनुभव रणनीति सिर्जना गर्दछ जुन त्यसपछि चार प्रमुख रणनीतिक स्तम्भहरू अन्तर्गत विकसित पहलहरू मार्फत लागू गरिन्छ: जसमा कार्यकारी-स्तर CX नेतृत्व, कर्पोरेट-वाइड CX उपायहरू (e.g.CEI+), ग्राहक-केन्द्रित कल्चर र डाटा-संचालित डिजिटल सञ्चालन व्यवस्थापन पर्दछन् । सँगै, यी स्तम्भहरूले CSPs लाई तिनीहरूको निरन्तर परिवर्तनशील बजार वातावरणमा अनुकूलन गर्न र तिनीहरूको पूर्ण व्यापार क्षमतालाई प्रभावकारी रूपमा महसुस गर्न अनुमति दिन्छ ।
यस सोलुसन अप्रोचसंग अपरेटरहरूलाई थप ग्राहक-केन्द्रित व्यापार मोडेलहरू तर्फ धकेल्ने क्षमता राख्दछ – एकाइहरूले उनीहरूको B2C र B2B ग्राहकहरूलाई राम्रो सेवा दिनको लागि कसरी सहकार्य गरीन्छ भन्ने कुरामा प्रभाव पार्दछ । यसले उनीहरूलाई डेटा र अनुभवको भ्यालुलाई अधिकतम बनाउन, डिजिटल रूपान्तरणलाई गति दिन र CSPs लाई आफ्नो व्यवसायलाई फड्को मारेर विकास गर्न सक्षम बनाउनेछ ।
क्याटलिस्ट परियोजना बारे थप जानकारीको लागि, कृपया यहाँ जानुहोस्: