ह्वावेव्दारा IntelligentRAN वायरलेस आर्किटेक्चर जारी

शेयर गर्नुहोस

आजको Pre-MWC ब्रीफिङ र प्रोडक्ट र सोलुसन लन्च कार्यक्रममा ह्वावेले आफ्नो नयाँ वायरलेस नेटवर्क आर्किटेक्चर, IntelligentRAN को अनावरण गरेको छ । यो आर्किटेक्चर क्यारीयरहरूलाई सेवा सञ्चालन इन्टेलिजेन्स, एक्स्पेरियन्स अप्टिमाइजेसन र सिम्पलिफाइड O&M प्रयोग गरेर अटोनोमस नेटवर्कहरू निर्माणको लागि मद्दत गर्न डिजाइन गरिएको हो ।

ह्वावेका उपाध्यक्ष र वायरलेस सोलुसन्सका प्रमुख मार्केटिङ अफिसर गान बिनले लन्चमा कसरी मुख्य प्रविधिहरू वायरलेस नेटवर्कहरूमा ADN लाई सपोर्ट गर्न आर्किटेक्चरमा समाहित गरिएको थियो भनेर प्रस्ट पार्नु भयो: “इन्टेलिजेन्सले कोरिलेटिभ डेटा विश्लेषण र प्रभावकारी निर्णय लिने भविष्यवाणीलाई सपोर्ट गरेर वायरलेस नेटवर्कहरूमा धेरै सुधार गर्दछ । यहाँबाट IntelligentRAN आउँछ । यसले नेटवर्कहरूलाई शून्य सर्भिस वेटिङ्ग, निरन्तर अनुभव, शून्य नेटवर्क त्रुटि र अप्टिमल अनुभव र ऊर्जा इफिसियन्सी महसुस गर्न सक्षम बनाउँछ । मोबाइल इन्टेलिजेन्ट इन्जिन (MIE) को प्रयोग गरेर यसले बेस स्टेशन र नेटवर्कहरू बीच डाटा, मोडेल र निर्णयहरू राम्रोसँग समन्वय गर्नेछ, जसले वायरलेस इन्टेलिजेन्सको लागि मार्ग देखाउने छ ।”

5G ले वायरलेस बजारमा उपलब्ध व्यक्तिगत, उद्योग र गृह अनुप्रयोगहरूको संख्यामा ठूलो वृद्धि गरेको छ । यी सेवाहरू बढ्दै जाँदा नेटवोर्क परफोर्मान्स आवश्यकताहरू, कभरेज, क्षमता र ल्याटेन्सीको सन्दर्भमा समान रूपमा विविधीकरण हुँदैछन् । सेलहरू बीचको इन्टर्फेरेन्स, एक मोबाइल नेटवर्कहरूमा लामो समयदेखि रहेको समस्याले निरन्तर अनुभव प्रदान गर्ने अपरेटरहरूको प्रयासलाई पनि बाधा पुऱ्याइरहेको छ । र, ट्राफिक बढ्दै जाँदा, ऊर्जा खपत पनि बढी हुनेछ । यी चुनौतिहरूको सामना गर्न अपरेटरहरूले सेवाहरू द्रुत रूपमा रोल आउट गर्न इन्टेलिजेन्ट वायरलेस नेटवर्कहरूमा बढ्दो रूपमा निर्भर छन् र अप्टिमल अनुभवहरू सुनिश्चित गर्नको लागि उत्कृष्ट फ्रिक्वेन्सी ब्यान्ड संयोजन प्रयोग गर्दछन । तिनीहरु अब अप्टिमल अनुभव र इनर्जी दक्षताका साथ सञ्चालन हुन रिसोर्सेस कन्फिगरेसन र सरलीकृत O&M का लागि प्रयोगकर्ता-केन्द्रित नेटवर्कहरूतिर ध्यान दिदैछन ।

ह्वावेको नयाँ IntelligentRAN ले इन्टेलिजेन्ट एयर इन्टरफेसहरूलाई स्मार्ट ग्रिड, सेडुलिङ्ग शब्दकोश र च्यानल ग्राफहरू जस्ता प्रमुख प्रविधिहरू प्रयोग गर्न अनुमति दिन्छ । यी उपकरणहरूसँग तिनीहरूले इन्टेलिजेन्ट तरिकाले एयर इन्टरफेस रिसोर्सेस कन्फिगर गर्न र अप्टिमल प्रयोगकर्ता अनुभव र क्षमता प्राप्त गर्न सक्छन् । IntelligentRAN सङ्गैको सेवा प्रेडिक्सनले नेटवर्क साइडमा नन्-रीयल-टाइम स्पेक्ट्रम र च्यानल सेलेक्सन र रियल-टाइम सीम्बल सेड्युलिंग र बेस स्टेशन साइडमा ट्रान्स्मिट पावर कन्फिगरेसनलाई पनि गाइड गर्दछ । यसले महत्त्वपूर्ण रूपमा सम्पूर्ण नेटवर्कमा ऊर्जा खपत घटाउँछ ।

थप रूपमा, IntelligentRAN ले इन्टेलिजेन्ट SLA साइट योजनालाई सक्षम बनाउँछ जहाँ प्यारामिटरहरू डाइनामिक रूपमा कन्फिगर हुन्छन् र सेवा परिवर्तनहरूको प्रतिक्रियामा मोडेलहरू फ़्लेक्जिबल रूपमा समायोजन गर्न सकिन्छ । IntelligentRAN भएका सञ्जालहरूले इन्टेलिजेन्ट O&M बाट पनि लाभ उठाउँछन् । तिनीहरूले त्रुटि पत्ता लगाउने र मूल कारण विश्लेषण (Root Cause Analysis) लाई सुधार गर्न गल्तीहरू स्वयम् सिक्न सक्छन् । यसले निष्क्रिय प्रतिक्रियाहरूलाई सक्रिय मर्मतसम्भारसँग प्रतिस्थापन गर्छ, हामीलाई जीरो-फल्ट वायरलेस नेटवर्कहरूतिर एक कदम नजिक ल्याउँछ । इन्टेलिजेन्ट मिनिमम् ड्राइभ टेस्टहरू (MDTs) ले नेटवर्क परफर्मान्सको लागि अल-राउण्ड हाई-प्रिसिजन म्याप निर्माण गर्न Massive MIMO सँग पनि काम गर्न सक्छ । यसले नेटवर्क योजना, अप्टिमाइजेसन र VIP प्रयोगकर्ता आश्वासनको लागि थप सही मार्गदर्शन प्रदान गर्दछ ।

IntelligentRAN ले कोलाबोरेटिभ पावर नियन्त्रण प्रयोग गर्दछ, जसले अप्टिमल मल्टि-ब्यान्ड कार्य सुनिश्चित गर्दै इलेक्ट्रो-म्याग्नेटिक विकिरण इन्टेन्सिटीलाई कम गर्दछ । यो विशेषताले केही देशहरूमा पावर रेस्ट्रीक्सन आवश्यकताहरू पूरा गर्न मद्दत गर्नेछ ।

दिगो विकास प्रयासहरूका लागि ह्वावेले यो नयाँ आर्किटेक्चर कत्तिको महत्त्वपूर्ण छ भन्ने कुराको व्याख्या गर्दै गानले आफ्नो मन्तव्य व्यक्त गर्नु भयो: “IntelligentRAN ले अटोनोमस सञ्जालहरूलाई सक्षम बनाउँछ । यसले उद्योगहरूलाई सशक्त बनाउँछ, उद्योग परिवर्तनलाई गति दिन्छ र मोबाइल उद्योगको दिगो विकास र डिजिटल संसारलाई प्रवर्द्धन गर्दछ । यस लक्ष्यलाई अझ राम्रोसँग पूरा गर्न अपरेटर र उद्योग साझेदारहरूसँग काम गर्ने आशा छ ।”

MWC22 बार्सिलोना फेब्रुअरी २८ देखि मार्च ३ सम्म स्पेनको बार्सिलोनामा चल्नेछ । ह्वावेले आफ्ना प्रोडक्टहरू र सोलुसनहरू फिरा ग्रान भाया हल 1 मा स्ट्यान्ड 1H50 मा प्रदर्शन गर्नेछ । डिजिटल नेटवर्कको भविष्य विकास गर्न विश्वव्यापी अपरेटरहरू, उद्योग व्यवसायीहरू र अपिनियन लिडरहरूसँग मिलेर हामी उद्योग प्रवृत्ति, भविष्यको लागि मार्गनिर्देशन र ग्रीन विकास जस्ता विषयहरूमा लाग्ने छौं । वृस्तिृत जानकारीका लागि, कृपया यहाँ जानुहोस्: https://carrier.huawei.com/en/events/mwc2022


शेयर गर्नुहोस

Leave a Comment